back
CTIZAN AD

नेकपा महासचिव पौडेलले भने– ममाथि छानविन होस्

वि.सं.२०७६ वैशाख ६ शुक्रवार

663 

shares


६ वैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले बालुवाटार जग्गा प्रकरणलाई लिएर आफूमाथि आइरहेको विभिन्न टिकाटिप्पणी बारे पुनः प्रेस वक्तव्य जारी गरे प्रष्टीकरण दिएका छन् । महासचिव पौडेलले जनमानसमा भ्रम सिर्जना हुने र वास्तविकता ओझेलमा पर्ने गरी समाचारहरु प्रकाशित भएको दुःख व्यक्त गर्दै वास्तविकताका लागि आफूमाथि छानविन गर्न आग्रह गरेका छन् । उनले आफूमाथि लगाइएको आरोप पुष्टि गर्न आग्रह गर्दै भनेका छन् – ‘राज्यको आधिकारीक निकायबाट हुने छानविनका निष्कर्षहरु प्रति समर्थन रहने छ । म माथि लगाइएका आरोपहरु पुष्टि गर्न सम्बद्ध सबैलाई आह्वान गर्दछु । ‘

उनले गैरकानुनी वा जालसाजी ढंगले जग्गा दर्ता गर्ने कार्यमा परिवारको कुनै सदस्यको पनि संलग्नता नरहेको पनि स्ष्पष्ट पारेका छन । उनले भनेका छन् ‘सरकारी जग्ग हड्ने दुषित मनसायले कागज श्रेस्ता मिलाइ किर्ते, जालसाजी वा गैरकानुनी कार्य गरी जग्ग दर्ता गर्ने वा गराउने कार्यमा म र मेरो परिवारको कुनै पनि सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको र कहिल्यै नरहेन पनि अवगत गराउनु चाहन्छु ।’

गैर कानुनीरुपमा दर्ता भएको जग्गको दर्ता बदर गरी नेपाल सरकारको नाममा कायम गर्न, गैरकानुनी रुपमा जग्गा दर्ता गर्ने कार्यमा संलग्न व्यक्तिलाई कानुन बमोजिम कारवाही गर्न र सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्ने प्रणालीलाई सुदृढ बनाउन वर्तमान सरकारले सञ्चालन गरिहरहेको अभियानलाई सहयोग पु¥याउने प्रतिबद्धता वक्तव्यमा उल्लेख गरिएको छ ।

उनले छोरा नविन पौडेलको नाममा रहेको बालुवाटारस्थित आठ आना जग्गा प्रचलित कानुन बमोजिम नै खरिद गरिएको समेत स्पष्ट पारेका छन् । २०६४ सालमै संविधानसभा सदस्य हुँदा समेत आफूले सार्वजनिक गरेको सम्पत्ति विवरणमा समेत उक्त जग्गा उल्लेख गरेको जनाएका छन् ।

वि.सं.२०७६ वैशाख ६ शुक्रवार २०:४१ मा प्रकाशित

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...