back
CTIZAN AD

नेपाली तथा विदेशी नागरिकको एटिएमबाट पैसा निकाल्ने २ टर्कीस नागरिक पक्राउ

वि.सं.२०७३ कात्तिक २५ बिहीवार

996 

shares

hatkadi२५ कात्तिक, काठमाडौं । काठमाडौंका विभिन्न बैंकका एटिएमबाट नेपाली तथा विदेशी ग्राहकको खाताबाट रकम निकाल्ने २ टर्किस नागरिक पक्राउ परेका छन् ।
उनीहरुलाई बैंकको प्राविधिक सहयोगमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोले विहिबार कान्तिपथ स्थित एलो प्यागोडा होटलबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार राहदानी नम्बर यु १२८७७१८० को पासपोर्ट बोकेका ५२ बर्षीय मुहरिम उजुन र राहदानी नम्बर यु १२६७४५८८ ३२ बर्षीय सेलाहत्तिन याबर नामका टर्कीस नागरिकहरु पक्राउ परेका हुन् ।
उनीहरुबाट विभिन्न दरका नेपाली रुपैंया २६ लाख ७५ हजार, युरो १ हजार ७ सय, अमेरिकी डलर १ हजार ६ सय ६०, विभिन्न एटीएम कार्डहरु १ सय १३ थान, मोबाइल फोन २ थान, कार्डका पिन लेखिएको कागज ८ पाना र स्वीस घडी १ थान बरामद भएको छ ।
पर्यटन भिसामा नेपाल आएका उनीहरुले कान्तिपथस्थित नबील बैंकको एटीएम बुथबाट रकम निकालेको देखिएको छ ।
हालसम्म विदेशी नागरिक विरुद्ध गरिएको कारवाहीमा ४ रोमानियन, ३ टर्कीस र २ बुल्गेरियन गरी ९ जना पूर्वी युरोपेली नागरिकहरु पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

वि.सं.२०७३ कात्तिक २५ बिहीवार १२:२७ मा प्रकाशित

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई...