back

बेल्जियमको इपरमा  विरगति प्राप्त गोर्खालीहरुलाइ श्रदान्जली(तस्बिर सहित)

वि.सं.२०७३ कात्तिक २७ शनिवार

531 

shares
GLOBAL IME AD
NTC AD

iper1प्रथम  विश्वयुद्धको अन्त भएको अवसरमा ११ नोवम्वरको दिन विश्वमा विविध कार्यक्रमको आयोजन गर्ने गरिन्छ । यसै क्रममा वेल्जियममा रहेका नेपालीहरुले स्थानिय इपर सहरमा आइ विरगति प्राप्त गर्ने नेपालीहप्रति हार्दिक श्रद्धान्जली व्यक्त गरेका छन ।

इपरमा प्रथम विश्व युद्धमा लाखौले ज्यान गुमाएका थिए । जसमा केही नेपाली मुलमा गोर्खाली सैनिक समेत छन ।

संस्थागत रुपवाट नेपालीहरु इपरमा आइ श्रद्धान्जली कार्यक्रम गर्दै आइरहेका छन । सन द्दण्ण्घ मा विश्व गार्खाली जनजाती संघको तर्फवाट सो क्षेत्रमा श्रद्धान्जली कार्यक्रम शुरुवात गरिएको थियो । मा यसलाई निरन्तरता तमु समाजले गरेका थियो । केही समयको लागि रोकिएको यो कार्यक्रमलाई पछिल्लो अवस्थामा तमु समाज वेल्जियमको अगवाइमा वेल्जियममा रहेका विभिन्न संघसंस्थाको सहकार्यमा श्रद्धान्जली कार्यक्रम गरिदै आएको छ ।

वेष्ट भ्लान्डरणका नेपालीहरुको सकृयतामा तत्कालिन परराष्ट मन्त्री सुजाता कोइरालाले इपर भ्रमण गरेपछी इपर चर्चा चुलिएको थियो ।  तत्कालिन एन आर एनको पहलमा नेपाली दुतावास वेल्जियमका तत्कालिन महामहिम प्रमेश कुमार हमालले इपरमा आइ विरगति प्राप्त नेपाली वारेमा अध्ययन गर्न एक समिती गठन गरेका थिए ।

जसमा दुतावासका तर्फवाट कुमारराज खरेल  र एनआर एन वेल्जियम र वेल्जिममा रहेका नेपालीको तर्फवाट क्रमश अर्जुन कुमार श्रेष्ठ युवराज गुरुग र महेश थापा रहेका थिए । सो समितीको पहल पछी कमनवेल्थ ग्रेभस कमिटीले आफनो वेवसाइटमा रहेको  विरगति प्राप्त गोर्खालीको राष्टियता सच्याएको थियो । यसअधि राष्टियता भारत लेखिएको थियो ।

सोही समितीको सिफारिसमा इपरमा स्मारक वनाउन पहल गर्नु पर्ने जनाएपछी महामहिम राजदुत हमालले सकृयता देखाउदै स्मारक निमाणको लागि इपर प्रशासनवाट जग्गा स्वीकृति लिएका थिए ।

इपरमा स्मारक कस्ले वनाउने भन्ने विवाद उत्पन्न भएपछी तत्कालिन राजदुत राममणी पोखरेलले कसैलाई जानकारी नदिइ एकलौटी रुपमा स्मारक निमाण गरेका थिए । नेपालीहरुको विभिन्न विरोध पश्चात निमाण गरिएको सो स्मारक विभिन्न पटक भत्काइ पुन निमाण गरिएता पनि नेपाली समाज र नेपाली दुतावास वेल्जियम विचको खाडल भने निकै वढेको थियो । केही नजिकका व्यक्तीको सहभागितामा तत्कालिन राजदुत पोखरेलले  स्मारक अनवरण गरे । तर उनको यो कदमलाई अधिकास वेल्जियमका नेपालीले साथ दिएनन् ।

iper4

गत वर्ष झै यो  अभियनलाई निरन्तरता दिदै तमु समाज वेल्जियमले यो वर्ष पनि इपरमा श्रद्धान्जली कार्यक्रमको आयोजना गर्यो । आज भएको श्रद्धान्जली कार्यक्रममा वोल्दै विश्व गार्खाली जनजाती संघको तत्कालिन अध्यक्ष र हाल कास्की समाज वेल्जियमका अध्यक्ष गम वहादुर गुरुगले गार्खालीले नेपालमा रेमिटेन्सको सुरुवात गरेका भएपनि सरकारले अझै गोर्खाली समस्यामा सम्वोधन नगरेकोमा नेपाल सरकारप्रति ध्यानकषण गराए । इपर अध्ययन समितीका सदस्य तथा पत्रकार महासघ युरोपका तत्कालिन अध्यक्ष एव वर्तमान सम्रक्षक महेश थापाले इपर स्मारक निमाण पछी वढेको नेपाली समाज र दुतावासको दुरीलाई समाप्त गरिनु पर्ने जनाए ।

यसै गरि एन आर एन वेल्जियमका अध्यक्ष गंगाधर गौतमले इपर अभियानमा एन आर एन सवै संघसंस्था संग सहकार्य गर्दै अगाडी वढने जनाए । उनले वेल्जियममा रहेको नेपालीहरुको तर्फवाट विरगती प्राप्त नेपाली प्रति श्रद्धान्जली व्यक्त गरे ।

iper2

नेपाली दूतावास वेल्जियमका राजदूत लोक वहादुर थापालले आफनो पुर्खा समेत गोर्खाली सैनिकमा कार्यरत रहेको स्मरण गर्दै  अव दिन वेल्जिमममा रहेको सवै नेपाली संग सहकार्य गर्न दुतावास तत्पर रहेको जनाए । उनले इपर स्मारकले नेपालीत्व जनाउने हुदा यसको सम्वर्धन र व्यवस्थापन गर्न नेपाली संघसंस्था संग सहकार्य गर्दै अगाडी वढने वताए ।

ieper3

कार्यकम आयोजक तमु समाज वेल्जियमका अध्यक्ष जिवन तमले कार्यक्रममा उपस्थित सवैलाई धन्यवाद दिदै यो कार्यक्रमलाई तमु समाजले सधै निरन्तरता दिने जनाए ।

कार्यक्रममा इपरमा देह त्याग गरेका ज्ञात अज्ञात नेपाली मुलका सैनिक प्रति एक मिनेट मौन धारण गर्दै उपस्थित सयौ नेपालीहरुले फूल  अर्पण गरिका थिए ।

 

वि.सं.२०७३ कात्तिक २७ शनिवार ०३:२९ मा प्रकाशित

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिभिरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिभिरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिभिरेलाई विशेष सम्मान प्राप्त...

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिका । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनामा लागेकी लक्ष्मी श्रेष्ठको...

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्क । उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली...

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

लन्डन (बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको...

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

काठमाडौँ । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा...

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्...