back
CTIZAN AD

क्यालिफोर्नियाका पूर्व पर्यटनदूत पाण्डेद्वारा शहीद पत्नीलाई  आर्थिक सहयोग

वि.सं.२०७३ कात्तिक २७ शनिवार

921 

shares

pande-helpअमेरिका  । अमेरिकाको क्यालिफोर्नियाका लागि नेपाल पर्यटन बोर्डका पूर्व पर्यटन अनिल पाण्डेले कार्तिक २६ गते  बिहान पशुपति मन्दिर बन्काली स्थित गणेश स्थानको मन्दिरमा गै शहीद बलमान मोक्तान कि जीवित पत्नीलाई ५० हजार आर्थिक सहयोग गरेका छन ।

२००७ सालको क्रान्ति पछि नै बहुदलीय पुनस्र्थापनको मरी  मेट्ने नेपाली कांग्रेसका सशक्त योद्धा शहीद बलमान मोक्तानकी धर्म पत्नी १ सय १ बर्षिय  बृद्धा लक्ष्मीमाया मोक्तानलाई उनका छोरा कंसलाल मोक्तान समक्ष पाण्डेले नगद रकम दिएका छ न ।

२०१७ सालमा स्व राजा महेन्द्रले प्रजातन्त्रको घाटी निमोठे पछि बलमान मोक्तान गिरफ्तार भए  । २०१८ सालमा मोक्तानको गैर न्यायिक हत्या भयो  । नेपाल बिशेष कामले गएको बेलामा कान्तिपुर बाट संचालित सुमन संग भन्ने कार्यक्रम हेरे पछि मन थाम्न नसकी शहिदको सपनाको आसुको केही थोपा पुछ्नु पाउनु मेरो ठुलो भाग्य हो भन्दै खोजि गरि उक्त रकम बुझाएको बताए  ।

 शहीद कि १ सय १ बर्षिय पत्नी लक्ष्मीमाया मोक्तान अहिले मागेर खानु पारेको देख्दा नेपाली कांग्रेसले अन्याय गरेको बताए  । उनका छोरा कंसलालले अहिले सम्म शहिदको पैसा नपाएको जानकारी दिदै पशुपतिमा फुल बेचेर गुजारा चलाई रहेको पाण्डेले बताए  ।

पंचायती व्यवस्थामा बलबान मोक्तान मारिए पछि ४ जना बाल बच्चा सहित त्यी बृद्धा महिलाले ठुलो हण्डर खाएकी कान्तिपुर को सुमन संगको कार्यक्रममा बताएकी थिइन्  ।  त्यो देखेर आफु अझ मन कुडियो र भेट्ने पर्छ भनेर आफ़ुले सक्ने सहयोग गरेको बताए  ।

२०१८ सालमा उनको हत्या भए पछी उनका सम्पति लुटिए ।  उनका छोराले ज्यादै मर्मस्पर्शी कुरा भन्दै बुवा राजनीतिमा नलागी दिएको भए आफु पढ्ने थिए होला पनि भने । हुदा छदा को सम्पति जफतको साथै अहिले मागेर खाने र पशुपतिमा माला बेचेर जीविका चलाउने बताउदा अझ हृदय रोएको भन्दै छोरा कंसलालसंग कुराकानी गरेको बताए  ।

कांग्रेसका सभापति शेरबहादुर देउवा तथा स्व शन्त पूर्व प्रधानमन्त्रि कृष्ण प्रसाद भट्टराईले समेत आर्थिक सहयोग गरेको बताएका थिए  । देशको लागि शहिद सहिद आफ्नो बुवा आफु मरे भने कात्रो  किन्ने समेत पैसा नभएको कान्तिपुरको सुमन संग भन्ने कार्यक्रममा बताएकोले थोरै रकम दिन सके भनि पाण्डेले बताए  ।

 

वि.सं.२०७३ कात्तिक २७ शनिवार ०३:१० मा प्रकाशित

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...