Logo
१६ चैत्र २०७९, बिहीबार
     Thu Mar 30 2023
E-paper
  English Edition
   Unicode
Logo

जिसिसी सुपर डान्सर प्रतियोगिताको टप टेनमा नेपालकी दिया



diyaनारायण भुर्तेल, युएई ।  भारतीय टेलिभिजन सोनी च्यानलले दुबईमा आयोजना गरेको जिसिसी सुपर डान्सर प्रतियोगितामा भाग लिएकी नेपालकी बालिका दिया कुवर टप टेनमा पर्न सफल भएकी छन ।

भक्तपुर दुवाकोट घर भएकी ११ बर्षीय बालिका दियाले नौ सय भारतिय प्रतिस्पर्धिहरुलाई पछि पार्दै टप टेनमा पर्न सफल भएकी हुन्।

युएईमै अध्यनरत दिया बाबा दिपक कुवर र आमा पूजा कुवर संगै बिगत ४ बर्षदेखी युएईमा बस्दै आएकी छन ।

सानै देखी डान्स गर्न मन पराउने दिया युएईमा हुने नेपाली सासंकृतिक कार्यक्रमहरुमा आफ्नो नृत्य कला प्रस्तुत गर्ने गर्छिन ।

उनलाई जिताउन युएईमा रहेका नेपालीहरुले एसडि स्पेस १९  (SD ~ 19 send SMS 4359) लेखी ४३५९ मा एसएमएस पठाउन दियाका बुबा दिपक कुवरले सबै नेपालीहरुमा आग्रह गरेका छन ।

सयौ भारतिय प्रतियोगिहरु मध्ये नेपालबाट भाग लिने दिया एक मात्र नेपाली हुन दिपकले नागरीक संग भने त्यसैले सबैले भोट गरिदिनु हुन आग्रह गर्दछु ।

 प्रतियोगिताको फाईनल आगामी नोभेम्बर १८ गते युएईमा हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सत्ता साझेदार दलहरूले मन्त्रालयको संख्यासँगै नाम पनि टुंग्याएका छन् । प्रधानमन्त्री पुष्पकमल

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामले बक्यौता रकम दाखिलाका लागि अटेर गर्ने करदाताको नाम