Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

क्यालिफोर्नियाका पूर्व पर्यटनदूत पाण्डेद्वारा शहीद पत्नीलाई  आर्थिक सहयोग



pande-helpअमेरिका  । अमेरिकाको क्यालिफोर्नियाका लागि नेपाल पर्यटन बोर्डका पूर्व पर्यटन अनिल पाण्डेले कार्तिक २६ गते  बिहान पशुपति मन्दिर बन्काली स्थित गणेश स्थानको मन्दिरमा गै शहीद बलमान मोक्तान कि जीवित पत्नीलाई ५० हजार आर्थिक सहयोग गरेका छन ।

२००७ सालको क्रान्ति पछि नै बहुदलीय पुनस्र्थापनको मरी  मेट्ने नेपाली कांग्रेसका सशक्त योद्धा शहीद बलमान मोक्तानकी धर्म पत्नी १ सय १ बर्षिय  बृद्धा लक्ष्मीमाया मोक्तानलाई उनका छोरा कंसलाल मोक्तान समक्ष पाण्डेले नगद रकम दिएका छ न ।

२०१७ सालमा स्व राजा महेन्द्रले प्रजातन्त्रको घाटी निमोठे पछि बलमान मोक्तान गिरफ्तार भए  । २०१८ सालमा मोक्तानको गैर न्यायिक हत्या भयो  । नेपाल बिशेष कामले गएको बेलामा कान्तिपुर बाट संचालित सुमन संग भन्ने कार्यक्रम हेरे पछि मन थाम्न नसकी शहिदको सपनाको आसुको केही थोपा पुछ्नु पाउनु मेरो ठुलो भाग्य हो भन्दै खोजि गरि उक्त रकम बुझाएको बताए  ।

 शहीद कि १ सय १ बर्षिय पत्नी लक्ष्मीमाया मोक्तान अहिले मागेर खानु पारेको देख्दा नेपाली कांग्रेसले अन्याय गरेको बताए  । उनका छोरा कंसलालले अहिले सम्म शहिदको पैसा नपाएको जानकारी दिदै पशुपतिमा फुल बेचेर गुजारा चलाई रहेको पाण्डेले बताए  ।

पंचायती व्यवस्थामा बलबान मोक्तान मारिए पछि ४ जना बाल बच्चा सहित त्यी बृद्धा महिलाले ठुलो हण्डर खाएकी कान्तिपुर को सुमन संगको कार्यक्रममा बताएकी थिइन्  ।  त्यो देखेर आफु अझ मन कुडियो र भेट्ने पर्छ भनेर आफ़ुले सक्ने सहयोग गरेको बताए  ।

२०१८ सालमा उनको हत्या भए पछी उनका सम्पति लुटिए ।  उनका छोराले ज्यादै मर्मस्पर्शी कुरा भन्दै बुवा राजनीतिमा नलागी दिएको भए आफु पढ्ने थिए होला पनि भने । हुदा छदा को सम्पति जफतको साथै अहिले मागेर खाने र पशुपतिमा माला बेचेर जीविका चलाउने बताउदा अझ हृदय रोएको भन्दै छोरा कंसलालसंग कुराकानी गरेको बताए  ।

कांग्रेसका सभापति शेरबहादुर देउवा तथा स्व शन्त पूर्व प्रधानमन्त्रि कृष्ण प्रसाद भट्टराईले समेत आर्थिक सहयोग गरेको बताएका थिए  । देशको लागि शहिद सहिद आफ्नो बुवा आफु मरे भने कात्रो  किन्ने समेत पैसा नभएको कान्तिपुरको सुमन संग भन्ने कार्यक्रममा बताएकोले थोरै रकम दिन सके भनि पाण्डेले बताए  ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ