Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

अमेरिकामा कार दुर्घटनामा परी मृत्यु भएका चार नेपालीको दाहसंस्कार सम्पन्न



usaविजय थापा, अमेरिका । अमेरिकामा गत हप्ता कार दुर्घटनामा परी निधन भएका चार नेपालीहरूको शुक्रबार जर्जिया राज्यको डेकाटोर सहरमा हिन्दु परम्परा अनुसार दाह संस्कार गरिएको छ ।
एस टर्नेर एन्ड सन्स, डेकाटोरमा आयोजित अन्त्येष्टि कार्यक्रममा मृतक चिरन्जीवी खनाल, श्यामा खनाल र रिचा पन्त खनालको शवमा जेष्ठ सुपुत्र समिर खनालले दाग वत्ती दिएका दिएर अन्तेष्टि कार्य पूरा गरिएको हो ।

त्यस्तै उक्त दुर्घटनामा निधन भएकी प्रतिमा सुवेदीलाई दाजु प्रतीक सुवेदीले दाग वत्ति दिएको जानकारी भर्जिनियाका उनका नातेदार तथा समाजसेवी सुनिल मणि दाहालले जर्जिया बाट बताए ।

usa1
खनाल परिवारका कान्छा छोरा सुवास खनालको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको र उनी उपचारका क्रममा अगस्ता अस्पतालमा रहेको पारिवारिक सुत्रले वतायो । अन्त्येष्टि कार्यक्रममा खनाल तथा सुवेदी परिवारका आफन्तहरूले निधन भएकाहरूका वारेमा स्मरणका आफ्ना भनाईहरू प्रस्तुत गरे ।
अन्त्येष्टि कार्यक्रममा सहभागिता जनाई श्रद्धान्जली दिन जर्जिया, भर्जिनिया, सिकागो, क्यालीफोर्नीया ,टेक्सास लगायत अन्य राज्यहरूवाट आफन्तजन र साथीभाईहरूको उल्लेखनीय उपस्थिति थियो ।
यस दुखद घडिमा निधन भएकाहरू प्रति हार्दिक समवेदना दिदै घाईते समिर खनाल र सुवास खनालको शीघ्र लाभको कामना समेत गरिएको थियो । त्यस्तै यस विपत्तीमा भोक प्यास नभनी खटने जर्जिया विश्व बिद्यालय स्थित नेपाली विद्यार्थी समूह तथा सहयोग र सहानुभूति दर्शाउनु हुने सम्पूर्ण नेपाली समुदायहरूलाई धन्यवाद ज्ञापन गरिएको छ ।
तस्बिर : सुनिलमणि दाहाल


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।