back

मन्दिर पुनःनिर्माणका लागि एक करोड सङ्कलन

वि.सं.२०७६ वैशाख ४ बुधवार

45 

shares

४ वैशाख, गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँ इनारपानीस्थित परमेश्वर राम मन्दिरको पुनः निर्माणका लागि रु एक करोड १० लाख सङ्कलन भएको छ ।

मन्दिर पुनःनिर्माणका लागि चैत २३ गतेदेखि ३० गतेसम्म आयोजना गरिएको श्रीमद् देवीभागवत महापुराण ज्ञान महायज्ञमा रु एक करोड १० लाख सङ्कलन भएको महायज्ञ आयोजक समितिले जनाएको छ । ब्रम्हालीन श्री एक हजार आठ स्वामी परमानन्द सरस्वतीको जन्मथलो परमेश्वर राम मन्दिर इनारपानी पौवाडाँडामा विसं २०७२ को विनाशकारी भूकम्पले ठूलो क्षति पु¥याएको थियो ।

भूकम्पले भत्काएको मन्दिर पुनःनिर्माणका लागि आर्थिक अभाव भएका कारण महायज्ञको आयोजना गरिएको हो । भूकम्पका कारण राम मन्दिरको कुटी, वाचनालय, धर्मशालालगायतका संरचना पूर्णरूपमा ध्वस्त पारेको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष टीकाराम कँडेलले बताए ।

मन्दिरको विकासका लागि धार्मिक व्यक्ति, सङ्घसंस्थाले स्वेच्छिकरूपमा पुनःनिर्माणका लागि सहयोग प्रदान गरेका हुन् ।

चैतेदशैँमा २७ लाख भेटी सङ्कलन

चैतेदशैँमा बागलुङ कालिका भगवती मन्दिरमा पूजा गर्न आउने भक्तजनले चढाएको भेटीबाट रु २७ लाख दुई हजार ५३ सङ्कलन भएको छ । दशैँको १० दिनसम्म मन्दिरमा पूजाआजा गर्ने भक्तजनले सो भेटी चढाएका हुन् ।

देशमै प्रसिद्ध यस शक्तिपिठमा यही चैत २३ गतेदेखि वैशाख २ गतेसम्म विशेष पूजा चलेको थियो । मन्दिर परिसरमा सञ्चालित चैत्राष्टमी मेलाका कारण पनि भक्तजनको वृद्धि भएको थियो । सबैभन्दा बढी अष्टमीका दिन रु छ लाख १६ हजार ६२० सङ्कलन भएको कालिका भगवती मन्दिर गुठी समितिका अध्यक्ष राजु खड्काले जानकारी दिएका छन् ।

भाकल गर्ने भक्तजनले बलि चढाएका बोका, राँगा, कुखुराको मुढ टाउको बिक्रीबाट प्राप्त हुने रकम पनि मूलभेटीमा चढ्ने गरेको अध्यक्ष खड्काले बताए । मनोकाङ्क्षा पूरा हुने विश्वासमा पूजाका लागि देशका विभिन्न भाग तथा छिमेकी मुलुक भारतबाट भक्तजन यस मन्दिरमा आउने गर्छन् ।

वि.सं.२०७६ वैशाख ४ बुधवार ०९:२४ मा प्रकाशित

लोपहुँदै गएको माझी समुदायको मौलिक संस्कृति बाजा

लोपहुँदै गएको माझी समुदायको मौलिक संस्कृति बाजा

मन्थली (रामेछाप) । रामेछापमा बसोबास गर्ने माझी समुदायको मौलिक संस्कृतिसँग...

मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ

मुलुकमा अस्थिरता निम्त्याउने चलखेल भइरहेको छ : महासचिव गुरुङ

दोधारा चाँदनी । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले पछिल्लो...

आजको मौसम : पश्चिमी वायुको प्रभाव, कोशी प्रदेशमा वर्षको सम्भावना

आजको मौसम : पश्चिमी वायुको प्रभाव, कोशी प्रदेशमा वर्षको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित...

इलाममा जग्गा माग गर्दै १६ हजार निवेदन

इलाममा जग्गा माग गर्दै १६ हजार निवेदन

फिक्कल । राष्ट्रियभूमि आयोग इलाम शाखाकार्यालयमा १६ हजार छ सय...

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति...

सामुदायिक हितका लागि एक करोड लागतमा निर्मित धर्मशाला सञ्चालनमा

सामुदायिक हितका लागि एक करोड लागतमा निर्मित धर्मशाला सञ्चालनमा

महोत्तरी । सामुदायिक हितका लागि धर्मशाला बनाएर कीर्ति राख्ने पुरानो...