
नेपाल ट्रेड युनियन महासंघ सर्पोट ग्रुप बहराइनले बहराइनमा अलपत्र मजदुरलाई खानपिन सहयोग तथा हस्तान्तरण गरेको छ ।
बिगत चार पाँच महिनादेखि बहराइनको मोरग आस्कोन कम्पनीले काम पनि नदिएको र तलब पनि नदिएको अवस्थामा विचल्ली परेकाहरुलाई सर्पोट ग्रुपले खानपिनको व्यवस्था गरेको बताइएको छ ।
कम्पनीले घर फर्कनका लागि टिकट समेत नदिएर विचल्ली परेका उनीहरुलाई नेपाल ट्रेड युनियन महासंघ सर्पोट ग्रुप बहराइनका अध्यक्ष युबराज के सि, सचिव राजु पहारीको नेतृत्वमा खानपिनको ब्यावस्था गरिएको बताइएको छ ।
ग्रुपले बहराइनको आस्कोन कम्पनीमा नेपालदेखि कुनै पनि नेपालीलाई नआउन र कुनै पनि मेनपावरले सो कम्पनीमा नपठाउन नेपाल ट्रेड युनियन महासंघ सर्पोट ग्रुपले अनुरोध गरेको छ ।
वि.सं.२०७६ वैशाख १२ बिहीवार १५:५२ मा प्रकाशित