back
CTIZAN AD

पाँच भन्दा बढी रोगको औषधि हो ‘मर्निङवाक’

वि.सं.२०७६ वैशाख ९ सोमवार

519 

shares

‘तपाई कुनै विरामी व्यक्तिलाई गएर सोध्नुहोस् उसलाई थाहाहुन्छ स्वस्थ्य शरीर कति महत्वपूर्ण हुन्छ भनेर,’ डा. अनिल भन्छन्,‘ निरोगी व्यक्ति जबसम्म रोगी बन्दैन तबसम्म उसलाई थाहा हुदैँन यसको महत्व के हो भनेर ? त्यसकारण समस्यामा पर्नुभन्दा पहिले यसलाई रोकथाम गर्न जरुरी हुन्छ ।’

तपाई दिनहुँ मर्निङवाक जानुहुन्छ भने सम्झनुहोस् तपाईको स्वास्थ्य एक दमै राम्रो अवस्थामा छ । अझै मधुमेह, व्लडप्रेसर हाई, कोलेष्ट्रोल, मोटोपन लगायतका समस्या भएकाहरुका लागि त मर्निङवाक झनै फाइदाजनक छ । जसरी विभिन्न रोग लागेर हामीले औषधिको सेवन गर्दछौं त्यसरी नै मर्निङवाक पनि दिनहुँ आवस्यक रहेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममुर्ति अनिल बताउँछन् । डा. अनिलको सुझाव छ–मर्निङवाकलाई औषधिको रुपमै लिनुहोस् ।

तपाइ विहान एक घण्टामात्र हिड्नु भयो भने ५ वटा औषधि बराबर काम गर्दछ । यसले निरोगी व्यक्तिलाई रोग लाग्न नदिन र रोगी व्यक्तिको रोग कम गराउनका लागि महत्वपूर्ण भूमिका खेल्छ ।

बिहाननै किन गर्ने शारीरिक गतिबिधि ?

बिहानै शारीरिक गतिबिधि गर्दा धेरै राम्रो हुने र बिहानको गतिबिधि सुरु गर्नुभन्दा पहिले आफ्नो शरीरको गतिबिधि गर्यौ भने त्यो फाइदाजनक हुन्छ । शरीरलाई स्वस्थ्य राख्नका लागि बिहानै मात्र किन बेलुका वा रातिमा पनि हिड्न सकिन्छ भन्ने तपाइलाई लाग्ला, त्यो पनि गर्न सकिन्छ । तर, बिहानमा हिडेजस्तो बेलुकामा हुँदैन् । तपाइ दिनभरी अफिस वा घरमा काम गर्नुहुन्छ अनि बेलुका शारीरिक गतिबिधि गर्न थाल्नु भयो भने, तपाइलाई अल्छि लाग्ने, बिहानको जस्तो ताजापन महसुस नहुने जस्ता समस्या हुन्छ । यस्तो रेगलुर एक्सरसाइज नहुने पनि डर हुन्छ । जसले बिहानको समयमा आफ्नो स्वास्थ्यको ध्यान दिएर मर्निङवाकमा निस्कन्छ त्यसलाई भने निरन्तरता दिने बानी बस्ने डा. अनिलको भनाई छ ।

धेरै मानिस भन्छन्–मर्निङवाकका लागि समय हुँदैन, अफिसमकै काम गर्दा भनेजति शारिरीक गतिबिधि हुन्छ । यस्तै यस्तै । यसले तपाइ आफ्नो स्वास्थ्यको कत्तिको ख्याल गर्नुहुन्छ भन्ने देखाउँछन् । तर, आफ्नो स्वास्थ्यका लागि आधा घण्टा या एक घण्टा दिन नसक्ने मान्छेको जीवनमा अरु सबै अस्त व्यवस्त जस्तो नै हुन्छ । जब स्वास्थ्य ठिक हुन्छ अनिमात्र सबैतिर राम्रो हुन्छ ।

स्वास्थ्यलाई ध्यान नदिएर अरु क्षेत्रमा पाएको सफलतको कुनै महत्व नहुने पनि डा. अनिलको भनाई छ । ‘तपाई कुनै विरामी व्यक्तिलाई गएर सोध्नुहोस् उसलाई थाहाहुन्छ स्वस्थ्य शरीर कति महत्वपूर्ण हुन्छ भनेर,’ डा. अनिल भन्छन्,‘ निरोगी व्यक्ति जबसम्म रोगी बन्दैन तबसम्म उसलाई थाहा हुदैँन यसको महत्व के हो भनेर ? त्यसकारण समस्यामा पर्नुभन्दा पहिले यसलाई रोकथाम गर्न जरुरी हुन्छ ।’

मर्निङवाक ब्रेक नगर्नुहोस्

धेरैजनाले गइरहेको मर्निङवाक बिचमै ब्रेक गर्छन् । त्यो राम्रो होइन । जसरी तपाइलाई कुनै रोग लागेको छ र डाक्टरले नियमित औषधि लेखिदिएको छ त्यो औषधि एकदिन नखाँदा कस्तो इफेक्ट पर्छ भन्ने तपाइलाई थाहानै होला ।

मर्निङवाक पनि औषधि नै सम्झिएर निरन्तरता दिनुहोस् । तपाई अलिकति पनि एक्सरसाइज गर्नु भयो भने, तपाइको ब्लप्रेसर घटेर ठिक ठाउँमा आउछ । तर, ५ दिन या दश दिन मर्निङवाकमा जानु भएन भने तपाइको ब्लडप्रेसर फेरि बढ्न थाल्छ । त्यसैले जति हिड्नुस् तपाइलाई त्यति नै फाइदा हुन्छ ।

जुनसुकै परिस्थितीमा पनि तपाई मर्निङवार्क नटुटाउनुहोस् । कुनै अवस्थामा महिनामा १–२ दिन छोडेपनि तपाइ जहा पुगेपनि पहिलो कुरा आफ्नो स्वास्थ्यलाई ध्यान दिनुपर्ने डा. अनिल बताउँछन् । स्वस्थ्य व्यक्ति प्रत्येक दिन ३० मिनेट यानि ३ किलोमिटर हिड्नुपर्छ । डाइबेटिज, उच्चरक्तचाप, कोलेस्ट्रोल भएका व्यक्तिहरु दैनिक १ घण्टा नै हिड्नुपर्दछ । साथै मुटुरोगको समस्याहुनेहरु १ घण्टा भन्दाबढी हिड्दा फाइदाजनक हुन्छ । मोटोपनलाई त जतिसक्नुहुन्छ त्यति हिड्नुनै राम्रो हुन्छ भने रिटार्यड लाइफ बिताउनेहरुको काम नहुने हुनाले पनि उनीहरुले पनि शाररिरीक गतिबिधिमा विशेष ध्यानदिनु पर्छ ।

गृहिणीहरु पनि हिड्नुहोस् 

धेरै गृहिणीको सोचाइहुन्छ कि, ‘मेरो त घरमै धेरै काम हुन्छ, किन जानु पर्यो मर्निङवाक वा इभिनिङ वाक ।’ उहाँहरुले भनेको कुरा कुनै न कुनै हदसम्म ठिकै हो । तर, ४०–४५ वर्ष भएपछि विभिन्न रोगले समाउँछ ।

त्यतिबेला तपाइहरुको शारीरिक सक्रियता पनि बढी हुँदैन अनि विभिन्न रोगले समाउँछ । त्यतिबेला तपाइमा मर्निङवाक गर्ने बानी नपरेकोले तपाइलाई समस्या थपिदैं जान्छ ।

त्यसकारण गृहिणीहरुले कम्तिमा पनि ३० मिनेट मर्निङवाकमा जानु अति उत्तम हुन्छ । साथै तपाइ अफिस जाँदा, कलेज जाँदा र अन्य ठाउँमा जाँदा हिँडेर जानुहुन्छ भने त्यसलाई बढी बोनस मान्नुस् तर मर्निङवाकलाई कहिले पनि नरोक्न डा. अनिलको सुझाव छ ।

वि.सं.२०७६ वैशाख ९ सोमवार १०:२५ मा प्रकाशित

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

पूर्वसूचना नदिएको आरोप खण्डन गर्दै चिनियाँ दूतावासले गरयो यस्तो आग्रह

काठमाडौँ । नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका...

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध...

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

प्रधानमन्त्री बालेन बाढी प्रभावित क्षेत्रको निरीक्षणमा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह आज बिहान सडकमार्ग हुँदै बाढी...

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

काठमाडौँ । रसुवा–नुवाकोट क्षेत्रबाट थप ठूलो बाढी आउन लागेको भन्दै...

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा हिजो आएको भीषण बाढीपछि सरकारले...

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...