
९ बैशाख,काठमाडौं । दुर्गम जिल्लामा सहुलियत दरमा वितरण गरिने नुनमा अनियमितता भएको पाइएको छ ।
नुन ढुवानी गर्दा समग्र जिल्लाको जनसंख्या उल्लेख गरेको भएपनि वितरण गर्ने डिपोले समेट्ने क्षेत्र र सोको जनसंख्या उल्लेख नगरी कोटाभन्दा बढी नुन वितरण गरेर अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनले दुर्गम तथा पहाडि जिल्लमा कोटाभन्दा बढी परिणममा नुन वितरण गरी सो रकम दाखिल नगरेको पाइएको हो ।
कोटा भन्दा बढी परिणामा नुन ढुवानी तथा विक्रि गरी २ करोड १७ लाख ४५ हजार अनियमितता भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । सोमबारको कारोबार दैनिकबाट
वि.सं.२०७६ वैशाख ९ सोमवार ०८:२७ मा प्रकाशित






























