back
CTIZAN AD

हाकिम साब धृतराष्ट्र नागरिकता माग्न आए तपाई के गर्नुहुन्छ ?

वि.सं.२०७६ वैशाख ६ शुक्रवार

621 

shares

महाभारतका एक प्रमुख पात्र कुन्तीका जेठा छोरा कर्णले अहिले नेपालमा आएर नागरिकता मागे भने नेपालका सरकारी कर्मचारीले के भन्दा हुन ? अविवाहित कुन्तीबाट जन्मेका हुनाले ‘बाबुको पत्ता नलागेको’ भनेर नागरिकता दिँदा हुन वा दुर्याेधनले राजा बनाएका कर्णलाई ‘महाराजाधिराज’ भनेर नागरिकता दिदाँ हुन ! संविधान अनुसार आमाको नामबाट पनि नागरिकता दिन मिल्छ भनेर तिनले आमाको नाम ‘कुन्ती’ लेख्दा हुन ?

व्यास ऋषीकी आमा सत्यवती थिइन । ऋषी परासरसँग सम्बन्ध भएपछि जन्मिएका व्यासलाई उनका बावुले आफ्नो छोरो हो भन्ने थाहा नपाउँदा सत्यवतीले कसको नामबाट व्यासलाई नागरिकता दिलाउन सक्लिन् ? आमालाई ‘बावु विहिन’ वा ‘देह व्यापार गर्ने आमाबाट जन्मिएको’ भनेर नागरिकता दिँदा हुन वा नेपालको सर्वोच्च अदालत गुहारेपछि र अदालतले ‘संविधान बमोजिम नागरिकता दिनू’ भनेर आदेश भएपछि पाउलान कि व्यास ऋषीले नागरिकता ?

द्रोपदीका पाँच छोराका बाबु क्रमशः युधिष्ठिर, भीमसेन, अर्जुन, नहकुल र सहदेव हुन भन्ने जानकारी उनलाई मात्र थियो । प्रत्येक छोराको बाबुको नाम द्रोपदीले भन्न चाहिनन् र ‘मेरो नामबाट नै नागरिकता देऊ’ भनिन भने प्रमुख जिल्ला अधिकारीले द्रोपदीलाई ‘खराब चालचलन भएकी यस आइमाईका सन्तानका बाबु पत्ता नलागेकोले नागरिकता नदिनू’ भन्दा हुन वा आमाको नाम ‘द्रोपदी’ भनेर दिँदा हुन् ।

जुम्ल्याहा लव र कुशलाई वनमा जन्माएपछि आफैं हुर्काएकी सीताले छोराहरुलाई स्कूल भर्ना गर्न चाहेकी भए तिनलाई बाबुको ठेगान पत्ता नलागेको भनेर जन्मदर्ता गरिन्नथ्यो वा पछि नागरिकता बनाउँदा ‘बाबुको नाम पत्ता नलागेको’ भनेर नागरिकता दिइन्थ्यो । सीतालाई त रामले शंका लागेर निकालिदिएका हुनाले बाबुको नाममा ‘राम’ नहुन सक्थ्यो । रामले पनि आफ्नो मर्यादामा विचार गरेका भए पक्कै पनि सीताको चरित्रमा शंका गरेर बन पठाउँदैनथे होलान् ?
त्यसैले बाबुको नाममा ‘राम’ राखेर त पक्कै पनि लव र कुशले नागरिकता पाउँदैन थिए । सीताको ‘आत्महत्या’ पछि त आमा पनि नरहेकाले झनै नागरिकता पाउने करैै भएन । विचरा लव र कुश नागरिकता बिहिन नै रहन्थे होला ? यदि नेपाली हाकीमहरुबाट नागरिकता पाउनु परेको भए ।

पाँच पाण्डव आफैं विभिन्न बाबुबाट जन्मेका थिए । कुन्ती र माद्रीले पाँच पाण्डवलाई नागरिकता दिलाउनु परेको भए बाबुको ठाउँमा कसको नाम लेख्थे होलान ? मन्त्रको प्रभावले वशमा पारेर संसर्ग गरी जन्माएका प्रत्येक छोराको नागरिकतामा तिनै बावुको नाम हुन्थ्यो कि पाण्डुको नाम हुन्थ्यो । पाण्डुले बाबुको ठाउँमा मेरै नाम राख्नु पर्छ भनेर अड्डी लिन्थे कि ! अरु नै केही गर्थे ?

पाण्डु श्रापित भई सन्तान जन्माउन योग्य थिएनन भन्ने सारा संसारलाई थाहा थियो । नेपालका प्रमुख जिल्ला अधिकारीहरुलाई यो वास्तविकता थाहा नहुने कुरै भएन । कसरी पाण्डुपुत्रलाई नागरिकता दिलाउँथे होलान त नेपाली हाकिमहरुले । अनि युधिष्ठिरको नागरिकतामा भिन्दै बाबु, भीम, अर्जुन सबै भिन्दै बाबुको नाम राखेर नागरिकता दिन्थे त ?

महाभारतका अर्का पात्र भीमले पनि दैत्य पुत्री हिडम्बासँग विवाह गरेर घटोत्कचक नामका छोरा जन्माए । तर पछि भीम हिडम्बालाई वनमै छोडेर हिँडे । महाभारतको युद्धमा घटोत्कचले पनि भाग लिए। अहिलेजस्तो भए उनले कसरी नागरिकता पाउँदा होलान । हिडम्बा नेपालमा सरकारी कर्मचारीसँग नागरिकता लिन आएकोे भए त उनको वलशाली शरीरले तर्सेर कर्मचारीले एकै छिनमा उनकै नाममा नागरिकता बनाउँथे वा घटोत्कचको बावु खोजेर ल्याऊ भन्थे होलान ?

धृतराष्ट्र र पाण्डु पनि व्यास ऋषीको संसर्गबाट जन्मेका थिए । तर कसैले पनि उनीहरुलाई व्यास पुत्र भनेर सम्बोधन गरेको पाइँदैन । उनीहरु राजा शन्तनुकै सन्तान मानिन्छन् ।

धृतराष्ट्र र पाण्डुलाई नागरिकता दिनु पर्दो हो त के नेपाल सरकारका कर्मचारीले तिनलाई ‘बाबुको नागरिकता ल्याऊ’ वा ‘आफ्नो बावुलाई हाम्रो अघि उभ्याऊ’ भन्थे होलान ?
नेपालको कानुनले नेपाली महिलाको पाठेघरबाट निस्केका सबै जीवमा महिलाको अधिकार हुन सक्दैन भनेर सानो नदेखिने अक्षरमा लेखेको छ कि क्या हो ?, कोही पनि सरकारी कर्मचारी यो अक्षर मेटाउनै चाहदैनन् । त्यसैले संविधानले पनि ठूलो स्वरले ‘देशको अस्तित्व खतरामा पर्छ’ भनेर नागरिकता दिँदैन ।

युद्ध हुँदा, आन्दोलन हुँदा, महिला अधिकारको कुरा गरेर नागरिकता र सम्पतिमा महिलाको अधिकार दिलाउँछौ भन्ने सबै राजनीतिक दलले एकपटक आफ्नै घोषणा पत्र पल्टाएर हेरे हुन्छ महिला र बाल अधिकारका निम्ति गरेका बाचा अहिले सम्झने बेला आएको छ ।

वि.सं.२०७६ वैशाख ६ शुक्रवार १०:३२ मा प्रकाशित

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

हेटौंडा कपडा उद्योग एक वर्षमै ‘सेतो हात्ती’ बन्न सक्ने भन्दै पूर्व प्रशासकको सरकारलाई सुझाव

न्यौपानेका अनुसार हेटौंडा कपडा उद्योगसँगै विगतमा बन्द भएका अन्य सरकारी...

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

१२ वर्ष देखी नेपाली फुटबल खेलेका आइभरी कोस्टका खेलाडीको स्वदेश फर्किन सहयोगको अपिल

काठमाडौँ । नेपाली फुटबलमा विगत १२ वर्षदेखि सक्रिय रहेका आइभरी...

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

गैरआवासीय नेपालीलाई नागरिकसरह समान अधिकार दिन आग्रह गर्दै निर्मल पुर्जाले लेखेका थिए स्टाटस

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा रहेको ८,०५१ मिटर अग्लो...

What Nepal Can Learn from China’s Agricultural Transformation

What Nepal Can Learn from China’s Agricultural Transformation

When people think about China's agricultural transformation, they often imagine...

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले गुरुग्राममा शाखा सञ्चालनमा ल्याउँदै

जिम्बु थकाली रेष्टुरेन्टले भारतको हरियाणा राज्यस्थित गुरुग्राममा आफ्नो पहिलो अन्तर्राष्ट्रिय...

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

सापटी दिएको पैसा फिर्ता माग्दै समाजसेवी थापाले भने ….

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएका नेपाली समाजसेवी हेम थापाले...