back
CTIZAN AD

भारतीय मुद्रा व्यवस्थापन गर्न माग

वि.सं.२०७३ कात्तिक २६ शुक्रवार

882 

shares

ic

२६ कात्तिक,काठमाडौँ  । नेपाल चेम्बर अफ कमर्सले हालै भारत सरकारले भारु पाँच सय र एक हजार दरका नोटको कारोबारमा रोक लगाउँदा त्यसले सर्वसाधारण नेपाली र नेपालको अर्थतन्त्रमा समेत असर पर्ने भएकाले त्यसको समाधान गर्न सरोकार भएकाहरुको ध्यानाकर्षण गराएको छ ।

नेपाल–भारतबीचको खुला सिमाना, दुई देशबीचका नागरिकमा वैवाहिक सम्बन्ध, अनौपचारिक व्यापार, रोजगारी, निवृत्तिभरण, पर्यटन व्यवसाय, शिक्षा, औषधोपचार लगायत कारण बैंकिङ प्रणाली बाहिर पनि भारु पाँच सय र एक हजार दरका नोट रहेको बताउँदै चेम्बरले यस्ता मुद्रा समयमै सटही हुन नसके सर्वसाधारणलाई ठूलो असर पुग्न जाने औँल्याएको छ ।

चेम्बरले सो सम्बन्धमा आवश्यक गृहकार्य गरी सर्वसाधारणलाई आश्वस्त पार्नाका साथै मुलुकलाई आर्थिक नोक्सानीबाट बचाउन सरकार, नेपाल राष्ट्र बैंक लगायतसँग माग गरेको छ । रासस

वि.सं.२०७३ कात्तिक २६ शुक्रवार १५:४७ मा प्रकाशित

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय...

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

काठमाडौं । सरकारले सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...