९ बैशाख,काठमाडौं । बौद्ध महाकालस्थित जनकल्याण माविमा विद्यार्थी बोर्डिङ छाडेर भर्ना हुन आएका छन् । प्रधानाध्यापक कुमारी कमला राईका अनुसर बैशाखको पहिलो साता पहिलो प्रवेश परीक्षा लिएर १ सय १८ विद्यार्थी नयाँ भर्ना भइसकेका छन् ।
‘गत वर्ष भन्दा अहिले चाप बढेको छ,’ राईले भनिन्, ‘यसपटक नयाँ पुराना गरी एक हजार भन्दा बढी विद्यार्थी होलान् जस्तो छ ।’
उक्त विद्यायलमा गर्त वर्ष कक्षा १० सम्म ९ सय ८१ भर्ना भएकामा करिब सय जनाले बिचैमा पढाइ छाडेका थिए ।
विद्यालयले शिशुदेखि कक्षा ३ सम्म निःशुल्क दिवा खाजाको व्यवस्था गरेको छ । गणित, विज्ञान, नेपाली र अंग्रेजीमा कमजोर विद्यार्थीलाई साँझ निःशुल्क कक्षा पनि सञ्चालन गरेको छ । सोमबारको कान्तिपुर दैनिकबाट
वि.सं.२०७६ वैशाख ९ सोमवार ०८:२१ मा प्रकाशित