back
CTIZAN AD

२३ महीनापछि आफ्नै भवनमा सर्यो साँखु प्रहरी

वि.सं.२०७५ चैत २६ मंगलवार

549 

shares

 

२६ चैत, साँखु । विसं २०७२ को भूकम्पका कारण विस्थापित बनेको महानगरीय प्रहरी प्रभाग साँखुले २३ महीनापछि आफ्नै प्रहरी भवन पाएको छ । भूकम्पले भवनमा क्षति पु¥याएपछि भौतिक संरचनाको पुनःनिर्माण गर्दै लैजाने क्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा उक्त भवन निर्माण सम्पन्न भएको हो ।
सोमबार उक्त भवनको उद्घाटन कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीले सुरक्षाकर्मी सुरक्षित हुँदा मात्रै जनतालाई सुरक्षा दिन सकिने भएकाले प्रहरीको भवन निर्माण अपरिहार्य रहेको बताए ।

जेभी गोकर्णेश्वर काठमाडौँ र महानगरीय प्रहरी परिसर काठमाडौँबीच भवन निर्माण सम्झौता भएको थियो । उक्त प्रहरी भवन निर्माण सम्पन्न गर्न रु तीन करोड ४४ लाख ७४ हजार ३२० लागत लागेको प्रहरी प्रधान कार्यालय आवास तथा भौतिक परियोजना महाशाखाका इञ्जिनीयर प्रहरी नायब उपरीक्षक फणीन्द्र बरालले जानकारी दिए ।

तीन तलाको सुविधायुक्त महिला, पुरुष हिरासत कक्ष, अपराध अनुसन्धान कक्ष, प्रशासन शाखा, प्रहरी प्रमुख कक्ष तथा प्रहरी ब्यारेकलगायत २१ कोठा रहेका छन् । करीब २३ महीना स्थानीय क्लबको टहराबाट सुरक्षा प्रदान गर्दै आएको भए पनि अहिले भूकम्प प्रतिरोधात्मक सुविधासम्पन्न भवन पाउँदा निकै सहयोग मिलेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिए ।
प्रहरी निरीक्षक खनालले भने, “साँघुरो कोठाबाट लामो समयदेखि सेवा प्रदान गर्दै आउँदा निकै कष्ट व्यर्होनु परेको थियो । थुुनुवा कक्ष थिएन, ब्यारेकको समस्या थियो । राति पक्राउ परेको व्यक्तिलाई कुरेरै बस्नुपर्ने स्थिति थियो, अब भने शान्ति मिलेको छ । भूकम्पले भवन चर्किएपछि लामो समय चर्किएकै भवनबाट अहोरात्र सुरक्षामा खटियो ।’
बर्खायामको झरी साथै पटक–पटकको परकम्पको त्रासमा ड्युटीमा खटिनु परेको दुखेसो महानगरीय प्रहरी प्रभाग साँखुमा कार्यररत प्रहरी जवान नन्दराम ओलीले सुनाए । अहिले सुविधासम्पन्न भवन पाउँदा निकै राहत मिलेको ओलीले बताए । आफु सुरक्षित भएर नागरिकको सुरक्षा गर्न पाउँदा थप ऊर्जा मिल्ने प्रहरीको भनाइ छ ।

विसं २०७४ असार २ गते निर्माण शुरु गरिएको प्रहरी प्रभाग साँखुको प्रहरी भवन सोमबार सम्पन्न भएको थियो ।

 

वि.सं.२०७५ चैत २६ मंगलवार ०९:०२ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...