back
CTIZAN AD

को-को थपिए त कांग्रेसको कार्यसम्पादन समितिमा ?

वि.सं.२०७५ चैत २५ सोमवार

681 

shares

२५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आयोजना गरेको शिर्ष नेतृत्वको बैठकमा कार्य सम्पादन समिति निर्माणमा सहमति जुटेको छ । पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले बैठक बहिष्कार गरे पनि सिटौला पक्षका उमाकान्त चौधरीलाई समितिमा राख्ने निर्णय उक्त बैठकले गरेको छ ।

सभापति देउवा निवास बुढानिलकण्ठमा मध्यान्ह बसेको बैठकले ७ जना पदाधिकारीसहित २९ जनाको केन्द्रीय कार्य सम्पादन समिति बनाउने निर्णय गरेको हो ।

बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, अन्तरिम उपसभापति विजय कुमार गच्छदार, अर्का उपसभापति बिमलेन्द्र निधि र महामन्त्री डा. शसांक कोइराला सहभागी रहेको नेता अर्जुन नरसिंह केसीले संसारन्युजलाई जानकारी दिएका छन् ।
बैठकमा पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता केसी, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव र प्रवक्ता विश्व प्रकाश शर्मा समेत उपस्थित रहेका थिए । विगतमा भागबण्डा नमिल्दा बन्न नसकेको कार्यसम्पादन समितिमा डा. शेखर कोइराला र चौधरी थपिएसँगै पूर्ण हुने भएको हो ।

विवादमा गच्छदार
तराइ केन्द्रीत दल गठन गरेर त्यतैको राजनीतिमा रमाएका पुर्व कांग्रेस नेता विजय कुमार गच्छदार पुन : कांग्रेस फर्किएसँगै सभापति देउवाले उनलाई उपसभापति नियुक्त गरेका थिए । तर, आज बसेको शिर्ष नेतृत्वको बैठकमा कार्यसम्पादन समितिमा गच्छदारलाई राख्ने विषयमा भने विवाद उत्पन्न भएको छ । केही नेताहरुले विधानले नचिन्ने मान्छेलाई सम्पादन समितिमा राख्न नपाउने प्रतिक्रिया व्यक्त गरेका थिए । कांग्रेसको विधानमा सभापति, उपसभापति, दुई महामन्त्री, सहमहामन्त्री र कोषाध्यक्ष पदाधिकारीको रुपमा रहने व्यवस्था छ ।

कोको परे त कार्य सम्पादन समितिमा ?
पार्टीको केन्द्रीय समितिपछि शक्तिसाली मानिने सम्पादन समितिमा ७ जना पदाधिकारी सहित अन्य २२ जना नेताहरु समेटिएका छन् । उन्तीस सदस्यीय समितिमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पुर्व महामन्त्रीहरु कृष्ण सिटौला, प्रकाशमान सिंह र कुल बहादुर गुरुङ समेत रहेका छन् । शक्तिसाली समितिमा सभापति देउवाका प्रिय पात्रहरु ज्ञानेन्द्र बहादुर कार्की, बालकृष्ण खाँड र मान बहादुर विश्वकर्मा समेटिएका छन् ।

यस्तै वरिष्ठ नेता पौडेलका निकटस्थ मानिने महेश आचार्य, दिल बहादुर घर्ती, नरहरि आचार्य लगायतका नेताहरु पनि समितिमा छनौट भएका छन् । पुर्वकोषाध्यक्ष चीत्र लेखा यादव, सुजाता कोइराला, दिलेन्द्र बडु, प्रदीप गिरी नारायण खड्का, रमेश रिजाल, लगायतका नेता कार्य सम्पादनमा समितिमा रहनेछन् ।
पछिल्लो समय नेता आचार्य र गुरुङ अस्वस्थ भएका कारण उमाकान्त चौधरी र डा. शेखर कोइरालालाई उक्त समितिमा मनोनयन गरिएको हो ।

के भयो त जिल्ला सभापतिहरुको माग ?
पार्टीको पुसमा सम्पन्न महासमितिको बैठक र त्यसपछि पटक पटक आयोजना गरिएको जिल्ला सभापतिहरुको बैठकले माग गरे बमोजिम केन्द्रीय नेताहरु वडाबाटै निर्वाचित हुनुपर्ने विषयमा केही सदस्यहरुले कुरा राखेपनि ठोस निर्णय हुन नसकेको सहभागी एक नेताले बताएका छन् । नेविसंघको नेतृत्वको उमेर हद, समानुपातिक र समावेसीमा पटक पटक एकै व्यक्तिले पाउने अवसरका विरुद्ध महासमितिमा व्यापक कुरा उठेपनि त्यसलाई केन्द्रीय नेताहरुले नजरअन्दाज गर्दै आएका छन् । आजको बैठकमा पनि यस विषयमा सभापतिले छलफल गर्न नचाहेको बैठकमा सहभागी ती नेताले संसारन्युजलाई बताए ।

वि.सं.२०७५ चैत २५ सोमवार १८:०८ मा प्रकाशित

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय...

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...