back
CTIZAN AD

मन्दिर पुनःनिर्माणका लागि एक करोड सङ्कलन

वि.सं.२०७६ वैशाख ४ बुधवार

858 

shares

४ वैशाख, गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँ इनारपानीस्थित परमेश्वर राम मन्दिरको पुनः निर्माणका लागि रु एक करोड १० लाख सङ्कलन भएको छ ।

मन्दिर पुनःनिर्माणका लागि चैत २३ गतेदेखि ३० गतेसम्म आयोजना गरिएको श्रीमद् देवीभागवत महापुराण ज्ञान महायज्ञमा रु एक करोड १० लाख सङ्कलन भएको महायज्ञ आयोजक समितिले जनाएको छ । ब्रम्हालीन श्री एक हजार आठ स्वामी परमानन्द सरस्वतीको जन्मथलो परमेश्वर राम मन्दिर इनारपानी पौवाडाँडामा विसं २०७२ को विनाशकारी भूकम्पले ठूलो क्षति पु¥याएको थियो ।

भूकम्पले भत्काएको मन्दिर पुनःनिर्माणका लागि आर्थिक अभाव भएका कारण महायज्ञको आयोजना गरिएको हो । भूकम्पका कारण राम मन्दिरको कुटी, वाचनालय, धर्मशालालगायतका संरचना पूर्णरूपमा ध्वस्त पारेको महायज्ञ मूल आयोजक समितिका अध्यक्ष टीकाराम कँडेलले बताए ।

मन्दिरको विकासका लागि धार्मिक व्यक्ति, सङ्घसंस्थाले स्वेच्छिकरूपमा पुनःनिर्माणका लागि सहयोग प्रदान गरेका हुन् ।

चैतेदशैँमा २७ लाख भेटी सङ्कलन

चैतेदशैँमा बागलुङ कालिका भगवती मन्दिरमा पूजा गर्न आउने भक्तजनले चढाएको भेटीबाट रु २७ लाख दुई हजार ५३ सङ्कलन भएको छ । दशैँको १० दिनसम्म मन्दिरमा पूजाआजा गर्ने भक्तजनले सो भेटी चढाएका हुन् ।

देशमै प्रसिद्ध यस शक्तिपिठमा यही चैत २३ गतेदेखि वैशाख २ गतेसम्म विशेष पूजा चलेको थियो । मन्दिर परिसरमा सञ्चालित चैत्राष्टमी मेलाका कारण पनि भक्तजनको वृद्धि भएको थियो । सबैभन्दा बढी अष्टमीका दिन रु छ लाख १६ हजार ६२० सङ्कलन भएको कालिका भगवती मन्दिर गुठी समितिका अध्यक्ष राजु खड्काले जानकारी दिएका छन् ।

भाकल गर्ने भक्तजनले बलि चढाएका बोका, राँगा, कुखुराको मुढ टाउको बिक्रीबाट प्राप्त हुने रकम पनि मूलभेटीमा चढ्ने गरेको अध्यक्ष खड्काले बताए । मनोकाङ्क्षा पूरा हुने विश्वासमा पूजाका लागि देशका विभिन्न भाग तथा छिमेकी मुलुक भारतबाट भक्तजन यस मन्दिरमा आउने गर्छन् ।

वि.सं.२०७६ वैशाख ४ बुधवार ०९:२४ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...