back
CTIZAN AD

पत्रकार बाबुराम ढकाल भन्छन् भन्छन् –कृषि उद्यमीका लागि अर्को पीडाको खबर

वि.सं.२०७५ चैत २८ बिहीवार

633 

shares

सौन्दर्य प्रतियोगिताको लागि प्रायोजन गर्ने, घर, गाडी र शेयरमा लगानी गरेर पैसा कमाउने र प्रवचन चांही कृषि र उद्यमशिलताको दिनेहरुको विगविगी रहेसम्म नेपालको वैंकिङ्ग क्षेत्रबाट सागर घिमिरेहरु बाहिरिइरहने (अब त त्यसरी बाहिरिने मान्छे पनि निकै कम मात्र छन्) र कृषि उद्यमीहरु सुलभ दरको कर्जा भन्दै बैंकको चक्कर लगाउंदै अन्त्यमा निराश भएर थचारिने अवस्थाबाट पिडीत भैरहनु पर्नेछ । अनि नेपालको कृषि उद्यम ? राम राम ।

पत्रकार बाबुराम ढकाल जनता बैंकका उप प्रमुख कार्यकारी अधिकृत (डिसिओ) को राजीनामा कृषि उद्यमीहरुका लागि पीडाको खबर भएको बताउँछन् । ढकालले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा घिमिरे यसअघि त्रिवेणी बैंकमा प्रमुख कार्यकारी(सिइओ) हुँदा कृषिमैत्री लगानीमा उद्यत रहेका उनको राजीनामा कषि उद्यमसँग सम्बन्धीतहरुलाई पीडादायी खबर भएको बताएका छन् । त्रिवेणी बैंक “कृषि उद्यम गर्नेहरुका लागि एउटा वैशाखी बनेको थियो, कृषि क्षेत्रका मानिसहरुलाई अलिकति समस्या पर्ने वित्तिकै सहजरुपमा कर्जा दिइहाल्थ्यो । वैंकले कृषि उद्यमलाई नै लगानीको लागि केन्द्रित गरेको थियो । ” तर मर्जरमा गएपछि निर्णायक पदमा नरहँदा चाहे जसरी ‘किसानलाई कर्जा प्रदान गर्ने र कृषि उद्यमको विकासमा वैंक सहयोगी बन्ने घिमिरेको प्रयासमा ‘ब्रेक’ लाग्यो,’ । डिसिओ घिमिरेले ‘जनता वैंकलाई किसान मैत्री बनाउंछु भन्ने प्रयास सफल नभएपछि शायद बाहिरिनुको विकल्प थिएन ।’ घिमिरेको राजीनामाले ‘‘उत्पादन मैत्री हाकिम’हरु वैंक तथा वित्तीय संस्थामा टिक्न सक्ने अवस्था छैन भन्ने कुराको प्रमाण’ भएको पत्रकार ढकालले उल्लेख गरेका छन् ।
उनले लेखको छन् :

सागर घिमिरेको राजिनामा, नेपालको वैंकिङ्ग क्षेत्र र कृषि उद्यम सागर घिमिरेले जनता वैक छोड्नु भो । धेरैका लागि यो अर्थहीन खबर हो ।
तर, पख्नुस्, तपाई कृषि उद्यमसंग सम्वन्धित हुनुहुन्छ भने यो तपाईको लागि एउटा पीडादायी खबर हो । अत्यन्त पीडादायी खबर । यो खबरका पछाडिका अन्तर्यहरु थाहा पाउने हो भने तपाईलाई लाग्नेछ—नेपालका वैंकहरु कृषिकर्मीका लागि ‘लंकाको सुन’मात्रै हुन्, जुन कल्पना गर्दा ‘आहा’ भन्ने लाग्छ, तर कहिल्यै त्यसको भोग गर्न पाइदैन

सागर घिमिरे जनता वैंकका उप प्रमुख कार्यकारी अधिकृत (डिसिओ) हुनुहुन्थ्यो । जनता वैंकमा मर्ज हुनु अगाडिको त्रिवेणी विकास वैंकको प्रमुख कार्यकारी अधिकृत । त्यो वैंक नेपालको कृषि उद्यम गर्नेहरुको लागि एउटा बैशाखी बनेको थियो, कृषि क्षेत्रका मानिसहरुलाई अलिकति समस्या पर्ने वित्तिकै सहजरुपमा कर्जा दिइहाल्थ्यो । वैंकले कृषि उद्यमलाई नै लगानीको लागि केन्द्रित गरेको थियो ।

तर, समय त्यस्तो रहेन । पूंजी वृद्धि वा मर्जर गर्नै पर्ने राष्ट्र वैंकको उर्दी पछि त्रिवेणी विकास वैंक जनता वैंकमा गाभियो । गाभिएर सानो वैंकबाट ठूलो वैंक बनेपछि सहजरुपमा किसानलाई कर्जा प्रदान गर्ने र कृषि उद्यमको विकासमा वैंक सहयोगी बन्ने घिमिरेको प्रयासमा ‘ब्रेक’ लाग्यो । किनकी त्रिवेणीमा सागर कार्यकारी प्रमुख हुनुहुन्थ्यो तर जनता वैंकमा दोस्रो तहमा सिमित हुनुभयो । अर्थात् निर्णायक भूमिका रहेन । जनता वैंकलाई किसान मैत्री बनाउंछु भन्ने प्रयास सफल नभएपछि शायद बाहिरिनुको विकल्प थिएन । बुधबार वैंक परिषरमै भेटिएका सागरले मसंग भूमिका नबांधि भन्नुभयो—म कस्तो हुं, तपाईलाई राम्रोसंग थाहा छ । मन मारेर जागिर मात्र खान चाहिन । त्यसैले छोडिदिएं । नीजि क्षेत्रको कम्पनीमा कार्यरत एउटा कर्मचारीले जागिर छोड्ने, नयां ठाउंमा जाने सामान्य प्रकृया हो । तर, जनता वैंकबाट सागरको बर्हिगमन केवल सामान्य प्रकृया मात्र होइन, वैंक तथा वित्तीय संस्थाहरु कस्ता व्यक्तिको चंगुलमा पर्दैछन् भन्ने कुराको प्रमाण हो । ‘उत्पादन मैत्री हाकिम’हरु वैंक तथा वित्तीय संस्थामा टिक्न सक्ने अवस्था छैन भन्ने कुराको प्रमाण हो, यो ।

सरकार र राष्ट्र वैंकले ‘कृषिमा लगानीको गीत’ जति बजाइरहे पनि नेपालका वैंक तथा वित्तिय संस्थाहरु कृषि लगायत कुनै पनि उत्पादनको क्षेत्रमा लगानी गर्न उत्साहित छैनन् भन्ने कुराको अनेक दृष्टान्तहरु छन् । वैंकहरुको लगानीको ‘पोर्टफोलियो’ र उत्पादनमूलक क्षेत्रमा गरिएको भनिएको ‘धुत्र्याईपूर्ण लगानी’ (वास्तविक रुपमा लगानी नगर्ने तर तथ्यांकमा झेल गरेर लगानी गरेको देखाउने) लाई विष्लेष्ण गर्ने हो भने धेरै पक्ष छर्लंग हुन्छ । धेरैलाई थाहा नहुन सक्छ, केही अगाडिसम्म वैंकको उच्चतहमा कृषि पढेकाहरु पनि हुन्थे । तर, अहिले वाणिज्य वैंकहरु मध्ये केवल एउटा वैंकका उच्च तहका एकजना हाकिम मात्र कृषि पढेका हुनुहुन्छ । दशैं अगाडि भएको भेटमा ती अधिकारीले मसंग भन्नुभएको थियो—तपाईलाई म सबै कुरामा सहयोग गर्न सक्छु, तर कृषिमा लगानीको बारेमा चांही नसोध्नुहोला । तथ्यांकको कुरा नगरौं ।

उहांको यहि भनाइले कृषिमा वैंकहरुको लगानीको अवस्थालाई छर्लंग पार्छ । सेमिनारहरुमा दिइने गफ र अन्तरवार्ताहरुमा कृषिमा लगानीको कुरा जति गरे पनि व्यवहारमा भने खासगरी वाणिज्य वैंकहरु उत्पादनमूलक क्षेत्रमा लगानी गर्नै चांहदैनन् । ‘अनिल शाह प्रवृत्ति’ अर्थात् सौन्दर्य प्रतियोगिताको लागि प्रायोजन गर्ने, घर, गाडी र शेयरमा लगानी गरेर पैसा कमाउने र प्रवचन चांही कृषि र उद्यमशिलताको दिनेहरुको विगविगी रहेसम्म नेपालको वैंकिङ्ग क्षेत्रबाट सागर घिमिरेहरु बाहिरिइरहने (अब त त्यसरी बाहिरिने मान्छे पनि निकै कम मात्र छन्) र कृषि उद्यमीहरु सुलभ दरको कर्जा भन्दै बैंकको चक्कर लगाउंदै अन्त्यमा निराश भएर थचारिने अवस्थाबाट पिडीत भैरहनु पर्नेछ । अनि नेपालको कृषि उद्यम रु राम राम ।

वि.सं.२०७५ चैत २८ बिहीवार ०७:०७ मा प्रकाशित

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

श्रमिक कर्मचारीकाे  ट्रेड  युनियन  अधिकार र ट्रेड युनियन आन्दोलनको कार्य दिशा 

ट्रेड युनियन  अधिकारका सन्दर्भमा :  वर्तमान सरकार गठन भएको १...

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

प्रजातन्त्र र मधेसको चेतना : रामजनम तिवारीको अधुरो विमर्श

रामजनम तिवारी नेपालको मधेसी अधिकार आन्दोलनका आरम्भिक र मौलिक चिन्तकहरूमध्ये...

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बौद्ध दर्शन, पुण्यकर्म र निर्वाण प्राप्ती

बुद्धधर्म ज्ञान र ध्यानको धर्म हो । बुद्ध कर्ममाविश्वास गर्छन्...