back
CTIZAN AD

शिक्षालाई सीप र श्रमसँग जोड्नुपर्छ

वि.सं.२०७६ वैशाख ६ शुक्रवार

624 

shares

६ वैशाख, काठमाडौ । नेपालको शिक्षा नीतिलाई सीप र श्रमसँग जोड्नुपर्ने सरोकारवालाहरुले बताएका छन । सञ्चार केन्द्र नेपालले बिहीबार आयोजना गरेको ‘नेपालको वर्तमान शिक्षा प्रणाली र आजको आवश्यक शिक्षा नीति’ विषयक अन्तरक्रिया कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटीइभिटी का सदस्य सचिव पुष्परमण वाग्लेले अब नेपालको शिक्षा प्रणाली उत्पादनसँग जोडिने र दक्ष जनशक्ति उत्पादन गर्ने हुनुपर्ने बताए ।

अब प्राविधिक र व्यावसायिक शिक्षा दिने शिक्षालयको आवश्यकता रहेको भन्दै उनले हाल सिटिइभिटीमा २०१५ जना भर्ना गर्ने क्षमता रहेको जानकारी गराए । सिटिइभिटी सङ्घीयताको मर्मअनुसार अगाडि बढेको जिकिर गर्दै उनले एक वर्षभित्रमा १०१ स्थानीय तहमा कार्यक्रम पुगेको पनि जानकारी गराए ।

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले नेपालमा पछिल्लो समय आफू केन्द्रित शैक्षिक प्रणालीको विकास भएको भन्दै नैतिकतामा आधारित मानवतावादी शिक्षा हुनुपर्ने बताए । प्राविधिक र गुणस्तरीय शिक्षाको कमीले पछिल्लो समय नेपाली युवाहरुले वैदेशिक रोजगारमा समेत घाटा व्यहोर्नुपरेको उनल बताए ।

कार्यक्रममा अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले सरकारले ८ कक्षासम्मको शिक्षा निःशुल्क र अनिवार्य गरेको भने पनि सामुदायिक विद्यालयमा समेत शुल्क तिर्नुपर्ने बाध्यता रहेको बताए । उनले शिक्षा, स्वास्थ्य जस्तो आधारभूत क्षेत्रमा पनि अस्वस्थ प्रतिस्पर्धा हुँदा मध्यमवर्गीय आय भएका नेपाली ठूलो सकसमा बाँच्नुपरेको भन्दै जनताले भोगिरहेको यस्तो समस्या समाधानका लागि सरकारले उपयुक्त कदम चाल्न सरकारलाई सुझाव दिएका छन् । बौद्ध धर्मगुरु पासाङ तेम्बा शेर्पाले २१ औँ शताब्दीको शिक्षा सीपमूलक शिक्षा हुनुपर्ने भन्दै यसका सरकारले ऐन परिमार्जन गर्नुपर्ने बताए ।

वि.सं.२०७६ वैशाख ६ शुक्रवार १०:४५ मा प्रकाशित

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

नेपालगञ्जमा ‘दौडिन्छिन् हजुरआमा’ दोस्रो संस्करण हुँदै

बाँके । जेष्ठ नागरिकको स्वास्थ्य, सक्रिय जीवनशैली तथा मनोसामाजिक सुस्वास्थ्यप्रति...

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउन सांसदहरूको माग

काठमाडौँ । महिला हिंसा अन्त्यका लागि कानुनी व्यवस्था कडा बनाउँदै...

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव

काठमाडौँ । पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव...

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

आरुघाट अस्पताल स्तरोन्नति गर्न छ पालिका मिलेर काम गर्ने सहमति

गोरखा । गोरखा र धादिङको सीमा क्षेत्रमा अवस्थित आरुघाट आधारभूत...

एचआइभीका नयाँ रोगी पहिचान

एचआइभीका नयाँ रोगी पहिचान

नेपालगञ्ज (बाँके) । भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला...