back

अप्रिल १५ भित्रैमा ट्याक्स फाइलिङ्ग गर्नु उत्तम

वि.सं.२०७५ चैत २९ शुक्रवार

45 

shares

बिदेशि बैङ्ग वा नेपालमा बैङ्किङ्ग खाता सन्चालन गरिएको, उक्त खातामा रकम रहेको, बिदेश वा नेपालमा आफ्नो जायजेथा वा आम्दानि रहे उक्त सबै कुराको रिपोर्टिङ्ग गर्नु भ​एन भने तपाइ मनि लन्डरिङ्ग र सम्पति लुकाइएको आर्थिक अपराध कन्स्पिरेसिमा ठुलो सजायको भागिदार बन्नु हुनेछ​। होशियार रहनुहोला र नलुकाउनु होला।

अन्तिम प्रिभिलेज भित्र पनि कर बुझबुझारथ गर्न सक्नु भ​एन भने चाहि तपाइ कुनै पनि बेला अमेरिकन सरकार एबम आइ आर एसको निसानामा पर्नु हुनेछ​। यो जोखिम लिनु भनेको जरिवानाका साथमा थप जेल सजाय समेत हुनसक्दछ​।

सन २०१८ साल भरि तपाइले रोगगारि, आफ्नै स्व आयआर्जनको काम​, कुनै उद्यम​, कुनै इलम वा कुनै स्रोतबाट नियमित आय लिएको भ​ए तपाइले गत सालको कर बुझबुझारथ​, दाखिला वा आफ्नो कर राफसाफ गर्न डेडलाइन मिति अप्रिल १५ सोमबारसम्म रहेको छ अमेरिकामा। धेरैलाइ थाहा छ होला तर कामको ब्यस्तताले नभ्याइरहनु भ​एको भ​ए, आर्थिक हिसाबकिताब लामै भ​ए, थुप्रै कागजातहरुको जोरजाम गर्नु पर्ने भ​ए वा आयाअम्दानिको स्रोतहरु मल्टिपल भ​एको भ​ए कर दाखिलाका लागि पहिलो डेडलाइन अप्रिल १५ रहेको अमेरिकामा बस्ने दिदिबहिनि दाजुभाइ सबैलाइ यसै लेख मार्फत स्मरण गराउन चाहन्छु।

तर​, तपाइ मेन वा म्याच्याच्युस्सेमा बसिरहनु भ​एको छ भने चाहि तपाइहरुका लागि प्याट्रिओट एबम इम्यानसिपेसन दिवसका कारण थप २ दिन अतिरिक्त सहित डेडलाइन अप्रिल १७ सम्म पाउनु हुनेछ​। यो डेडलाइन भित्रै तपाइले यदि तपाइको बैङ्किङ्ग खाता बैदेशिक बैङ्कमा छ भने एफ बि ए आर र बैदेशिक मुलुकमा रहेको आफ्नो सम्पति जायजेथाको रिपोर्ट पनि बुझाउनु पर्नेछ​। बिदेशि बैङ्ग वा नेपालमा बैङ्किङ्ग खाता सन्चालन गरिएको, उक्त खातामा रकम रहेको, बिदेश वा नेपालमा आफ्नो जायजेथा वा आम्दानि रहे उक्त सबै कुराको रिपोर्टिङ्ग गर्नु भ​एन भने तपाइ मनि लन्डरिङ्ग र सम्पति लुकाइएको आर्थिक अपराध कन्स्पिरेसिमा ठुलो सजायको भागिदार बन्नु हुनेछ​। होशियार रहनुहोला र नलुकाउनु होला।

कथमकदाचित भ्याउनु भ​एन यो डेडलाइन अप्रिल १५ सम्म ट्याक्स फाइल गर्न यस्तो अबस्थामा तपाइले एकटेन्सन अर्थात समायाबधि थप्न पाउनु हुनेछ ट्याक्स फाइलिङ्गको थप अतिरिक्त समय माग्नु भ​एको अबस्थामा तपाइलाइ जुन १७ सम्ममा बुझाइसक्नु पर्नेछ​। यो अर्को डेडलाइन हो। तर एकटेन्सन माग्नु भन्दा अप्रिल १५ भित्रैमा ट्याक्स फाइलिङ्ग गर्दा उत्तम हुनेछ​।

यो समयमा पनि ट्याक्स फाइल गर्न भ्याइएन र थप समायाबधि लिएको खन्डमा तपाइलाइ अन्तिम ट्याक्स फाइलिङ्ग समय फाइनल डेडलाइन चाहि अक्टोबर १५ २०१९ मङ्गलबार हुनेछ​। तर​, यो अन्तिम प्रिभिलेज भित्र पनि कर बुझबुझारथ गर्न सक्नु भ​एन भने चाहि तपाइ कुनै पनि बेला अमेरिकन सरकार एबम आइ आर एसको निसानामा पर्नु हुनेछ​। यो जोखिम लिनु भनेको जरिवानाका साथमा थप जेल सजाय समेत हुनसक्दछ​।

तपाइको उमेर​, आम्दानिको तह र फाइलिङ्ग ट्याटस हेरि तपाइलाइ ट्याक्स फालिलिङ्गको अनिवार्यता भ​ए हुने गर्दछ​। बर्षमा १२ हजार भन्दा तल कमाउनेका लागि ट्याक्स फाइलिङ्गको अनिवार्यता नभएपनि दाखिला गर्नु नै उत्तम हुनेछ​।

वि.सं.२०७५ चैत २९ शुक्रवार ११:५८ मा प्रकाशित

यात्रा अनुभूति : पुरातात्विक संरक्षणको पर्खाइमा हलेसी महादेव गूफा

यात्रा अनुभूति : पुरातात्विक संरक्षणको पर्खाइमा हलेसी महादेव गूफा

पूर्वको पशुपतीका नामले समेत चिनिने प्रख्यापत धार्मिक तिर्थस्थलको नाम हो...