back

श्रीलङ्कामा पुनः बम बिस्फोट, मृत्यु हुनेको संख्या ३६० पुग्यो

वि.सं.२०७६ वैशाख १२ बिहीवार

21 

shares

१२ बैशाख, कोलम्बो । श्रीलङ्काको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनः बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीबार भएको यस बम आक्रमणबाट कुनै मानवीय हताहतको खबर प्राप्त नभएको पनि प्रहरीले बताएको छ ।

गत आइतबार तीन वटा पाँचतारे होटल र तीन वटा गिर्जाघर चर्चमा भएका शृङ्खलाबद्ध बम बिस्फोटमा मृत्यु हुनेको संख्या बिहीबार मध्यान्हसम्म ३६० जना पुगेको छ ।

मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानीसमेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ । बिस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् । उपचार गराइरहेका घाइतेमध्ये अझै केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएका छन् ।

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च, नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्च र बाट्टिकोलोवास्थित चर्चमा बिस्फोट गराइएका थिए । यस्तै राजधानीका पाँचतारे होटलहरु साङ्ग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि बिस्फोट भएका थिए ।

बिस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ तर सरकारले श्रीलङ्कामै सामान्य सक्रिय समूह नेसनल थोहित जमाथको संलग्नताको आशङ्का गरेको छ । यो समूहलाई अन्तरराष्ट्रिय आतङ्कवादी समूहले मद्दत गरेको हुनसक्ने श्रीलङ्का सरकारको अनुमान छ ।

बिस्फोटमा संलग्न अधिकांश व्यक्तिको पहिचान खुलेको र उनीहरु सबै श्रीलङ्काली रहेको पाइएको छ ।

वि.सं.२०७६ वैशाख १२ बिहीवार १३:३८ मा प्रकाशित

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

‘नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिषा अनिवार्य’

काठमाडौँ । नेपाल हेर्ने इन्डोनेशियाको ढाकास्थित दुतावासले नेपालबाट इन्डोनेशिया प्रवेश...

गाजाबाट थप १२ बन्धक रिहा

गाजाबाट थप १२ बन्धक रिहा

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र) । प्यालेस्टिनी बन्दीहरूको बदलामा थप बन्धक...

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजामा युद्धविराम मध्यस्थता प्रयास जारी

गाजा,जेरुसेलम । विद्यमान इजराइल–हमास मानवीय युद्धविरामलाई अगाडि बढाउन मध्यस्थता प्रयासलाई...

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

बङ्गलादेशमा ‘हिंसात्मक’ कारवाहीमा हजारौँ मानिस पक्राउ

ढाका । बङ्गलादेश सरकारले आम निर्वाचनअघि ‘प्रतिस्पर्धा हटाउन’ का लागि...

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

विश्व बैंकद्वारा कम्बोडियाका लागि १६ करोड ३० लाख डलर सहयोग स्वीकृत

नोम पेन्ह । विश्व बैंकले कम्बोडियाका चार प्रान्तमा पानी आपूर्ति...

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

इजराइल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ

जेरुसेलम । इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ...