back

४० विद्यार्थीलाई छात्रवृत्ति

वि.सं.२०७६ वैशाख १२ बिहीवार

24 

shares

१२ वैशाख, भरतपुर । नवलपुरको गैँडाकोटमा मुख्य कार्यालय रहेको बिकू बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले ४० विद्यार्थीलाई दीर्घकालीन छात्रवृत्ति प्रदान गरेको छ । बुधबार एक कार्यक्रममार्फत बिकूले २५ सामुदायिक विद्यालयका ४० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठ र मध्यविन्दु नगरपालिकाका प्रमुख चन्द्रबहादुर रानाले संयुक्तरूपमा छात्रवृत्तिको रकम र शैक्षिक सामग्री वितरण गरे । घरको आर्थिक अवस्था कमजोर भएका र जेहेनदार विद्यार्थीलाई कक्षा १ देखि १० सम्म पूर्ण छात्रवृत्ति प्रदान गरिएको बिकू बचत तथा ऋण सहकारी संस्थाका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिए । कक्षा १ मा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीले कुनै पनि कक्षामा अनुत्र्तिण नभए कक्षा १० सम्म निरन्तर छात्रवृत्ति प्राप्त गर्ने उनले बताए । २५ विद्यार्र्थीबाट छात्रवृत्ति प्रदान गर्न शुरु गरेको बिकूले अहिले ४० लाई पूर्ण छात्रवृत्ति प्रदान गरेको पौडेलले जानकारी दिए ।

छात्रवृत्ति प्राप्त गर्ने कक्षा १ देखि ४ सम्मका ११, कक्षा ५ देखि ७ सम्मका १९ र कक्षा ८ देखि १० सम्मका १० विद्यार्थी छन् । छात्रवृत्ति कार्यक्रम सञ्चालनका लागि संस्थालाई वार्षिक रु १० लाख खर्च हुने पौडेलले बताए । बिकूले विसं २०६६ देखि दीर्घकालीन छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

विसं २०४८ भदौ ५ गतेबाट २६ सदस्यले दैनिक ५० पैसा जम्मा गरेर स्थापना गरिएको संस्थाको हाल ५५ हजार शेयर सदस्य छन् । चार अर्ब पूँजी सङ्कलन गरेको बिकूका १२ सेवा केन्द्र छन् । संस्थामा ११० व्यवस्थापन तहका कर्मचारी र १५ सञ्चालक समिति सदस्य छन् । बिकूले पाँच वर्ष अन्तर्राष्ट्रिय सम्मानसमेत प्राप्त गरिसकेको छ ।

यस्तै विकू बचत तथा क्रृण सहकारी संस्था लिमिटेडले आजैदेखि नगदरहित भुक्तानी सेवाको शुभारम्भ गरेको छ । यो सेवा शुभारम्भ गर्ने विकू नेपालकै पहिलो सहकारी संस्था हो । नगदरहित भुक्तानी सेवा शुरुमा तीन पसलबाट सञ्चालनमा ल्याइएको संस्थाले जनाएको छ । एटिएम पनि सहकारी संस्थामा नेपालमै पहिलोपटक विकूले सञ्चालनमा ल्याएको थियो ।

वि.सं.२०७६ वैशाख १२ बिहीवार १४:१८ मा प्रकाशित

केयूले ल्याएको हाइड्रोजन कार

केयूले ल्याएको हाइड्रोजन कार

काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको...

गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्छ : मन्त्री शर्मा

गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्छ : मन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको सबैभन्दा...

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने...

हिमालय एयरलाइन्सको काठमाडौँ-साङ्घाई उडान सुरु

हिमालय एयरलाइन्सको काठमाडौँ-साङ्घाई उडान सुरु

काठमाडौँ । हिमालय एयरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान सुरु...

बसको ठक्करबाट दुई जनाको मृत्यु

बसको ठक्करबाट दुई जनाको मृत्यु

लुम्बिनी । रूपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान...

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप...