
१२ बैशाख, काठमाडौं । सिराहा र उदयपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
सिराहा, गोलबजार नगरपालिका–४ स्थित माउण्टेन एभरेष्ट बोर्डिङ स्कुलको से.१ ख ७५७ नम्बरको बसले बुधबार दिउसो ठक्कर दिँदा गम्भीर घाइते भएका सोही स्कुलका गार्ड सुखिपुर नगरपालिका–४ बस्ने ६० वर्षीय बुनिया यादवको उपचारको लागि राउ स्मारक अस्पताल लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उदयपुर, त्रियुगा नगरपालिका–७ कोल्टेस्थित स.१ त ४९९९ नम्बरको ट्याक्टर खेत जोत्ने क्रममा पल्टिएर बुधबार राति दुर्घटना हुँदा सोही ट्याक्टरले किच्दा चालक उदयपुरगढी गाउँपालिका–७ बस्ने ३० वर्षीय ठाकुरबुर्जा मगरको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार एवम् आवश्यक अनुसन्धान गरिरहेको छ ।
वि.सं.२०७६ वैशाख १२ बिहीवार १५:०७ मा प्रकाशित






























