back

सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य हो : मनीषा कोइराला

वि.सं.२०७६ वैशाख ६ शुक्रवार

366 

shares
GLOBAL IME AD
NTC AD

६ वैशाख, काठमाडौ ।  बलिउडमा चर्चित नेपाली नायिका मनीषा कोइरालाले सर्वोच्च शिखर सगरमाथाको आधार शिविर ‘एभरेष्ट बेसक्याम्प’ विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य भएको बताएका छन् । बेस क्याम्पसम्मको पदयात्रा सकेर फर्किएकी नायिका कोइरालाले बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा यात्राको अनुभव सुनाउँदै आफ्नो बालापनको इच्छा पूरा भएको बताएकी थिइन् ।

क्यान्सर निको भएपछि यात्रामा निस्किएकी नायिका मनीषाले अब अन्नपूर्ण र मनास्लु क्षेत्रमा पदयात्रा जाने इच्छा रहेको बताइन् । नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नायिका कोइराला पदयात्रामा गएकी थिइन् । उनले एभरेष्ट बेस क्याम्पको वृत्तचित्रसमेत निर्माण गर्ने जानकारी दिएकी छन् ।

उक्त वृत्तचित्रले बेस क्याम्पको सुन्दरता विश्वभर पुग्ने र नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । नायिका कोइरालाले बेस क्याम्प क्षेत्रका शेर्पा समुदायको जीवनस्तर सुधारमा राज्यले विशेष चासो राख्नुपर्ने खाँचो औँल्याएकी थिइन् । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले ‘सेलीब्रेटी’को एभरेष्ट वेसक्याम्प पदयात्राले पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

वि.सं.२०७६ वैशाख ६ शुक्रवार १०:०१ मा प्रकाशित

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज...

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश...

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जाल मार्फत युवतीको चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल मार्फत युवतीको चरित्र हत्या गरेको अभियोगमा...

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काम गर्नेहरूलाई गफ गर्नेसँग तुलना नगरौँ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई...

विपिन जोशीको रिहाइको पहल : परराष्ट्रमन्त्री र इरानका विदेशमन्त्रीबीच फोनवार्ता

विपिन जोशीको रिहाइको पहल : परराष्ट्रमन्त्री र इरानका विदेशमन्त्रीबीच फोनवार्ता

काठमाडौं । हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन...

गोलञ्जोरमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

गोलञ्जोरमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

सिन्धुली । झापाबाट काठमाडौंतर्फ गइरहेको निजी सवारी साधन दुर्घटना भएको...