back
CTIZAN AD

लगानी बृद्धि गरेर विज्ञान प्रविधिलाई उत्पादनसँग जोडौं, ‘प्रधानमन्त्री’

वि.सं.२०७३ कात्तिक २५ बिहीवार

1.1K 

shares

pm1२५, कार्तिक काठमाडौं   । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बृद्धि गरेर विज्ञान प्रविधिलाई उत्पादनसँग जोड्नुपर्ने बताउनु भएको छ ।
विश्व विज्ञान दिवसका सन्दर्भमा माओवादी केन्द्रसम्वद्ध नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनले काठमाडौंमा आयोजना गरेको नेपालमा वैज्ञानिक अन्वेषणः सम्भावना र चुनौति विषयक विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘विज्ञान प्रविधिको विकास आजको अनिवार्य आवश्यकता हो । विज्ञान र प्रविधिको विकासका क्षेत्रमा राज्यले लगानी बढाउनुपर्छ । हाम्रो बजेट अनुत्पादक र अन्धविश्वासका क्षेत्रमा खर्च भइरहेको छ, हामीले यसलाई बदल्नुपर्छ । लगानी बृद्धि गरेर विज्ञान र प्रविधिलाई उत्पादनसँग जोडौं । यसका लागि सरकारले प्रविधि र अन्वेषणको क्षेत्रमा उत्साहवद्र्धक लगानी गर्न तयार छ ।’
प्रधानमन्त्रीले विज्ञान प्रविधिलाई उपयोगभन्दा उत्पादनसँग जोड्नुपर्नेमा जोड दिँदै भन्नुभयो, ‘हाम्रो प्रविधिको पहुँच उपभोगमा सीमित हुनु हुँदैन । हाम्रो प्रविधिलाई उत्पादनसँग जोड्नुपर्छ । कृषि र पर्यटनको क्षेत्रमा प्रविधिको प्रयोगद्वारा हामीले समृद्धि हासिल गर्न सक्छौं । त्यसका लागि सबैले प्रविधिलाई उत्पादनसँग जोड्नेबारे सोचौं ।’ प्रधानमन्त्रीले राज्यले विज्ञान र अन्वेषणको क्षेत्रमा लगानी नगर्ने र विज्ञान मन्त्रालयको मन्त्रीले हिनताबोधको अनुभूति गरुञ्जेल विज्ञानको विकासले प्रगति हासिल गर्न नसक्ने बताउनु भयो ।
प्रधानमन्त्री दाहालले विगतमा विज्ञानको क्षेत्रमा बजेटको व्यवस्था नगरिएको सन्दर्भमा आफूले पूरक बजेट ल्याएर भए पनि यस क्षेत्रलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुुभयो ।
कार्यक्रममा सांसद रबिन्द्र अधिकारीले विज्ञान र प्रविधिले राजनीतिक सपनाहरुलाई सार्थकतामा बदल्ने बताउनुभयो ।

विचार गोष्ठीको प्रधानमन्त्रीले रोबर्टद्वारा उद्घाटन गर्नुभएको थियो भने डा. दिनेस भुजु लगायतका वैज्ञानिकहरुले प्रविधिको विकास र अवस्थाबारे अलग–अलग कार्यपत्र प्रस्तुत गरेका थिए ।

वि.सं.२०७३ कात्तिक २५ बिहीवार ११:२२ मा प्रकाशित

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

रातभर हराएकी दुई वर्षीया बालिकाको सकुशल उद्धार

बारा । जिल्ला बारा, कलैया उपमहानगरपालिका –०१ कटि पर्सा टोलबाट...

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

माइक्रोबसको ठक्करबाट आमा–छोरीको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८, एकान्तमा माइक्रोबसको ठक्करबाट...

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

पहिरोका कारण यी सडकहरु छन् अवरुद्ध

काठमाडौँ । वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका...

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

गरिमा चौधरीका अभिभावक र सरकारबीच तीनबुँदे प्रतिबद्धता

काठमाडौ ।  बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया...

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

  झापा । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु...

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

गरिमाका अभिभावकसँग तीनबुँदे प्रतिबद्धता, गरिमाको सालिक निर्माण गरिने

काठमाडौंँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया...