back
CTIZAN AD

पत्रकार महासंघ कतारको ध्यानाकर्षण

वि.सं.२०७६ वैशाख ६ शुक्रवार

663 

shares

पत्रकार महासंघ कतारले पछिल्लो पटक राज्यद्धारा पक्राउ  पक्राउ गरिएका पत्रकारको विनाशर्त रिहाइको माग गर्दै सरकारकारको ध्यानाकर्षण गराएको छ ।

नेपाली दूतावास कतारमार्फत् नेपाल सरकारका नाममा बुझाइएको ज्ञापनन पत्रमा भनिएको छ, ‘राज्यद्धारा विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ लाई टेकेर विगत केही समयदेखि समाचार लेखेकै भरमा देशैभरीबाट पत्रकार पक्राउ गर्ने कार्यलाई तिब्रता दिइएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष करिम बक्स मियाँ, सचिव दिल कुमार श्रेष्ठ, सल्लाहकार क्रान्ती सिंह र पुर्व उपाध्यक्ष् चिरञ्जीवी तिमिल्सीनासहितको टोलीले बैशाख ५ गते दूतावासमै पुगेर राजदूत समक्ष उक्त ज्ञापनपत्र बुझाएका हुन् ।

महासंघले विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अविलम्ब खारेज गर्न माग गर्नुका साथै पक्राउ परेका पत्रकारको विनाशर्त रिहाइको माग समेत गरेको छ ।

‘राज्यद्धार विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ लाई टेकेर विगत केही समयदेखि समाचार लेखेकै भरमा देशैभरीबाट पत्रकार पक्राउ गर्ने कार्यलाई तिब्रता दिइएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

समाचार लेखेकै भरमा विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ अन्तर्गत संचारकर्मीलाई पक्राउ गर्ने घटना बढेकोप्रति कडा विरोध गर्दै नेपाल पत्रकार महासंघले घोषणा गरेको आन्दोलनप्रति हाम्रो पूर्ण ऐक्यबद्धता रहेको समेत प्रष्ट्याउँछौं ।

अनावस्यक रुपमा संचारकर्मीहरुलाई पटक पटक पक्राउ गर्ने कार्यले निर्वाध प्रेस स्वतन्त्रता उपभोगमा अवरोध खडा गर्दै प्रेस स्वतन्त्रतालाई निस्तेज बनाउने कार्य, प्रेस स्वतन्त्रताको मूल्य र मान्यतामा प्रहार गर्ने कार्यमा राज्य लाग्नुले हामीलाई शसंकित तुल्याएको छ ।’ सो ज्ञापनपत्रमा भनिएको छ ।

वि.सं.२०७६ वैशाख ६ शुक्रवार १७:१३ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...