back
CTIZAN AD

 सडक कालोपत्रे हुने समाचारले पैञ्युवासी उत्साहित

वि.सं.२०७५ चैत २७ बुधवार

585 

shares

२७ चैत, काठमाडौं । पर्वतको सुदुर दक्षिणी भेग पैञ्युको हातेमालो चोक देखि मध्य दक्षिणको लुंखु सम्मको सडक कालोपत्रे हुने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विभाग ग्रामिण सडक सञ्जाल सुधार आयोजना (RCIP)  को आयोजना समन्वय इकाइ (PCU)  ले प्रक्रिया अघि बढाएको पत्र पठाएपछि कालोपत्रे हुने स्थिति पैदा भएको हो ।

पर्वत जिल्लाको ‘हुवास–लुखु’ सडकको बहुबर्षीय ठेक्का खरिद प्रक्रिया अगाडि बढाउने सम्बन्धमा आयोजना समन्वय इकाइ ललितपुरले आयोजना कार्यान्वयन इकाई–३ पर्वतलाई पत्र लेखि बहुवर्षीय ठेक्का काम अघि बढाउन निर्देशन दिएको छ । संघीय मन्त्रालयको च.न ५७१ मिति २०७५\१२\२५ को आदेश अनुसार सो पत्र पठाइएपछि पैञ्यु गाउँपालिका र महाशिला गाउँपालिकाका जनतामा काम होला कि, भन्ने आसा बढेको छ ।

उता सो पत्र सार्वजनिक भएसँगै प्रतिनिधिसभा सदस्य पदम गिरीले दक्षिणी भेगका जनतासँगको वाचा कवोलमा सहजीकरण गर्न पाउँदा आफू पनि खुसी भएको बताएका छन् भने गण्डकी प्रदेश सरकारका मन्त्री तथा सो क्षेत्रबाट प्रदेशसभामा निर्वाचित विकास लम्सालले आफ्नो लगातारको प्रयासले सो संभव भएको टिप्पणी सार्वजनिक गरिरहेका छन् ।


हुवास–लुंखु सडकको कालोपत्रे प्रक्रिया शुरु गर्ने समाचारसँगै पैञ्युबासीहरु उत्साहित भएका छन् । पैञ्यु गाउँपालिका नेकपाका अगुवा कार्यकर्ता गंगा अधिकारीले संसारन्युजसँग भने, ‘सबै नेताहरुको प्रयास र खासगरी नेकपा सरकारको ग्रामिण विकासको नीतिले यो संभव भएको हो, उनले थपे, ‘यो समाचारले मात्र पनि दक्षिण भेगलाई उत्साहित बनाएको छ ।’
‘जस लिने होडबाजी हो भने राम्रो भएन, नेताहरुले बुझ्नुपर्छ तर प्रक्रिया अघि बढाउने निर्णय दक्षिणका लागि धेरै खुसीको विषय हो,’ पैञ्यु ७ का एक शिक्षकले प्रतिक्रिया दिए ।

भौगोलिक संभावना उपर्युक्त रहे पनि विकासका दृष्टिले पछि परेको यो क्षेत्रमा सडक कालोपत्रेसँगै विकासका अन्य परियोजनाहरु बढ्ने स्थिति रहेको छ । कुश्मादेखि फलेवास–लमाय खोला–चीर्दी र लुंखु सम्मको कालोपत्रे धमाधम भै रहँदा अब हातेमालो चोक देखि हुवास बजार, सरौंखोला, भोर्ले, पाखापानी हुँदै लुंखुसम्म कालोपत्रे जोड्ने प्रक्रिया अघि बढेको देखिन्छ ।

वि.सं.२०७५ चैत २७ बुधवार १०:१९ मा प्रकाशित

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

प्रदूषणको चपेटामा मुलुकः इलाम र काठमाडौँको वायु ‘अति अस्वस्थ’

काठमाडौँ । विगत केहि दिनदेखि नेपालका प्रमुख सहरहरूमा वायु प्रदूषणको...

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

रौतहट–२ मा कांग्रेसका फिरदोश आलम निर्वाचित

चन्द्रपुर (रौतहट) । रौतहट २ मा नेपाली कांग्रेसका डा मो...

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

सल्यानमा नेकपाका रमेश कुमार मल्ल विजयी

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा सल्यानबाट नेपाली कम्युनिष्ट पार्टीका रमेशकुमार मल्ल...

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी

रुकुमपश्चिममा नेकपाका शर्मा विजयी काठमाडौँ । रुकुमपश्चिममा नेपाली कम्युनिष्ट पार्टी...

भारी मतान्तरसहित झापा -५ बाट बालेन शाह प्रतिनिधिसभा सदस्यमा निर्वाचित

भारी मतान्तरसहित झापा -५ बाट बालेन शाह प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडौं । निर्वाचनको इपि सेन्टरको रुपमा रहेको झापा क्षेत्र नं...

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

निर्वाचन मत परिणाम : रास्वपा ५६ क्षेत्रमा विजयी, अन्य दलको कति ?

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी...