back
CTIZAN AD

४० विद्यार्थीलाई छात्रवृत्ति

वि.सं.२०७६ वैशाख १२ बिहीवार

636 

shares

१२ वैशाख, भरतपुर । नवलपुरको गैँडाकोटमा मुख्य कार्यालय रहेको बिकू बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले ४० विद्यार्थीलाई दीर्घकालीन छात्रवृत्ति प्रदान गरेको छ । बुधबार एक कार्यक्रममार्फत बिकूले २५ सामुदायिक विद्यालयका ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठ र मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर रानाले संयुक्तरूपमा छात्रवृत्तिको रकम र शैक्षिक सामग्री वितरण गरे । घरको आर्थिक अवस्था कमजोर भएका र जेहेनदार विद्यार्थीलाई कक्षा १ देखि १० सम्म पूर्ण छात्रवृत्ति प्रदान गरिएको बिकू बचत तथा ऋण सहकारी संस्थाका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिए । कक्षा १ मा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले कुनै पनि कक्षामा अनुत्र्तिण नभए कक्षा १० सम्म निरन्तर छात्रवृत्ति प्राप्त गर्ने उनले बताए । २५ विद्यार्र्थीबाट छात्रवृत्ति प्रदान गर्न शुरु गरेको बिकूले अहिले ४० लाई पूर्ण छात्रवृत्ति प्रदान गरेको पौडेलले जानकारी दिए ।

छात्रवृत्ति प्राप्त गर्ने कक्षा १ देखि ४ सम्मका ११, कक्षा ५ देखि ७ सम्मका १९ र कक्षा ८ देखि १० सम्मका १० विद्यार्थी छन् । छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि संस्थालाई वार्षिक रु १० लाख खर्च हुने पौडेलले बताए । बिकूले विसं २०६६ देखि दीर्घकालीन छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

विसं २०४८ भदौ ५ गतेबाट २६ सदस्यले दैनिक ५० पैसा जम्मा गरेर स्थापना गरिएको संस्थाको हाल ५५ हजार शेयर सदस्य छन् । चार अर्ब पूँजी सङ्कलन गरेको बिकूका १२ सेवा केन्द्र छन् । संस्थामा ११० व्यवस्थापन तहका कर्मचारी र १५ सञ्चालक समिति सदस्य छन् । बिकूले पाँच वर्ष अन्तर्राष्ट्रिय सम्मानसमेत प्राप्त गरिसकेको छ ।

यस्तै विकू बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले आजैदेखि नगदरहित भुक्तानी सेवाको शुभारम्भ गरेको छ । यो सेवा शुभारम्भ गर्ने विकू नेपालकै पहिलो सहकारी संस्था हो । नगदरहित भुक्तानी सेवा शुरुमा तीन पसलबाट सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ । एटिएम पनि सहकारी संस्थामा नेपालमै पहिलोपटक विकूले सञ्चालनमा ल्याएको थियो ।

वि.सं.२०७६ वैशाख १२ बिहीवार १४:१८ मा प्रकाशित

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...