back

किन छाडिन् पूर्व सांसद साहले अस्पतालमै शिशु ?

वि.सं.२०७५ चैत २६ मंगलवार

30 

shares

२६ चैत, काठमाडौं । पूर्वसांसद गायत्री साहले ‘डाउन सिन्ड्रोम’ भएको नवजात शिशुलाई मेडिसिटी अस्पतालमै छाडेकी छन् । उनले मेडिसिटी हस्पताल र त्यहाँका डाक्टरको लापरबाहीले डाउन सिन्ड्रोम भएको आरोप लगाउँदै शिशु घर नलगेकी हुन् ।

उनले बच्चाको जिम्मा अस्पतालले नै लिनुपर्ने तर्क गर्दै आएकी छन् । प्रसुति प्रक्रियामा संलग्न चिकित्सककोले आफ्नो गल्ती नभएको दाबी गर्दै गुनासो भए कानुनी उपचार खोज्न साहलाई आग्रह गरेको छ ।

साहले मेडिसिटी अस्पतालमा गत फागुन २८ गते भर्ना भएर शल्यिक्रियाबाट बच्चा जन्मएकी थिइन् । ‘हाम्रो गल्ती, असावधानीले डाउन सिन्ड्रोम भएको शिशु जन्मिएको होइन, साहको प्रसुतिमा संलग्न डा. निरासिंह श्रेष्ठले भनिन्, ‘उहाँलाई गुनासो भए कानुनी प्रक्रियामा जान आग्रह गछौं ।’

साहको पहिलो सन्तान समेत आफ्नै चिकित्सकीय निगरानीमा काठमाडौं मेडिकल कलेज अस्प्तालमा जन्मिएको हो । दोस्रो भ्रुणको गर्भपात भएपछि चेस्रो गर्भधारण भएको ३ महिना कटाएर चौथो महिनामा आफूसँग जचाउन साह आएको उनको दावी छ । विश्व स्वास्थ्य संगठनको प्रटोकल अनुसार सामान्य रुपमा डाउन सिन्ड्रोमको स्क्रिनिङ नगराइने उनले दाबी गरिन् ।

पुर्वसांसद साहले डा. श्रेष्ठको क्लिनिकमा पहिले जचाउने गरेकी थिइन । मेडिसिटीका महाप्रबन्धक विजय रिमालले शिशुमा डाउन सिन्ड्रोम हुनुमा अस्पतालको कुनै दोष नभएको दाबी गरे । मंगलबारको कान्तिपुर दैनिकमा समाचार छ ।

वि.सं.२०७५ चैत २६ मंगलवार ०८:३० मा प्रकाशित

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

काठमाडौँ । उच्च अदालत पाटनले पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी...

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशन सुरु

काठमाडौँ । जनमत पार्टीको सङ्गठन विस्तार तथा अधिवेशनको कार्यक्रम आजदेखि...

जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

जलवायुको असर कम गर्न नेपालले गरेका प्रयासबारे जानकारी गराउँछौँ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको असर कम...

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

जातीय भेदभाव अन्त्य गर्ने नेपालको प्रतिबद्धता

काठमाडौँ । नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक...

घट्यो डिजेल र पेट्रोलको मूल्य

घट्यो डिजेल र पेट्रोलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य घटाएको...

नेपालमा लगानी गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आग्रह

नेपालमा लगानी गर्न प्रधानमन्त्री ‘प्रचण्ड’को आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन...