back
CTIZAN AD

होसियार !

वि.सं.२०७६ वैशाख ६ शुक्रवार

618 

shares

बोल्दा बोल्दै अनायास
कहाँनिर जिब्रो चिप्लिएला तिम्रो
त्यसपछि वारेन्ट जारी गर्न पाइएला
तिम्रो अभियुक्त जिब्रोलाई
यस्तै यस्तै सोचेर कोही
बसिरहेको हुन सक्छ तिम्रो छेउमा
तिम्रो साथीतिम्रो संरक्षक
या शुभचिन्तकको भेषमा !

हिड्दा हिड्दै तिमी
कहाँनिर खाडलमा परौला
त्यसपछि नेल लगाएर तिम्रो अभियुक्त खुट्टालाई
हिरासतमा पठाउँला
यस्तै मात्र सोचेर
कोही हिडिरहेको हुन सक्छ
तिम्रो अघिपछि
तिम्रो पक्का सहयात्रीको भेषमा !

दुश्मन आफैंभित्र पनि हुन्छन
तिमीले यसरी पनि सोचेनौ भने
तिमीले वारम्वार झुक्किनु पर्छ
र वारम्वार गाउँनु पर्छ विरहका गीत !

तिम्रा भाषणहरूमा
जोड जोडले ताली पिटिरहेको मान्छे
या, तिम्रो जीवनको दौडमा
सँगै दौडिरहेको कुनै यात्री
त्यो, तिम्रो जस्तो हुन सक्छ
तर तिम्रो नहुन सक्छ !

पाइला पाइलामा ख्याल गर्नु
शब्द शब्दमा होस गर्नु
होसियार
धेरै टाढा बसेर दुश्मनी गर्न
त्यति सजिलो मान्दैनन दुश्मनहरू !

२०७६्र/०१्/र०६
सुवर्ण चोक, भक्तपुर

वि.सं.२०७६ वैशाख ६ शुक्रवार १७:३८ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...

कविता : ज्ञानले दीप्त पारून्

कविता : ज्ञानले दीप्त पारून्

कल्पना अधिकारी भट्टराई, टोखा, काठमाडौँ हाम्रा राम्रा पुराना चलन कति...

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...