back
CTIZAN AD

चिनी उद्योगले झुक्याए – प्रधानमन्त्री

वि.सं.२०७५ चैत २६ मंगलवार

540 

shares

६३ रुपैयाँमा बिक्दैन भनेको चिनी ८५ हुँदै कसरी एक सय पाँच रुपैयाँ किलोमा बेचियो, ‘यस्तो व्यापार, व्यापार होइन – प्रधानमन्त्री 

२७ चैत्र, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनी उद्योगीले आफूलाई झुक्याएको बताएका छन् । नेपाल परिसंघ(सिएनआई) को १६ औँ साधारणसभाको अवसरमा प्रधानमन्त्री ओलीले निजी क्षेत्र जिम्मेवार र जवाफदेही हुनुपर्ने भन्दै चिनी उद्योगको आग्रहलाई स्वीकार गर्दा धोका पाएको बताए ।

पाकिस्तानबाट अत्यधिक सस्तो चिनी आएर स्वदेशी चिनी बिक्री नभएको गुनासो गरेपछि चिनी आयात रोक्दा उद्योगीले चिनीको मूल्य बढाएको प्रधानमन्त्री ओलीको दाबी थियो । ‘पाकिस्तानबाट धेरै चिनी आएर समस्या प¥यो भन्नुभयो,’प्रधानमन्त्री ओलीले भने, ‘६३ रुपैयाँम चिनी बिकेन । ५३–५४ रुपैयामाँ बेच्न बाध्य भयौँ, कहाँ राख्ने भनेपछि चिनी आयात रोक्यौँ ।’ आयात रोकेपछि चिनीको मूल्य प्रतिकिलो ८५ रुपैयाँ हुँदै एक सय पाँच रुपैयाँसम्म बिक्री गरेको भन्दै प्रधानमन्त्रीले चिनी उद्योगीप्रति आक्रोश व्यक्त गरे ।

‘६३ रुपैयाँमा बिक्दैन भनेको चिनी ८५ हुँदै कसरी एक सय पाँच रुपैयाँ किलोमा बेचियो,’ उनले भने, ‘यस्तो व्यापार, व्यापार होइन । ठगिको क्रियाकलाप रोक्नुपर्छ ।’ आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ ।

वि.सं.२०७५ चैत २६ मंगलवार ०८:४३ मा प्रकाशित

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट...

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले रसुवाको...

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भोटेकोशी र...