back

बालशिक्षा अभियानमा जुट्यो झापाली समाज कतार

वि.सं.२०७६ वैशाख ६ शुक्रवार

33 

shares

करिम मियाँ, दोहा । झापाली समाज कतारले बालशिक्षा अभियान सन्चालनमा ल्याउने योजना अघि सारेको छ ।

‘फ्राईडे स्कुल’ नामबाट साप्ताहिक बालशिक्षा सन्चालनमा ल्याएर कतारमा विभिन्न ओहोदामा रही रोजगार तथा व्यवसायमा आवद्ध सयौं परिवारका बालबालिकालाई नेपाली कला, भाषा, संस्कृति र सभ्यताबारे ज्ञान दिने लक्ष्य सहित निकट भविष्यमा उक्त साप्ताहिक शिक्षालय सन्चालनमा ल्याउने योजना रहेको समाजका अध्यक्ष भवानी प्रसाद कोईरालाले जानकारी दिएका छन् ।

आफ्ना बालबालिकालाई आधारभूत शिक्षा प्रदान गर्न कतारमा परिवार सहित बसोबास गर्ने नेपालीहरुको लागि ठूलै चुनौतीको विषय बन्दै आई रहेको छ । नेपाली स्टान्डर्सको बिधालय नहुँदा भारतीय तथा युरेलोपेली स्टाण्डड्र्सका बिधालयमा बालबालिका पढाउनु पर्ने बाध्यता त छँदैछ, त्यसको लागिपनि धेरै संघर्ष गर्नु पर्ने, बिधालयमा भर्ना गर्न कोटा पाउनै हम्मेहम्मे पर्ने र कोटा पाई हालेपनि महङ्गो शुल्क तिरेर बालबालिकाको पठनपाठनको जोहो गर्नु पर्ने जटिलताबारे यहाँका नेपाली अभिभावकहरुले गर्दै आई रहेका गुनासाहरु हुन् ।

एकातर्फ बिधालयमा भर्ना पाउनै समस्या पाई हालेपनि विदेशी कला र सभ्यतामा बालबालिकाको चेतना हुर्कने समस्याले कतै आफ्ना बालबालिकाले आफ्नो सभ्यता र संस्कृति बिर्सने त होईनन् भन्ने चिन्ताले समेत बाबुआमालाई पिरोल्ने गरेको छ ।

नेपाली बिधालय स्थापनाबारे लामो समयदेखि कतारका नेपाली अगुवाहरुले वहस गर्दै आएका भएपनि उक्त बहसले सार्थकता भने पाउन सकेको छैन ।

‘सबैभन्दा प्रमुख पक्ष त यति ठूलो संख्यामा नेपालीहरु रहेको कतारमा एउटा नेपाली बिधालय होस् भन्ने नै हो,तर तत्काल त्यो सम्भव नभएकोले कम्तिमा आफ्ना बालबालिकाले नेपाली संस्कृति र सभ्यता नबिर्सिउन भन्नेमा हामी चिन्तित छौं,’ अध्यक्ष कोईरालाले भने, ‘हाम्रा बालबालिकाले जनमन गन’ र सारे जहाँ से अच्छा’ गुनगुनाउँदा आफूहरुले सबथोक गुमाएको महसुस हुने गरेको छ ।’

कतारस्थित नेपाली नियोगले मासिक रुपमा राख्ने हेयरिङ्ग एण्ड शेयरिङ्ग कार्यक्रममा सबैभन्दा बढी र अनवरत उठ्ने विषय भनेकै नेपाली बिधालय स्थापना गर्नु पर्ने बारे हो, यद्यपि दूतावास प्रशासनले समेत ‘कुटनैतिक’ आश्वासन बाहेक केही दिन सकी रहेको छैन ।
दूतावासको भनाई अनुसार नेपाली बिधालय स्थापना र सन्चालन गर्न सकिने भएपनि ठोस योजना र लक्षमा भने नियोग कमजोर देखिने गरेको छ ।

अध्यक्ष कोईरालाका अनुसार बालशिक्षालयमा विषेशत ः नेपाली कलासंस्कृति, नेपाली पहिचान, भाषाशैली र सभ्यताबारे आधारभूत ज्ञान दिने रहेको लक्ष रहेको छ । साप्ताहिक रूपमा सन्चालनमा ल्याउन लागिएको शिक्षालयलाई कालान्तरमा स्थायी बिधालयको रूपमा बिकसित गर्दै लैजाने योजना रहेको उनले बताए ।

आगामी हप्ता एउटा कार्यक्रमको आयोजना गरी बालशिक्षालय बारे विस्तृत जानकारी दिने तयारीमा आफूहरु रहेको कोईरालाले जानकारी दिएका छन् ।

हाललाई समाज कै व्यबस्थापनमा सन्चालन गर्ने फ्राईडे स्कुलमा भर्ना शुल्क २०० कतारी रियाल र मासिक २०० शुल्क निर्धारण गरि अघि बढ्ने योजनामा आफुहरु रहेको उनले जानकारी गराए ।

फ्राईडे स्कुल अभियानले बालबालिकाहरुलाई आफ्नो कला–संस्कृति, राष्ट्र र राष्ट्रियताबाट बिमूख हुनबाट जोगाउन सकिने अध्यक्ष कोईरालाको दावी छ ।

वि.सं.२०७६ वैशाख ६ शुक्रवार १७:४१ मा प्रकाशित

रकम हिनामिना गरेको आरोपप्रति एनआरएनए बेल्जियमको आपत्ति

रकम हिनामिना गरेको आरोपप्रति एनआरएनए बेल्जियमको आपत्ति

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले अध्यक्ष सिता सापकोटालाई...

एनआरएनए नाइजेरियाद्वारा परराष्ट्र मन्त्रीमार्फत् भूकम्प पीडितलाई आर्थिक सहयोग

एनआरएनए नाइजेरियाद्वारा परराष्ट्र मन्त्रीमार्फत् भूकम्प पीडितलाई आर्थिक सहयोग

काठमाडौं । गैरआवासीय नेपालीी संघ (एनआरएनए) नाइजेरियाद्वारा पश्चिमरुकुम र जाजरकोटका...

अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित

अनेसास न्यूयोर्क शाखाको अध्यक्षमा लक्ष्मी श्रेष्ठ निर्वाचित

अमेरिका । न्यूयोर्कमा आयोजित ११५ औं महाकबि लक्ष्मीप्रसाद देबकोटा जयन्ती...

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार डा.अधिकारीलाई

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरष्कार डा.अधिकारीलाई

काठमाडौं । अष्ट्रेलियामा निवासी वैज्ञानिक एवम् गैरआवासीय नेपाली संघका सीप,...

उपप्रधानमन्त्री पुर्णबहादुर खडकालाई एनआरएनए घानाको स्वागत

उपप्रधानमन्त्री पुर्णबहादुर खडकालाई एनआरएनए घानाको स्वागत

आक्रा । घाना घाना भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पुर्णबहादुर...

केसीको नेतृत्वमा मलेसियामा पनि गठन भयो रास्वपाको भातृ संगठन

केसीको नेतृत्वमा मलेसियामा पनि गठन भयो रास्वपाको भातृ संगठन

मलेसिया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भातृ संगठन मलेसियामा...