back
CTIZAN AD

अर्बपति बनेका डा. नेपाल पाँच घण्टामै हजारमा झरे

वि.सं.२०७६ वैशाख १८ बुधवार

777 

shares

 

१८ बैशाख, काठमाडौं । मंगलबार, पाल्पाका डा. सन्तोष नेपाल सधै झै अफिसको काम सकेर घर फर्किने तयारीमा थिए ।

फर्किने क्रममा उनले अनलाईनबाट आफ्नो बैंक एकाउन्ट चेक गरे । उनको नबिल बैंकमा रहेको खातामा २३,७५,९६,३३,७७६.६६ रुपैयाँ (२३ अर्ब ७५ करोड, ९६ लाख, ३३ हजार सातसय छियात्तर रुपैयाँ छैसठ्ठी पैसा) जम्मा भएको देखियो ।

एकछिन त अचम्मै परे, कहाँबाट आयो यत्तिका पैसा ? कसरी यस्तो भयो ? तर सामान्य व्यक्ति थिएनन् डा. सन्तोष, जो यतिधेरै पैसा आफ्नो एकाउन्टमा देख्दा रमाइलो मानोस् या कसरी आयो भनेर आत्तियोस् । उनले सोचे सायद बैंककै केही कमजोरी होला !

तत्कालै उनले बैकमा जम्मा भएको पैसा सहित आफ्नो खाताको स्क्रिन सट पनि गरे ।
उनले साथीहरुलाई सुनाए यस्तो भएछ भनेर । साथीहरुले रमाइलो गरे । एक हजारबाट एकैपटक अरब पति ! उनी हाँसे । तर, यत्तिका पैसा, कसैले नियतबश यस्तो गर्यो कि भन्ने डर पनि माने । उनले बैंकमा सम्पर्क गर्ने कोशिष गरे । तर, बैंक बन्द भइसकेको थियो । अर्को कुरा बैंकमा खाता खोलेपनि बैंकको नम्बर या बैंकका कर्मचारीसँग काम नपरी फोन नगरिने हुनाले फोन नं या उनीहरुको नाम याद पनि हुँदैन । त्यो स्वभाविक पनि हो । डा.नेपाललाई पनि त्यस्तै भयो ।

अब के गरौं भयो उनलाई । अनि आफ्नो खल्तीमा रहेको एटिएम कार्ड निकाले कार्डको पछाडि रहेको सम्पर्क नम्बरमा फोन गरे । त्यो फोन कार्ड हेर्नेले उठाए । उनले आफ्नो खातामा यति ठूलो रुपमा रकम जम्मा भएको भनेर कुरा सुनाए । ती व्यक्तिले भने–‘सर, कतै विदेशबाट पो यत्रो पैसा आयो कि ?’ उनले विस्वस्त हुँदै भने– १–२ लाख भएको भए त हो कि भन्ने, यत्रो अरबौं पैसा पनि कतै यसरी आउँछ र !’ उनले त्यति भनेर बैंकको सम्बन्धित व्यक्तिको नम्बर मागे । कार्डवालाले नम्बर पत्ता लगाएर दिए ।

त्यो फोन रहेछ बैंकका डिजिटल हेड सनत पौडेलको । उनी बैंकका डिजिटल हेड रहेछन् । नेपालले पौडेललाई मंगलबार ४ बजेर ५३ मिनेट जाँदा आफ्नो बैंक खातामा देखिएको अरबौं रुपैयाँका बारेमा बताए । पौडेलले सिस्टम चेक गरे । पैसा जम्मा भएको देखियो । अनि झण्डै आधा घण्टा नेपाल र पौडेलले दोहोरो वार्ता गर्दै एकाउन्टमा देखिएको उक्त पैसा सिस्टमबाट तानेर केही हजारमा ल्याइदिए । बल्ल सन्तोषलाई आनन्द भयो, आफ्नो खातामा केही हजार यथावत रुपमा पाउँदा ।

यत्तिका पैसा आफ्नो खातामा देख्दा तपाई त डराउनु भयो होला नि, संसारन्युजको प्रश्नमा डा. नेपालले भने, ‘डराइन र अचम्म पनि लागेन । कहिलेकाँही यस्तै हुन्छ भनेर अन्य देशको घटना पनि पढेको थिए । सिस्टम फल्र्ट हो भनेर बुझेकाले बरु त्यो रकम आफ्नो खाताबाट कसरी हटाउने भन्ने तनाव भयो केहि समय ।’

तपाईको ठाउँमा अरु भएको भए त यो पैसा मिसयुज पनि गथ्र्यो होला हैं भन्ने प्रश्नमा उनी भन्छन्–‘गथ्र्यो कि, एटिएमबाट अनलिमिटेड पैसा निकालेर चलाउन सक्थ्यो । मैले पहिले विदेशको एउटा घटना अनलाइनमा पढेका थिए, एक महिलाको खातामा एक्कासी ठूलो अमाउन्ट जम्मा भएछ । उनले एटिएम कार्डबाट त्यो पैसा निकालेर सपिङ गरिन् । आफ्ना आफन्तलाई पैसा पठाइन् । उनले त्यो पैसा सबै त्यसरी नै सकिन् । पछि बैंकले आफ्नो पैसाका बारेमा खोजी गर्यो । पैसा कहाँ गयो त भनेर ट्रयाकिङ गदा ती महिलाको खातामा गएको रहेछ । महिलाले पैसा फर्काउन सक्ने अवस्था नभएपछि जेल जानु परेको थियो । सत्य त सत्य नै हो नि । अचानक भएको त्यस्तो घटनामा आफूले पनि ख्याल गर्नुपर्छ । नत्र सजायको भागिदार बन्नुपर्छ ।’ उनले घटनाका बारेमा सुनाए ।

बैंकका डिजिटल हेडसँग लामो फोन वार्तापछि आफ्नो खातामा यथावत् रहेको हजार रुपैयाँमा खुसी छन् डा. नेपाल । भन्छन्– ‘२३ अर्ब बढी पैसा बैंकलाई फर्काएर म मेरो खातामा रहेको केही हजारमा रमाएको छु ।’

रिब्दीकोट गाउँपालिका हार्थोक घर भई हाल धापासीमा बस्दै डा. सन्तोष नेपाल  जल तथा जलवायु विशेषज्ञ हुन् ।

वि.सं.२०७६ वैशाख १८ बुधवार ०८:५८ मा प्रकाशित

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

थप ठूलो बाढी आउने विश्वसनीय सूचना छैन, हल्लाको पछि नलाग्न आग्रह

काठमाडौँ । रसुवा–नुवाकोट क्षेत्रबाट थप ठूलो बाढी आउन लागेको भन्दै...

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

सरकारद्वारा उद्धार तथा राहत कार्यमा तीव्रता

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा हिजो आएको भीषण बाढीपछि सरकारले...

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...