back
CTIZAN AD

श्रीलंका घटनाप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

वि.सं.२०७६ वैशाख ९ सोमवार

798 

shares

९ बैशाख, काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले श्रीलङ्काको कोलम्बोमा भएको शृङ्खलाबद्ध बम विष्फोटनमा परी सयांँै मानिसको मृत्यु र घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको निन्दा र भत्र्सना गरेका छन् ।

सभापति देउवाले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले सम्पूर्ण विश्वलाई नै शोक विह्वल र स्तब्ध बनाएको उल्लेख गर्दै विश्वको जुनसुकै कुनामा हुने मानवताविरुद्धका यस्ता आतङ्ककारी घटनाको काङ्ग्रेस सदैव घोर निन्दा र भत्र्सना गरेको बताएका छन् ।

“हत्या, हिंसा र आतङ्क सदाका लागि अन्त्य गरिनु पर्दछ भन्ने काङ्ग्रेसको स्पष्ट धारणा रहँदै आएको छ । यस दुःखद् क्षणमा म र मेरो पार्टीको तर्फबाट श्रीलङ्का सरकार र त्यहाँका जनताप्रति सहानुभूति प्रकट गर्दछु । साथै, धैर्यताका साथ अगाडि बढ्न आग्रह गर्दछु”, विज्ञप्तिमा उल्लेख छ ।

सभापति देउवाले घटनामा परी निधन भएका सबैप्रति श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना र उनीहरुको परिवारजनप्रति समवेदना प्रकट गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

वि.सं.२०७६ वैशाख ९ सोमवार ०८:५३ मा प्रकाशित

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

प्रधानमन्त्री बालेन्द्रद्वारा बाढी प्रभावित क्षेत्रका सांसदसँग परामर्श

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट...

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

उद्धार तथा राहतमा जुट्न अनेरास्ववियू (क्रान्तिकारी) र वाइसिएलको अपिल

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले रसुवाको...

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरबाट उद्धार गर्न जिल्ला प्रशासनलाई निर्देशन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भोटेकोशी र...

आपतत्कालीन अवस्थामा यी नम्बरमा सम्पर्क गर्नुहोस्

आपतत्कालीन अवस्थामा यी नम्बरमा सम्पर्क गर्नुहोस्

काठमाडौं । भोटेकोशी नदीमा आएको ठूलो बाढीपछि राष्ट्रिय विपद् जोखिम...

अपडेट : देवघाटमा दिउँसो ३ः३० बजे बाढीको बहाव आइपुग्ने अनुमान

अपडेट : देवघाटमा दिउँसो ३ः३० बजे बाढीको बहाव आइपुग्ने अनुमान

चितवन । रसुवाको भोटेकोशी नदीमा आएको अकस्मात् बाढीको प्रवाह कम...

गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरियो

गण्डकी प्रदेश सरकारबाट एमाले बाहिरियो

पोखरा । गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेबाट...