back

शिक्षालाई सीप र श्रमसँग जोड्नुपर्छ

वि.सं.२०७६ वैशाख ६ शुक्रवार

270 

shares
GLOBAL IME AD
NTC AD

६ वैशाख, काठमाडौ । नेपालको शिक्षा नीतिलाई सीप र श्रमसँग जोड्नुपर्ने सरोकारवालाहरुले बताएका छन । सञ्चार केन्द्र नेपालले बिहीबार आयोजना गरेको ‘नेपालको वर्तमान शिक्षा प्रणाली र आजको आवश्यक शिक्षा नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटीइभिटी का सदस्य सचिव पुष्परमण वाग्लेले अब नेपालको शिक्षा प्रणाली उत्पादनसँग जोडिने र दक्ष जनशक्ति उत्पादन गर्ने हुनुपर्ने बताए ।

अब प्राविधिक र व्यावसायिक शिक्षा दिने शिक्षालयको आवश्यकता रहेको भन्दै उनले हाल सिटिइभिटीमा २०१५ जना भर्ना गर्ने क्षमता रहेको जानकारी गराए । सिटिइभिटी सङ्घीयताको मर्मअनुसार अगाडि बढेको जिकिर गर्दै उनले एक वर्षभित्रमा १०१ स्थानीय तहमा कार्यक्रम पुगेको पनि जानकारी गराए ।

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले नेपालमा पछिल्लो समय आफू केन्द्रित शैक्षिक प्रणालीको विकास भएको भन्दै नैतिकतामा आधारित मानवतावादी शिक्षा हुनुपर्ने बताए । प्राविधिक र गुणस्तरीय शिक्षाको कमीले पछिल्लो समय नेपाली युवाहरुले वैदेशिक रोजगारमा समेत घाटा व्यहोर्नुपरेको उनल बताए ।

कार्यक्रममा अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले सरकारले ८ कक्षासम्मको शिक्षा निःशुल्क र अनिवार्य गरेको भने पनि सामुदायिक विद्यालयमा समेत शुल्क तिर्नुपर्ने बाध्यता रहेको बताए । उनले शिक्षा, स्वास्थ्य जस्तो आधारभूत क्षेत्रमा पनि अस्वस्थ प्रतिस्पर्धा हुँदा मध्यमवर्गीय आय भएका नेपाली ठूलो सकसमा बाँच्नुपरेको भन्दै जनताले भोगिरहेको यस्तो समस्या समाधानका लागि सरकारले उपयुक्त कदम चाल्न सरकारलाई सुझाव दिएका छन् । बौद्ध धर्मगुरु पासाङ तेम्बा शेर्पाले २१ औँ शताब्दीको शिक्षा सीपमूलक शिक्षा हुनुपर्ने भन्दै यसका सरकारले ऐन परिमार्जन गर्नुपर्ने बताए ।

वि.सं.२०७६ वैशाख ६ शुक्रवार १०:४५ मा प्रकाशित

एकसाथ तीन चलचित्र प्रदर्शनमा

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौँ । आजदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ...

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

चालु आर्थिक वर्षको छ महिनामा ११ किलोमिटर सडक निर्माण

जुम्ला । यहाँस्थित पूर्वाधार विकास कार्यालयले चालु आर्थिक वर्षको छ...

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई...

प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा...

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

रिडी-बल्कोट सडक आजदेखि बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

गुल्मी । मदन भण्डारी राजमार्ग सडकअन्तर्गत पर्ने गुल्मीको रिडी-बल्कोट सडक...

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

नरहरिनाथमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

मान्म (कालीकोट) । कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको...