
६ बैशाख, काठमाडौं । समयमा पदपुर्ति नभएको भन्दै त्रिभुवन विश्वविद्यालयका कर्मचारी संगठनले आन्दोलन गर्ने घोषण गरेका छन् । लामो समयदेखि विज्ञापन र पदपूर्ति नहुँदा विश्वविद्यालयका विभिन्न कार्यालय र क्याम्पसका गतिबिधि अस्त व्यस्त भएको कर्मचारीको दावि छ ।
त्रिभुवन विश्वविद्यालय प्रगतिशील कर्मचारी संगठन र नेपाल राष्ट्रिय कर्मचारी संगठनले एक विज्ञप्ति जारी गर्दै १५ दिनभित्र विज्ञापन नगरे आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
जारी विज्ञप्तिमा कार्यालय, क्याम्पस र निकायहरुमा उपर्युक्त र आवस्यक पदपूर्ति नहुँदा सेवा प्रवाहमा नकारात्मक असर परेकाले तुरुन्तै विज्ञापन खोल्नुपर्ने माग गरिएको छ । विभिन्न दरबन्दीहरुमा आवस्यकता अनुसार विज्ञापन गर्न दवाव दिने उद्धेश्यले विज्ञप्ति जारी गरिएको पाइन्छ ।
वि.सं.२०७६ वैशाख ६ शुक्रवार १७:५५ मा प्रकाशित