
नेपाली कांग्रेस विदेश स्थित भातृ संस्था नेपाली जनसम्पर्क समिति (नेजस) बेल्जियमको विवाद झनै चर्किएको छ । कांग्रेसका महामन्त्री डा शशांक कोइरालाको परिपत्र पछि नेजसभित्रको विवाद झनै चर्को रुपमा बाहिर आएको हो ।
नेता डा कोइरालाले नेजस सभापति सीता सापकोटाको नाममा गरिएको पत्राचार समस्या समाधान भन्दा पनि उन्मुख गराउने खालको देखिएको छ । उनले पत्रमै यसअघि आन्तरिक असमझदारीको अन्त्य गरी अधिवेशनको वातावरण बनाउन आमन्त्रि केन्द्रीय सदस्य किरणराज शर्मा पौडेललाई दिइएकोमा उनले जिम्मेवारी बहन गर्नुको सट्टा संगठन भित्र झनै असझदारी पैदा हुन गएको र संगठनमा नोक्सान पुग्ने किसीमको काम गरेको भन्दै सीता सापकोटालाई अधिवेशन सम्पन्न गराउन निर्देशन दिएको छन् ।
नेता डा कोइरालाको पत्राचारसँगै एकपक्षले उक्त पत्रको स्वागत गरेका छन् भने अर्को पक्षले गम्भिर आरोप लगाएका छन् । समितिका कार्यवाहक सभापति देवेन्द्र शर्मा पौडेल तथा महामन्त्री दिनेशप्रसाद भण्डारीले प्रेस विज्ञप्ती जारी गरी सभापतिले विवाद मिलाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै स्वागत गरेका छन् भने अर्को पक्षले भने नेता कोइरालामा मानवीयतासमेत नभएको भन्दै गम्भिर आरोप लगाएका छन् ।
नेपाली जनसम्पर्क समिति युरोपका महामन्त्रीसमेत रहेका गंगाधर गौतमले पार्टीका पार्टीका पूर्व कोषाध्यक्ष तथा पूर्व मन्त्री रामकृष्ण ताम्राकारको निधनमा पार्टी शोकमा रहेको बेला नेता कोइरालाले बन्द केन्द्रीय कार्यालयको व्यक्तिगत रुपमा गलत प्रयोग गरेको आरोप लगाएका हुन् । उनले भनेका छन् “नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको हिजो आकस्मिक बैठक बस्यो देशभर आयोजित जागरण अभियानको कार्यक्रमको तालिका परिबर्तन भयो । पार्टीका पुर्ब पार्टी केन्द्रिय सभापति कोषाध्यक्ष तथा पुर्ब मन्त्री रामकृष्ण ताम्राकारको असामयिक निधनमा पार्टी शोकमा प¥र्याे हिजो आज र भोलि केन्द्रिय कार्यालय र सम्पुर्ण कामकाज पार्टीको तर्फबाट बन्द छ । देशभर हिजो आयोजना गरिएका कार्यक्रम शोक सभामा परिणत गर्दै सबै नेताहरू जिल्लाबाट काठमाडौ फर्किने क्रम जारी छ तर पार्टीको महामन्त्री डा शशांक कोइरालालाई मानबिय समबेदनाले समेत छुन सकेन हिजै स्वर्गीय नेताको दाहसंस्कार नसकिदै बन्द केन्द्रीय कार्यालयको प्रयोग गरि ब्याक्तीगत रुपमा पत्र लेख्ने अभ्यास को सुरुवात गर्नु भएको देखियो । कम्तीमा धार्मिक दृस्टीकोणले पनि हिजैको दिनमा आफूलाई महान हिन्दुबादी नेता देखिन चाहने आदरणीय नेताबाट यस्तो काम गरेर आफू पुरै बिबादित हुने र सिङ्गो जनसम्पर्क समितिमा अन्योलता निम्त्याउने कार्य नगर्नु भएको भए हुने थियो आखिर बरिस्ठ नेता रामचन्द्र पौडेलको युरोप भ्रमणले सृजना गरेको बिबादमा डा. साब पनि मुछिनु भो ।’
कार्यवाहक सभापति पौडेल तथा महामन्त्री भण्डारीद्वारा जारी वक्तव्यमा केन्द्रीय कार्यालयको पत्रपछि सबै समानान्तर गतिविधिहरू र त्यसबाट नीःसृत सबै कार्वाहीहरू स्वतः अन्त्य भैसकेको हुँदा सबै पदाधिकारी, सल्लाहकार र कार्यकारणी सदस्यहरूलाई यथास्थनमा पदस्थापन गरिएको उल्लेख छ । समितिका सभापति नेपाल यात्रामा रहेकाले उनी बेल्जियम फिता हुनासाथ बृहद बैठकको आयोजना गरि सबैको सहभागिता, सहमति, सहकार्य र एकताका साथ आसन्न पाँचौ महाधिवेशन गर्ने बताइएको छ ।
युरोपमा १८ वटा जनसम्पर्क समिति रहेको छ तर यति बेला बेल्जियममा मात्र नभएर युरोपका अन्य जनसम्पर्क समितिमा पनि गुटगत विवाद रहेको छ । बरिस्ठ नेता रामचन्द्र पौडेल र उपसभापति बिमलेन्द्र निधिको युरोप भ्रमण पछि विवाद झनै गुटगत रुपमा आरोपप्रत्यारोप बढीरहेको छ ।
का.बा सभापती देबेन्द्र शर्मा पौडेल (देबु) रमहामन्त्रीदिनेश प्रसाद भण्डारीद्वारा जारी प्रेस विज्ञप्ति यस्तो छः
प्रेस विज्ञप्ति
नेपाली जनसम्पर्क समिति बेल्जियममा आवध्द सम्पूर्ण साथीहरू,
नेपाली जनसम्पर्क समिति बेल्जियमको गत मार्च ३ तारिखका लागि निर्धारित पाँचौँ महाधिवेशन नेपाली काँग्रेस केन्द्रिय कार्यालयको च.नँ. १५० को परिपत्र मार्फत स्थगित भएको तथ्य सर्वविदितै छ । मार्च ३ तारिख देखि आज पर्यन्त यस सँगठनले विविध खाले उतार-चढावहरूको सामना गर्नु परेको यथार्थ बारे हामीले यथासमयमा जानकारी गराइ नै रहेका छौँ । यसै क्रममा केन्द्रिय प्रतिनीधिले केन्द्रमा बुझाएको प्रतिवेदन नेपाली काँग्रेसको विधान विपरित रहेको र त्यसै कारण केन्द्रिय कार्यालयबाट प्रेषित च.नँ. २३२,मिति २३ अप्रिल २०१९ को परिपत्र स्वतः बदरभागी रहेकोले नेपाली जनसम्पर्क समिति बेल्जियमको चौथो महाधिवेशनबाट निर्वाचित कार्यसमितिले आसन्न पाँचौँ महाधिवेशन पूर्ववत पुनः सुचारू गर्नु भनि आज प्राप्त केन्द्रिय कार्यालयको च.नँ.२३३,मिति २४ अप्रिल २०१९ को निर्देशनात्मक परिपत्र अनुसार सबै प्रकृयाहरू सुचारू भएको व्यहोरा जानकारी गराउँदछौँ ।
केन्द्रिय कार्यालयबाट यस समितिलाइ प्राप्त च.नँ. १५० को परिपत्र अनुसार सबै समानान्तर गतिविधिहरू र त्यसबाट नीःसृत सबै कार्वाहीहरू स्वतः अन्त्य भैसकेको यस समितिको पूर्वप्रकाशित बक्तब्यबाट नै प्रष्ट पारि सकिएकोले सबै पदाधिकारी,सल्लाहकार र कारयकारणी सदस्यहरूलाइ यथास्थनमा पदस्थापन गरिएको व्यहोरा पुनः स्मरण गराउन चाहान्छौँ । यस समितिका सभापति नेपाल यात्रामा रहनुभएकोले उहाँ बेल्जियम फिर्ता हुनासाथ बृहद बैठकको आयोजना गरि सबैको सहभागिता, सहमति, सहकार्य र एकताका साथ आसन्न पाँचौ महाधिवेशन भब्य एवम् सभ्य रूपमा सम्पन्न गरिने कुरामा सबैलाइ आस्वस्त पार्न चाहान्छौँ ।
संस्थालाई संस्थाको बिधि, बिधान,मर्मको बाटोमा दोर्याउनको लागि यस संस्थाकि सभापती श्रीमती सिता सापकोटाको प्रयास प्रति केन्द्रिय महामन्त्रि ज्यु, नेतागणहरु साथै केन्द्रिय कार्यालयले गरेको निर्णय प्रति आभार ब्यक्त गर्दै धन्यबाद दिन चाहान्छौ।
जयनेपाल ।
दिनेश प्रसाद भण्डारी
(महामन्त्री)
देबेन्द्र शर्मा पौडेल (देबु)
(का.बा. सभापती)
जन संम्पर्क समिती बेल्जियम
यहि पत्र हो जसले विवादलाई झनै बढाइदिएको छ :
वि.सं.२०७६ वैशाख १२ बिहीवार १६:२४ मा प्रकाशित