back
CTIZAN AD

झुक्याएर महिलालाई खाडी मुलुक पु¥याउने गिरोह सक्रिय

वि.सं.२०७५ चैत २६ मंगलवार

531 

shares

श्रमिकको सहयोगी मानिने म्यानपावरले नै फरक काममा श्रम स्वीकृति निकालेर महिलालाई घरेलु काममा पठाउन थालेपछि रोकथाममा चुनौती देखिएको छ ।

कानुनी रुपमा पठाउन नपाइने भएपछि कम्पनीको नामा श्रम स्वीकति निकाल्ने र उता पुगेपछि घरले काममा लगाउने धन्दामा म्यानपावर लागेका हुन् ।

२७ चैत्र, काठमाडौँ । कम्पनीको नाममा श्रम स्वीकृति निकाल्ने र खाडी मुलुक पु¥याएर महिलालाई घरेलु काममा लगाउने गिरोह सक्रिय रहेको पाइएको छ ।

तीनजुरे म्यानपावरमार्फत कुवेतको क्लिनवाला लन्ड्री कम्पनीमा काम गर्न पुगेका सात युवती घरेलु काममा लगाइएको भन्दै स्वदेश फर्केपछि म्यानपावरको त्यस्तो धन्दा सार्वजनिक भएको हो । यसअघि एउटा कामको श्रम स्वीकृति निकालेर म्यानपावरले महिलालाई घरेलु काममा पठाउँछन् भन्ने अनुमान मात्रै गरिएको थियो ।

तीन वर्षअघि तत्कालीन व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनमा श्रम तथा रोजगार मन्त्रालयले खाडी मुलुकमा महिलालाई घरेलु काममा नपठाउने निर्णय गरेपछि कानुनी रुपमा महिलालाई घरेलु कामदारको रुपमा पठाउन पाइँदैन ।

आजको नागरिक दैनिक पत्रिकामा प्रकाशित छ ।

वि.सं.२०७५ चैत २६ मंगलवार ०८:५६ मा प्रकाशित

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुलमा क्षति

काठमाडौं । बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा...

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

अवस्था अझै चुनौतीपूर्ण छ भन्दै प्रधानमन्त्रीले लेखे यस्तो स्टाटस

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण...

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

प्रधानमन्त्रीद्वारा मुख्यसचिवसहित सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले...