back

ओली मस्तिमा, प्रचण्ड सास्तिमा यी हुन्, पोलिटव्युरोको संभाव्य नाम

वि.सं.२०७६ वैशाख १२ बिहीवार

30 

shares

१२ बैशाख, काठमाडौं । ११ महिना अगाडि एकता गरेर नेकपा घोषणा गरेका तत्कालिन एमाले र माओवादी केन्द्रले आ–आफ्ना पूर्व समूहबाट १४७ जना पोलिटव्युरो छान्न अझै सकेका छैनन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक नेताका अनुसार पूर्वएमालेबाट ८१ र पूर्वमाओवादीका ६६ जना निश्चित गरी पोलिटव्युरो घोषणा गर्ने काममा अझै सहमति जुटेको छैन । तर नेकपाका नेता देवेन्द्र पौडेलले पार्टीभित्र होमवर्क भइरहेको र एकहप्ताभित्रै पोलिटव्युरो गठन हुने संसारन्युजलाई बताए ।

सो पार्टी निकट एक अर्को सुत्रका अनुसार पूर्वएमालेबाट भन्दा पूर्व माओवादीबाट पोलिटव्यूरो प्रकरण बढि पेचिलो हुने भएको छ । ७७ जिल्लाका अध्यक्ष र सचिवका विषयमा ओली–माधव स्वार्थका कारण पूर्व एमाले पक्षलाई निकै धौ–धौ परे भन्दा पनि बढि समस्या पोलिटव्युरो गठनमा पूर्वमाओवादीलाई पैदा भएको छ ।

पूर्वमाओवादीले ६६ जनाको लागि पूर्वसचिवालयमा रहेका ९९ जनाबाट छनौट गर्नुपर्नेछ भने त्यसबाहेकका केही नयाँ अनुहार नेतृत्वको रुचीका आधारमा नल्याई नहुने स्थितिमा रहेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र राम बहादुर थापा ‘वादल’ सँगै स्थायी कमिटी सदस्यहरु अमिक शेरचन, अग्नि प्रसाद सापकोटा, गणेश साह, गिरीराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, टोप बहादुर रायमाझी, देव प्रसाद गुरुङ, देवेन्द्र पौडेल, पंफा भुसाल, वर्षमान पुन, मणि थापा, मातृका यादव, लीलामणि पोखरेल, लेखराज भट्ट, शक्ति बहादुर बस्नेत, हरिवोल गजुरेल, राम कार्की, हितमान शाक्य, नारायण शर्मा, जयपुरी घर्ती, दीनानाथ शर्मा, श्रीराम ढकाल,हितराज पाण्डे, प्रभु साह, नारायण प्रसाद दाहाल, झक्कु प्रसाद सुवेदी, हित बहादुर तामाङ, हरि अधिकारी, शसी श्रेष्ठ, डि आर पौडेल, खिमलाल देवकोटा, पुष्प विक्रम मल्ल, कृष्णध्वज खड्का, रेखा शर्मा, यसोदा सुवेदी,अमृता थापा, महेश्वर दाहाल, सुर्य सुवेदी ‘पथिक’, ओनसरी घर्ति, डिलाराम आचर्य, उर्मिला अर्याल, तिलक परीयार, कुल प्रसाद केसी, लेखनाथ न्यौपाने, विश्वनाथ शाह, रामचन्द्र झा, टंक राई, सुनिल मानन्धर, जोख बहादुर महरा, पासाङ शेर्पा, सन्तु दराई, गणेशमान पुन, जगप्रसाद शर्मा, पुर्ण कुमारी सुवेदी, खगराज भट्ट, बलावती शर्मा, अंजना विशंखे, टेक बहादुर बस्नेतुस्स, गंगा कार्की, राजु खड्का, महेश्वर गहतराज, हरि बहादुर चुमान, युवराज चौलागाईँ, शुरेस आले मगर र माया प्रसाद शर्मा, मध्येबाट ६६ पोलिटव्युरो सदस्य छानिने संभावना देखिएको छ । पूर्वमाओवादीबाट सभामुख कृष्ण बहादुर महरा र उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ को मात्र सिट खाली भएको तथा वादल, नारायणकाजी र देवेन्द्र पौडेल लगायतको उपगुटलाई व्यवस्थापन गर्नु परेकोले ओलीलाई भन्दा प्रचण्डलाई सास्ति भएको टिप्पणी गरिदैंछ ।

को–को पर्दैछन त पूर्व एमालेबाट ?

सुत्रका अनुसार पूर्व एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, महासचिव विष्णु पौडेल, बामदेव गौतम र ईश्वर पोख्रेल समेतका ६ जना सचिवालय समेतका गरी पुर्व एमालेले ८१ संख्या निर्णय गर्दैछ । पूर्व पोलिटव्युरो सदस्यमध्ये राष्ट्रिसभा अध्यक्ष गणेश तिमिल्सीना, महान्यायधिवक्ता अग्नि खरेल, ३ नं प्रदेश सभामुख सानु कुमार श्रेष्ठ, र जेलमा रहेका योग नारायण यादव सहित ४ सिट बाहेक ६१ जना साविक पोलिटव्युरो राख्ने र २० जना थप्ने मौका पुर्व एमाले समूहले पाएको छ । नेकपा अन्तर्गतको पूर्व एमाले सुत्रका अनुसार ६ जना सचिवालय सहित भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, प्रदिप ज्ञवाली, गोकर्ण विष्ट, किरण गुरुङ, छविलाल विश्वकर्मा, पृथ्वी सुव्वा गुरुङ,भीम आचार्य, मुकुन्द न्यौपोन, योगेश भट्टराई, रघुजी पंत, रघुविर महासेठ, विष्णु रीमाल, बेदुराम भेसाल, सत्यनारायण मंडल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, सुवास नेम्वाङ, अमृत बोहरा, केशव बडाल, पुष्पराज कंडेल, सोमनाथ अधिकारी ‘प्यासी’, काशिनाथ अधिकारी, थम माया थापा, गंगालाल तुलाधर, प्रदीप नेपाल, पर्शुमेघी गुरुङ, प्रकाश ज्वाला, नागेन्द्र चौधरी, अरुण नेपाल, लालबाबु पण्डित, शेरधन राईर्,, शत्रुधन महतो, बल बहादुर राना, युवराज कार्की, भागवत विश्वास, डा. वंशिधर मिश्र, डा. विजय पौडेल, गोकुल घर्ती, गोरख बोगटी, जगत विश्वकर्मा, तुल बहादुर गुरुङ, दल बहादुर राना, राजेन्द्र पाण्डे, महेन्द्र पाण्डे, कर्ण थापा, गौरा कोईराला, श्रीमाया थकाली, रामप्रित पासवान, पशुपति चौलागाईँ, डा. विन्दा पाण्डे, भानुभक्त ढकाल लगायत पूर्व पोलिटव्युरो स्वत ः पर्नेछन् भने २० जना थपिनेछन् ।

को को थपिएलान त २० जना ?

नेकपाको पूर्व एमाले सुत्रका अनुसार घनेन्द्र बस्नेत, टंक कार्की, गोमा देवकोटा, कृष्ण गोपाल श्रेष्ठ, राजेन्द्र राई, शेर बहादुर तामाङ, केदार न्यौपाने, विजय गुरुङ, श्री प्रसाद शाह, ज्ञान बहादुर भुजेल, आर के मैनाली, बैजनाथ चौधरी, जगन्नाथ खतिवडा, ठाकुर गैरें, विजय सुब्बा, पद्मा अर्याल, देवराज घिमीरे लगायतका नेता पोलिटव्युरोमा थपिनेछन् । कूल १४७ सदस्यीय पोलिटव्यूरोमा पूर्व माओवादीको ९९ सचिवालयबाट घटाएर ६६ मिलाउँनु पर्दा प्रचण्डलाई निकै सास्ति परेको र केपीओ लीलाई भने नयाँ मान्छेहरु थप्दा मस्ति भएको विश्लेषण गरिएका छन् ।

वि.सं.२०७६ वैशाख १२ बिहीवार १४:२७ मा प्रकाशित

केयूले ल्याएको हाइड्रोजन कार

केयूले ल्याएको हाइड्रोजन कार

काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको...

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

पेरिस सम्झौता कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन : प्रधानमन्त्री ‘प्रचण्ड’

युएई (दुबइ) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेरिस सम्झौता कार्यान्वयन...

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने...

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप...

राष्ट्रियसभा निर्वाचन कार्यतालिका, माघ ११ गते निर्वाचन

राष्ट्रियसभा निर्वाचन कार्यतालिका, माघ ११ गते निर्वाचन

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी माघ ११ गते हुने...

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

खाँण र रायमाझी थुनामै, अदालतले गर्यो यस्तो निर्णय

काठमाडौँ । उच्च अदालत पाटनले पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी...