back
CTIZAN AD

पर्वत अस्पतालमा एक महिनादेखि औषधिको अभाव  भएपछि विरामी मारमा

वि.सं.२०७३ कात्तिक २६ शुक्रवार

969 

shares

 parbat-hospital

२६ कात्तिक, फलेवास, पर्वत । जिल्ला अस्पताल पर्वतमा औषधि अभाव भएको छ । सरकारले सर्वसाधारण नागरिकलाई निःशुल्क वितरण गर्ने औषधि पर्वतमा अभाव भएको हो ।

पर्वतमा ज्वरो आउँदा खाने सिटामोल, गर्भवती महिलाले प्रयोग गर्ने आइरन चक्की, मेट्रोजस्ता अति आवश्यक औषधिसमेत अभाव भएको जिल्ला अस्पताल पर्वतले जनाएको छ । जिल्ला अस्पतालमा हाल १७ किसिमका औषधि अस्पतालमा नरहेको जानकारी अस्पतालले दिएको छ ।

अस्पतालका अनुसार भएका औषधिसमेत पर्याप्त रहेका छैनन् । सरकारले नागरिकलाई ७० किसिमका औषधि निःशुल्क वितरण गर्ने जनाएपनि जिल्ला अस्पताल पर्वतले प्राथमिक स्वास्थ्य केन्द्रमार्फत ५८ किसिमका र स्वास्थ्य चौकीमार्फत ३५ किसिमका औषधि वितरण गर्दै आएको छ । पर्वतमा दुई प्राथमिक स्वास्थ्य केन्द्र र ५२ वटा स्वास्थ्यचौकी रहेका छन् ।

जिल्ला अस्पतालमा हाल दममा प्रयोग हुने औषधि साइलब्युटामोल चार एमजी, दुखाइ कम गर्ने आइब्रोफिन, पुष्कोपान, सिप्रो ट्याब्लेट दुई सय ५० एमजी र पाँच सय एमजी, विशेषगरी बच्चालाई ज्वरो आउँदा खुवाउने ज्वरोको झोल औषधिलगायत औषधिको अभाब भएको छ । त्यसैगरी, आँखामा प्रयोग हुने झोल औषधि, एन्टिबायोटिक औषधि र बिरामीका लागि बढी मात्रामा प्रयोग हुने सलाइनको पनि अभाव रहेको अस्पतालले जनाएको छ ।

त्यस्तै, आलमुनियम हाइड्रोसाइड ९डाइजिन० लगायतका औषधि केही मात्रै स्टकमा रहेको छ । भिटामिन बी कम्प्लेक्स, जीवन जल तथा जुकाको औषधि पनि पर्याप्त नभएको कार्यालयले जनाएको छ ।

मौज्दात नरहे पनि औषधिको हाहाकारको अवस्था भने नरहेको अस्पताल प्रशासनले जनाएको छ । गत वर्ष टेन्डर आह्वान गरेर फागुनमा ७० प्रकारका औषधि खरिद गरिएको भए पनि विगत एक महिनादेखि औषधिको अभाव भएपछि सर्वसाधारण बिरामी समस्यामा परेका छन् । निःशल्क पाइने औषधि समेत सर्वसाधारणले महँगो शुल्क तिरेर किन्न बाध्य भएका छन् ।

सर्वसाधारणले निःशुल्क वितरण गर्ने औषधिसमेत निजी औषधि पसलबाट किनेर खान बाध्य भएको गुनासो गरेका छन् । पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा फणिन्द्र बरालले भने अब औषधि अभाब नहुने बताउनुभयो । अस्पतालले औषधि खरिद प्रक्रिया अन्तिम चरणमा पुगेकाले अब केही दिनमै समस्या समाधान हुने उहाँले बताउनुभयो । रासस

वि.सं.२०७३ कात्तिक २६ शुक्रवार ०३:२२ मा प्रकाशित

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

धर्मेन्द्र बास्तोला अध्यक्ष मण्डलको अध्यक्षसहित पार्टीका सम्पूर्ण जिम्मेवारीबाट बर्खास्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई...