back

भारतीय मुद्रा व्यवस्थापन गर्न माग

वि.सं.२०७३ कात्तिक २६ शुक्रवार

51 

shares

ic

२६ कात्तिक,काठमाडौँ  । नेपाल चेम्बर अफ कमर्सले हालै भारत सरकारले भारु पाँच सय र एक हजार दरका नोटको कारोबारमा रोक लगाउँदा त्यसले सर्वसाधारण नेपाली र नेपालको अर्थतन्त्रमा समेत असर पर्ने भएकाले त्यसको समाधान गर्न सरोकार भएकाहरुको ध्यानाकर्षण गराएको छ ।

नेपाल–भारतबीचको खुला सिमाना, दुई देशबीचका नागरिकमा वैवाहिक सम्बन्ध, अनौपचारिक व्यापार, रोजगारी, निवृत्तिभरण, पर्यटन व्यवसाय, शिक्षा, औषधोपचार लगायत कारण बैंकिङ प्रणाली बाहिर पनि भारु पाँच सय र एक हजार दरका नोट रहेको बताउँदै चेम्बरले यस्ता मुद्रा समयमै सटही हुन नसके सर्वसाधारणलाई ठूलो असर पुग्न जाने औँल्याएको छ ।

चेम्बरले सो सम्बन्धमा आवश्यक गृहकार्य गरी सर्वसाधारणलाई आश्वस्त पार्नाका साथै मुलुकलाई आर्थिक नोक्सानीबाट बचाउन सरकार, नेपाल राष्ट्र बैंक लगायतसँग माग गरेको छ । रासस

वि.सं.२०७३ कात्तिक २६ शुक्रवार १५:४७ मा प्रकाशित

सर्वोच्च अदालतका लागि सिफारिस तीन न्यायाधीशविरुद्ध दश उजुरी

सर्वोच्च अदालतका लागि सिफारिस तीन न्यायाधीशविरुद्ध दश उजुरी

काठमाडौैँ । सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा...

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

नेपाललाई लगानीको गन्तव्य बनाउन कानुनी तथा नीतिगत आधार तयार गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री 

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई लगानीको गन्तव्य...

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

एनसेल प्रकरण छानबिनका लागि शर्माको नेतृत्वमा ५ सदस्यीय समिति गठन

काठमाडौँ । सरकारले एनसेल प्रकरण छानविनको लागि पाँच सदस्यीय समिति...

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

रुसी सेनामा भर्तीका लागि भारत हुँदै यसरी पठाउथ्यो गिरोहले युवाहरुलाई

काठमाडौँ । ‘भिजिट भिसा’ मा नेपालीलाई रुसको सेनामा भर्ना हुन...

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

नक्कली भुटानी शरणार्थी प्रकरण : खाणको निवेदनमा मङ्सिर २८ मा सुनुवाइ

काठमाडौँ । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका...

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

एनसेल खरिद–बिक्रीबारे यथार्थ जानकारी दिन अर्थ समितिको निर्देशन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर स्वामित्व खरिदबिक्री...