back

महिलालाई मात्र होइन, पुरुषलाई पनि चाहिन्छ खुसी

वि.सं.२०७६ वैशाख ९ सोमवार

39 

shares

 

हामी महिलालाई कसरी खुसी बनाउन सकिन्छ भन्ने विषयमा मात्र बढी छलफल गर्छौ । तर, पुरुष पनि मान्छे हो, उसले पनि आफ्नो साथीको बलियो साथ, मुस्कान, खुसी वा हाँसो भरिएको अंगालोको भोको हुन्छ भन्ने बिर्सनु हुँदैन् । त्यसलै आफूले पूरुष साथिमाथि जति अपेक्षा राखिन्छ आफूले पनि प्रयास गर्नुपर्छ कि, उसलाई पनि कसरी खुसी बनाउन सकिन्छ भनेर । महिलाहरुले आफ्ना पुरुष साथीहरुले नबताइकन पनि यसरी खुसी राख्न सकिन्छ भन्ने कुरा जान्न जरुरी हुन्छ ।

सम्मान दिनुहोस्
धेरै पुरुषको यो सोच हुँन्छ कि, समाज र छिमेकमा मात्र नभएर घरमा पनि श्रीमतीको सम्मान सहितको माया मिलोस् । यदि आफ्ना पुरुष साथीहरुलाइ सम्मान गर्नुभयो भने एकअर्कामा सम्मान बराबर हुन्छ । यसले सम्बन्धमा फाटो आउने वा नराम्रो हुने सम्भावना कम हुन्छ । यसकारण पनि आफ्नो पुरुष साथीको सम्मान गर्न सिक्नुहोस् । त्यसले घर परिवारमा खुसी ल्याउँछ ।

प्रसंसा गर्नुहोस्
भनिन्छ महिलाहरु बढी प्रसंसा गरेको मन पराउँछन् । तर, यो कुरा पुरुषमा पनि लागू हुन्छ । यदि तपाइको साथीले राम्रो काम गर्नुभयो भने प्रसंसा गर्न नभुल्नुहोस् । त्यसले तपाइहरुको सम्बन्धमा अझ मिठास थप्छ ।

हरेक ठाउँमा सँगै
तपाइ आफ्नो जीवनसाथीको साथमा हरेक ठाउँमा पुग्न सक्नुहुन्न । त्यहाँ व्यवहारिक र पारीवारीक समस्याहरु पनि आइदिन्छन् । तर, दिनभरीमा तपाइ कहि नै कतै सँगै गइदिने कोशिष गर्नुहोस् । जस्तै मर्निङवाक, साप्ताहिक विदामा कतै बाहिर वा विहे पार्टीमा पनि सँगै गइदिनुहोस् । जहाँ उनलाई अरुका अगाडि एक्लो भएको महसुस गर्न नपरोस् ।

उनको अगाडि राम्रो बन्नु
तपाइ धेरै राम्रो हुनुपर्ने वा हुन मोडल नै हुनुपर्छ भन्ने छैन् । तर, श्रीमानको अगाडि थोरै मेकअप गर्नुभयो भने त्यसले पनि सम्बन्ध्मा मिठास थप्छ । तपाइलाई घण्टौ पार्लरमा बस्न, मेकअप गर्न मन नपरेपनि आफ्नो साथीका लागि थोरै मेकअप गरिदिनु भयो भने उनलाई पनि राम्रो लाग्छ । भनिन्छ, राम्रो बनिदिँदा सोचेको भन्दा बढी माया पाइन्छ ।

झर्केर नबोल्नुहोस्
दिनभरी कतै गएर आएको वा अफिसमा काम गरेर थाकेर आएको श्रीमानसँग झर्किएर नबोल्नुहोस् । तपाइको मिठो बोलीको एक बचन पनि तपाइको श्रीमानको सबै थकाइ मेटाउने औषधि बन्न सक्छ । त्यसैले सधै मिठो बोली बचनले बोलिदिनुहोस् कि, उ तपाइबाट टाढा रहँदा पनि तपाइको मिठो र माया भरिएको बोली सुन्न आत्तियोस् ।

उत्साहित गर्नुहोस्
तपाइ उनको जीवसाथी हो । उनको हरेक सफलतामा तपाइको साथ र माया आवस्यक हुन्छ । यस्तो कुरामा सधै ख्याल गर्नुहोस् । पीडामा छन् भने हौसला र खुसीमा छन् भने सँगै हास्नुहोस् । तपाइले दिएको उत्साहले उनलाई जीवनमा अगाडि बढ्नका लागि अझ जाँगर बढ्नेछ ।

इच्छा मानिदिनुहोस्
यदि तपाइको पुरुष साथी कुनै राम्रो कुरामा निर्णय लिने कुरा तपाइलाई सुनाउँछन भने त्यसलाई ‘हुँदैन’ नभनिदिनुहोस् । उनको इच्छाको सम्मान गरिदिनुहोस् र भोली भोग्नु पर्ने परिणामका बारेमा पनि केही सम्झाउनुहोस् । पुरुष सधै चाहान्छन कि, तपाइ उनको इच्छाको सम्मान गरिदिनुहोस् ।

स्वतन्त्रा दिनुहोस्

आफ्नो पुरुष साथीका बारेमा हरेक पटक लेखा जोखा नराख्नुहोस् । पुरुष पनि यहि चाहान्छन् कि आफूलाई विस्वास गरिदिउन या बुझिदिउन् । यदि तपाइले हरेक समयको उनीसँग हिसाब माग्न थाल्नु भयो भने, उनी तपाइसँग झुट बोल्न पनि पछि पर्दैनन् । यस्तो हुँदै जाँदा भविष्यमा सम्बन्ध टुट्ने डर हुन्छ ।

भरोसा गर्नुहोस्
पुरुष चाहान्छन कि, उनको महिला साथी उनमा भरोसा राखुन् । जहाँ विस्वास हुँदैन त्यहाँ सम्बन्धमा फाटो आउनु स्वभाविक हो । यसकारण शंका गर्न छोडेर विस्वासले नै सम्बन्ध अगाडि बढाउने सोच्नुहोस् ।

 

वि.सं.२०७६ वैशाख ९ सोमवार १०:४३ मा प्रकाशित

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

काठमाडौँ । नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका...

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

विराटनगर । कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको...

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौँ । यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक...

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

काठमाडौं । योजना आयोगका सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरिएको छ ।...

दूरसंचार प्राधिकरणले दियो ३० कम्पनीलाई सातदिने अल्टिमेटम

दूरसंचार प्राधिकरणले दियो ३० कम्पनीलाई सातदिने अल्टिमेटम

काठमाडौं । दुरसंचार प्राधिकरणले दूरसंचार सेवा प्रदायक ३० कम्पनीलाई सातदिन...

कोप-२८ सकेर आज स्वदेश फर्किदै प्रधानमन्त्री ‘प्रचण्ड’

कोप-२८ सकेर आज स्वदेश फर्किदै प्रधानमन्त्री ‘प्रचण्ड’

  काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ...