back

महाशिलामा समुदाय-प्रहरी साझेदारी अन्तरक्रिया कार्यक्रम

वि.सं.२०७६ वैशाख १९ बिहीवार

120 

shares

१९ बैशाख, पर्वत । महाशिला गाउँपालिका-५ स्थित वडा कार्यालयमा समुदाय–प्रहरी साझेदारी अन्तर्गत अन्तरक्रिया तथा नागरिक सुनुवाई कार्यक्रम गरिएको छ ।

बुधबार आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले समाजमा शान्ति सुरक्षाको लागि स्थानीयतह, स्थानीय व्यक्तिहरुको पनि महत्वपूर्ण भूमिका हुने र सामाजिक विकृतिलाई हटाउनको लागि प्रहरी र स्थानीयबीचको सम्वन्ध जरुरी रहेको बताएका थिए ।

सुनुवाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले आधारभूत सुरक्षा, सामुदाय–प्रहरी साझेदारीको महत्व, घरेलु हिंसा नियन्त्रण, साईवर सुरक्षा तथा लागूऔषध नियन्त्रण लगायतका विषयमा प्रशिक्षण प्रदान गरेका थिए

महाशिला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद पौडेलको अध्यक्षता र उच्च अदालत अन्तर्गत पोखरा, वाग्लुङ ईजलाशका मुख्य न्यायाधीश शेषराज सिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि.पौडेल, पर्वत जिल्ला अदालतका न्यायाधीश सूर्य बहादुर थापा, म्याग्दी जिल्ला अदालतका न्यायाधीश राज कुमार कोईराला, जिल्ला बार ईकाई अध्यक्ष भोलानाथ शर्मा, विभिन्न कानुन क्षेत्रमा कार्यरत कानुनविद्हरु, महाशिला गाउँपालिकाका वडा अध्यक्षहरु, सदस्यहरु तथा स्थानियबासीको उपस्थिती रहेको थियो ।

वि.सं.२०७६ वैशाख १९ बिहीवार १४:३८ मा प्रकाशित

केयूले ल्याएको हाइड्रोजन कार

केयूले ल्याएको हाइड्रोजन कार

काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको...

गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्छ : मन्त्री शर्मा

गुणस्तरीय सेवा प्रवाहमा विशेष ध्यान दिनुपर्छ : मन्त्री शर्मा

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको सबैभन्दा...

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

उपप्रधानमन्त्री श्रेष्ठ भन्छन्-अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन

चितवन । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनलाई हातमा लिने...

हिमालय एयरलाइन्सको काठमाडौँ-साङ्घाई उडान सुरु

हिमालय एयरलाइन्सको काठमाडौँ-साङ्घाई उडान सुरु

काठमाडौँ । हिमालय एयरलाइन्सले चीनको साङ्घाई सहरमा सिधा उडान सुरु...

बसको ठक्करबाट दुई जनाको मृत्यु

बसको ठक्करबाट दुई जनाको मृत्यु

लुम्बिनी । रूपन्देहीको लुम्बिनीमा स्कुल बसको ठक्करबाट दुई जनाको ज्यान...

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

भरतपुर अस्पतालमा थपियो भेन्टिलेटरसहितको अत्याधुनिक आइसियु शैथ्या

चितवन । भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप...