back
CTIZAN AD

श्रीलङ्कामा पुनः बम बिस्फोट, मृत्यु हुनेको संख्या ३६० पुग्यो

वि.सं.२०७६ वैशाख १२ बिहीवार

621 

shares

१२ बैशाख, कोलम्बो । श्रीलङ्काको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनः बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीबार भएको यस बम आक्रमणबाट कुनै मानवीय हताहतको खबर प्राप्त नभएको पनि प्रहरीले बताएको छ ।

गत आइतबार तीन वटा पाँचतारे होटल र तीन वटा गिर्जाघर चर्चमा भएका शृङ्खलाबद्ध बम बिस्फोटमा मृत्यु हुनेको संख्या बिहीबार मध्यान्हसम्म ३६० जना पुगेको छ ।

मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानीसमेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ । बिस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् । उपचार गराइरहेका घाइतेमध्ये अझै केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएका छन् ।

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च, नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्च र बाट्टिकोलोवास्थित चर्चमा बिस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटलहरु साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि बिस्फोट भएका थिए ।

बिस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ तर सरकारले श्रीलङ्कामै सामान्य सक्रिय समूह नेसनल थोहित जमाथको संलग्नताको आशङ्का गरेको छ । यो समूहलाई अन्तरराष्ट्रिय आतङ्कवादी समूहले मद्दत गरेको हुनसक्ने श्रीलङ्का सरकारको अनुमान छ ।

बिस्फोटमा संलग्न अधिकांश व्यक्तिको पहिचान खुलेको र उनीहरु सबै श्रीलङ्काली रहेको पाइएको छ ।

वि.सं.२०७६ वैशाख १२ बिहीवार १३:३८ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...