
२६ चैत, काठमाडौं । हुरी प्रभावित क्षेत्रका बासिन्दामा झाडा पखालाको समस्या देखिएको छ । फेटा गाउापलिकाको वडा १ भुलही र भरबलिया वडा नं ३ को गछिया टोल र वडा ६ को पुरैनिया गाउँमा झाडापखालाका बिरामी धेरै छन् ।
सुर्वण गाउापलिकाको वडा ४ हर्दिया, वडा ५ र ८ रको प्रशुरामपुरमा बिरामी फाट्टफुट्ट देखिएका छन् । झाडा पखालाबाट महिला र बालबालिका बढी प्रभावित छन् । गत साताको शत्तिशाली हावाहुरीबाट भएको मानविय र धनसम्पत्तिको क्षतिको पीडा सामान्य हुन नपाउँदै झाडा पखाला फैलिएपछि स्थानीयबासी आत्तिएका छन् ।
हुरीबाट घाइते भएकाको उपचारका लागि भरवलिया मा सञ्चालित एउटै स्वास्थ्य शिविरमा पखालाले सताइएका १२ जनाको उपचार भइरहेको अनमी संगम द्धवेदिले जानकारी दिइन् । मंगलबारको कान्तिपुर दैनिकमा समाचार छ ।
वि.सं.२०७५ चैत २६ मंगलवार ०८:४८ मा प्रकाशित





























