back

विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छ  : सभापति देउवा

वि.सं.२०७६ वैशाख ३ मंगलवार

72 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

३ वैशाख, भीमदत्तनगर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द  विप्लव समूहलाई सरकारले वार्ताका माध्यमबाट राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्ने बताएका छन् ।

“विप्लव समूहलाई वार्ताद्वारा सहमतिमा ल्याएर मुलुकमा शान्ति सुरक्षा कायम गर्नुपर्छ”, आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “दुई तिहाइको बलमा जे पनि गर्न पाइँदैन, तत्काल वार्ता गरेर सरकार अगाडि बढ्नुपर्दछ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले दुई तिहाइको बलमा सरकार हरेक क्षेत्रमा हस्तक्षेप गरिरहेको आरोप लगाउँदै विश्वविद्यालयमा प्राज्ञिक नियुक्ती, चिकित्सा शिक्षा विधेयक, न्यायालय र प्रेस स्वतन्त्रता लगायतमा सरकारले मनोमानी व्यवहार गरीे नियन्त्रणमा राख्न खोजेको बताए ।

सरकारको एक वर्षे कार्यकालमा एउटा पनि देखाउन लायक काम हुन नसकेको उल्लेख गर्दै उनले मुलुकमा हत्या, हिंसा, बलात्कारका घटना बढेकोमा चिन्ता व्यक्त गरे ।

वि.सं.२०७६ वैशाख ३ मंगलवार १२:५३ मा प्रकाशित

भीमदत्त राजमार्गमा विस्फोट हुँदा चार जना घाइते

भीमदत्त राजमार्गमा विस्फोट हुँदा चार जना घाइते

सुदूरपश्चिम । धनगढी-डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको भासुभिर सडक खण्डमा आज...

भाषा संरक्षण र विकासमा मन्त्री किरातीको जोड

भाषा संरक्षण र विकासमा मन्त्री किरातीको जोड

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भाषा...

सात महिनामा आठ खर्ब व्यापार घाटा,  १७ अर्ब ३८ करोड बढीको स्मार्टफोन आयो

सात महिनामा आठ खर्ब व्यापार घाटा, १७ अर्ब ३८ करोड बढीको स्मार्टफोन आयो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती सात महिना...

एमाले केन्द्रीय कमिटी बैठक : समूहगत छलफल जारी

एमाले केन्द्रीय कमिटी बैठक : समूहगत छलफल जारी

काठमाडौँ । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण...

के छ राप्रपाले प्रधानमन्त्रीलाई बुझाएको ४० बुँदे ज्ञापनपत्रमा ?

के छ राप्रपाले प्रधानमन्त्रीलाई बुझाएको ४० बुँदे ज्ञापनपत्रमा ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री समक्ष ४०...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते

अछाम । अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको...