back
CTIZAN AD

युवालाई समृद्धिको सहयोगी बनाउनुुपर्छ :  युवा नेता पौडेल

वि.सं.२०७६ वैशाख ६ शुक्रवार

750 

shares

६ वैशाख, तनहु ।  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले युवालाई समृद्धिको लागि सहयोगी बनाउनुपर्ने बताएका छन् । तनहुँको शुक्लागण्डकीमा बिहीबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले देशमा संरचना नयाँ बने पनि सोच नयाँ बन्न नसकेको बताए ।

निर्वाचित जनप्रतिनिधिले नयाँ सोचका साथ आफूलाई अघि बढाई रोजगारीका लागि युवा जनशक्ति विदेश जानुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए । उनले बताए, “युवालाई आत्मनिर्भर बनाउन स्वदेशमै बसेर काम गर्ने वातावरण मिलाउनुपर्छ ।”

देश समृद्धि बनाउन युवा शक्तिलाई प्राथमिकतामा राखेर काम गर्न सक्नुपर्ने उनको भनाइ थियो । युवाले गर्ने काममा आफ्नोतर्फबाट सहयोग गर्न पछि नहट्ने भन्दै स्वरोजगारतर्फ उन्मुख हुन युवा शक्तिलाई आग्रह गरेका छन् ।

कमलाघाटमा शवदाह निर्माण गरिँदै

शुक्लागण्डकी नगरपालिका र स्थानीयवासीको साझेदारीमा सेतीनदी किनारस्थित कमलाघाटमा व्यवस्थित शवदाहस्थल निर्माण कार्य शुरु भएको छ ।

सेती नदीको बहावले वर्षेनी नदी किनार कटान गर्दै लगेपछि दाहसंस्कार गर्न कठिनाई भोग्नुपरेका स्थानीयवासीले शवदाहस्थल निर्माण कार्य शुरु गरेका हुन् । नगरपालिका-४ का अध्यक्ष शिवकुमार श्रेष्ठले नगरपालिकाको रु २५ लाख र स्थानीयको रु २७ लाख गरी कूल रु ५२ लाखको लागतमा उक्त शवदाहस्थल निर्माण कार्य अघि बढाइएको जानकारी दिएका छन् ।

सेती नदीमा जाने बाटो नहुँदा शव लैजान असुविधा भएको थियो । उनले भने, “निर्माणाधीन शवदाहस्थल सम्पन्न पश्चात नगरपालिका वडा नं २, ३, ४ र ५ का करीब दुई हजार घरधुरीका मानिसले लाभ लिन सक्नेछन् । नदी कटान रोक्न जाली राख्ने, शव दहनपछि खरानी पखाल्न नाला निर्माण गर्ने, शवदाहस्थलमा दाउराको व्यवस्था गर्ने र मलामी बस्ने व्यवस्था मिलाइने छ ।”

अहिले दाउराबाट शव जलाउने व्यवस्था गरिए पनि भावी योजना विद्युतीय शवदाह बनाउने रहेको छ । निर्माणाधीन शवदाहको करीब ४० प्रतिशत काम सम्पन्न भइसकेकोले अब एक डेढ महीनाभित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण समितिका संयोजक पदमलाल लामिछानेले जानकारी दिए ।

वि.सं.२०७६ वैशाख ६ शुक्रवार ०९:५१ मा प्रकाशित

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट...

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले रसुवाको...

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भोटेकोशी र...

आपतत्कालीन अवस्थामा यी नम्बरमा सम्पर्क गर्नुहोस्

आपतत्कालीन अवस्थामा यी नम्बरमा सम्पर्क गर्नुहोस्

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीपछि राष्ट्रिय विपद् जोखिम...

अपडेट : देवघाटमा दिउँसो ३ः३० बजे बाढीको बहाव आइपुग्ने अनुमान

अपडेट : देवघाटमा दिउँसो ३ः३० बजे बाढीको बहाव आइपुग्ने अनुमान

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको अकस्मात् बाढीको प्रवाह कम...

गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरियो

गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरियो

पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेबाट...