back

होसियार !

वि.सं.२०७६ वैशाख ६ शुक्रवार

45 

shares

बोल्दा बोल्दै अनायास
कहाँनिर जिब्रो चिप्लिएला तिम्रो
त्यसपछि वारेन्ट जारी गर्न पाइएला
तिम्रो अभियुक्त जिब्रोलाई
यस्तै यस्तै सोचेर कोही
बसिरहेको हुन सक्छ तिम्रो छेउमा
तिम्रो साथीतिम्रो संरक्षक
या शुभचिन्तकको भेषमा !

हिड्दा हिड्दै तिमी
कहाँनिर खाडलमा परौला
त्यसपछि नेल लगाएर तिम्रो अभियुक्त खुट्टालाई
हिरासतमा पठाउँला
यस्तै मात्र सोचेर
कोही हिडिरहेको हुन सक्छ
तिम्रो अघिपछि
तिम्रो पक्का सहयात्रीको भेषमा !

दुश्मन आफैंभित्र पनि हुन्छन
तिमीले यसरी पनि सोचेनौ भने
तिमीले वारम्वार झुक्किनु पर्छ
र वारम्वार गाउँनु पर्छ विरहका गीत !

तिम्रा भाषणहरूमा
जोड जोडले ताली पिटिरहेको मान्छे
या, तिम्रो जीवनको दौडमा
सँगै दौडिरहेको कुनै यात्री
त्यो, तिम्रो जस्तो हुन सक्छ
तर तिम्रो नहुन सक्छ !

पाइला पाइलामा ख्याल गर्नु
शब्द शब्दमा होस गर्नु
होसियार
धेरै टाढा बसेर दुश्मनी गर्न
त्यति सजिलो मान्दैनन दुश्मनहरू !

२०७६्र/०१्/र०६
सुवर्ण चोक, भक्तपुर

वि.सं.२०७६ वैशाख ६ शुक्रवार १७:३८ मा प्रकाशित

कविता : आमा

कविता : आमा

अलख निरन्जन लोहार,टीकापुर, कैलाली राख्यौ साहस साथमा उदरमा, पीडा सहेरै...

कविता : आऊ,मानवताको द्यौराली रोपौँ!!

कविता : आऊ,मानवताको द्यौराली रोपौँ!!

कलानिधि दाहााल,काठमाडौं आँधी उठाएर अलिकति तूफान पोको पारेर निकै नै...

कविता : सामवेदको स्वर

कविता : सामवेदको स्वर

राजेन्द्रकुमार बज्राचार्य कोटेश्वर, काठमाण्डौ सात थरी रहे कस्ता, छन् सामवेदको...

कविता : विदुरवचन

कविता : विदुरवचन

विदुर अधिकारी, रामपुर,चितवन बेकारका कुनै हुन्नन्, सबै हुन् काम आउने...

कविता : चक्रपाणि चालिसे

कविता : चक्रपाणि चालिसे

दीनानाथ पोख्रेल, इलाम चक्रपाणि कविका कविताको । हुन्न वर्णन सबै...

कविता : आगोको बाटो

कविता : आगोको बाटो

निरूविन्दु,जल्ढक्का कालेबुङ् पड्ड बड्ड भारत बेरोजगारीको बाघहरू पसेको छ यसबेला...