back
CTIZAN AD

दमकल नहुँदा आगो निभाउन खानेपानीको पाइप काटियो

वि.सं.२०७६ वैशाख ९ सोमवार

759 

shares

 

file -photo

९ बैशाख, बागलुङ । शनिबार प्रायः मानिस आराम, घुमफिर र रमाइलोका लागि समय निकाल्छन् । गलकोट नगरपालिका–६ चरौँदीका हेमबहादुर खत्रीलाई भने त्यही शनिबार दुःखद् बन्यो । अपराह्नपख शर्माको वडा नं ३ हटिया बजारस्थित घरमा लागेको आगोले विपद्को रुप लियो । हेर्दाहेर्दै तीनतले घर खरानीमा परिणत भयो ।

खत्रीका छिमेकी र सिङ्गो हटिया बजारवासीमा त्रास छायो । आगो नियन्त्रणमा सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीयवासी खटिए । बाल्टी, गाग्री, जर्किनलगायत पानी उभाउन मिल्ने भाँडावर्तन बोकेर मानिस आगो निभाउन कस्सिए । आगलागी नियन्त्रणका लागि खानेपानीको पाइपनै काट्नुप¥यो । आगो त निभ्यो, तर घर जोगिएन । छिमेकका घर जोगाउन भने उद्धारकर्ता सफल भए ।

क्षणभरमै आगलागीले लाखौँको क्षति भयो । खत्रीको घरवास गुम्यो । भाडामा व्यापार गरी बस्नेको कमाइ खोसियो । लत्ताकपडा, भाँडाकुँडा, खाद्यान्न सबै नष्ट भए । यदि नजिकमा बारुणयन्त्र (दमकल) भएको भए यस्तो परिस्थिति आउने थिएन । अनायसै घर जलिरहँदा सबैले दमकल सम्झी रहे । आगलागीले क्षति पु¥याएपछि बल्ल दमकलको विषयलाई लिएर विभिन्न कोणबाट टीकाटिप्पणी भइरहेका छन् ।

नगरपालिकाले दमकल किन्नुपर्ने आजाव उठ्न थालेका छन् । आगलागीको घटनाले पाठ सिकाएर गएको गल्कोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए । उनका अनुसार समयमै आगो नियन्त्रणमा आएकाले थप क्षति हुन पाएन । बाक्लो बस्ती र पुराना घर भएकाले आगो अन्यत्र फैलिने खतरा थियो । “खानेपानीका पाइप काटेर फोहोरा फालेपछि आगो नियन्त्रणमा आयो”, नगरप्रमुख गेरैले भने ।
तीव्र बजारीकरण भइरहेको गलकोटमा सबैले दमकलको आवश्यकता महसुस गरेका छन् । साँघुरा सडक र अव्यस्थित बजारका कारण ठूलो दमकलको प्रयोग कठिन देखिन्छ ।

लहरै जोडिएका पुराना घरमा आगलागीको घटना हुँदा बढी जोखिम हुन्छ । मध्यपहाडी लोकमार्ग आसपासमा नयाँ बनेका घरमा भने सहजै दमकल पुग्न सक्छ ।
नगरपालिकाले आगलागी भएको घरमा डेरा गरी बस्ने पाँच परिवारलाई रु दश हजारका दरले राहात उपलब्ध गराएको छ । घरधनी खत्रीलाई पनि यथोचित राहत उपलब्ध गराउने नगरपालिकाले जनाएको छ । खत्री घर भाडामा लगाएर अहिले वडा नं ६ स्थित चरौँदीको घरमा बस्दै आएका छन् ।

आगलागीले छिमेकी तुलसी साहनीको घरमा पनि क्षति पुगेको जनाइएको छ । आगलागी विद्युत् ‘सर्ट’ हुँदा भएको हुनसक्ने प्रहरीको अनुमान छ । साँझ ५ बजे लागेको आगो दुई घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । शनिबार नै निसीखोला गाउँपालिका–२ बायखोलामा भएको आगलागीमा परी तीन वर्षीय बालक विशाल सुनारको निधन भएको थियो ।

 

वि.सं.२०७६ वैशाख ९ सोमवार ०९:०९ मा प्रकाशित

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

काठमाडौँ । रसुवा–नुवाकोट क्षेत्रबाट थप ठूलो बाढी आउन लागेको भन्दै...

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा हिजो आएको भीषण बाढीपछि सरकारले...

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...