
१८ बैशाख, काठमाण्डौं । सन्राइज बैंक लिमिटेड र आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स (Bancassurance) सम्बन्धि सम्झौता भएको छ ।
मंगलबार (बैशाख १७ गते) भएको बैंकास्योरेन्स सम्झौता अनुसार सन्राइज बैंकले देशभर रहेका १०४ वटै शाखाहरुबाट आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा योजनाहरु विक्रि गर्न सक्ने छ ।
सन्राइज बैंक लिमिटेडको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट बीच बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्य सहित यस बैकले १०४ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११९ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बताएको छ । ¬साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ ।
वि.सं.२०७६ वैशाख १८ बुधवार ०८:४४ मा प्रकाशित