back
CTIZAN AD

महाशिलामा समुदाय-प्रहरी साझेदारी अन्तरक्रिया कार्यक्रम

वि.सं.२०७६ वैशाख १९ बिहीवार

882 

shares

१९ बैशाख, पर्वत । महाशिला गाउँपालिका-५ स्थित वडा कार्यालयमा समुदाय–प्रहरी साझेदारी अन्तर्गत अन्तरक्रिया तथा नागरिक सुनुवाई कार्यक्रम गरिएको छ ।

बुधबार आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले समाजमा शान्ति सुरक्षाको लागि स्थानीयतह, स्थानीय व्यक्तिहरुको पनि महत्वपूर्ण भूमिका हुने र सामाजिक विकृतिलाई हटाउनको लागि प्रहरी र स्थानीयबीचको सम्वन्ध जरुरी रहेको बताएका थिए ।

सुनुवाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले आधारभूत सुरक्षा, सामुदाय–प्रहरी साझेदारीको महत्व, घरेलु हिंसा नियन्त्रण, साईवर सुरक्षा तथा लागूऔषध नियन्त्रण लगायतका विषयमा प्रशिक्षण प्रदान गरेका थिए

महाशिला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद पौडेलको अध्यक्षता र उच्च अदालत अन्तर्गत पोखरा, वाग्लुङ ईजलाशका मुख्य न्यायाधीश शेषराज सिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि.पौडेल, पर्वत जिल्ला अदालतका न्यायाधीश सूर्य बहादुर थापा, म्याग्दी जिल्ला अदालतका न्यायाधीश राज कुमार कोईराला, जिल्ला बार ईकाई अध्यक्ष भोलानाथ शर्मा, विभिन्न कानुन क्षेत्रमा कार्यरत कानुनविद्हरु, महाशिला गाउँपालिकाका वडा अध्यक्षहरु, सदस्यहरु तथा स्थानियबासीको उपस्थिती रहेको थियो ।

वि.सं.२०७६ वैशाख १९ बिहीवार १४:३८ मा प्रकाशित

सुवा बाढीः १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

सुवा बाढीः १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

काठमाडौँ । रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित...

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार सुरु

नुवाकोट । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा...

भोटेकोशी विपदमा छलफल गर्न  सर्वदलीय बैठक सुरु

भोटेकोशी विपदमा छलफल गर्न  सर्वदलीय बैठक सुरु

काठमाडौँ । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत...

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ । भोटेकोशी बाढीपछि रसुवामा कार्यरत २८ प्रहरी कर्मचारी सम्पर्कविहीन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...