back
CTIZAN AD

अमेरिकामा कार दुर्घटनामा परी मृत्यु भएका चार नेपालीको दाहसंस्कार सम्पन्न

वि.सं.२०७३ कात्तिक २७ शनिवार

978 

shares

usaविजय थापा, अमेरिका । अमेरिकामा गत हप्ता कार दुर्घटनामा परी निधन भएका चार नेपालीहरूको शुक्रबार जर्जिया राज्यको डेकाटोर सहरमा हिन्दु परम्परा अनुसार दाह संस्कार गरिएको छ ।
एस टर्नेर एन्ड सन्स, डेकाटोरमा आयोजित अन्त्येष्टि कार्यक्रममा मृतक चिरन्जीवी खनाल, श्यामा खनाल र रिचा पन्त खनालको शवमा जेष्ठ सुपुत्र समिर खनालले दाग वत्ती दिएका दिएर अन्तेष्टि कार्य पूरा गरिएको हो ।

त्यस्तै उक्त दुर्घटनामा निधन भएकी प्रतिमा सुवेदीलाई दाजु प्रतीक सुवेदीले दाग वत्ति दिएको जानकारी भर्जिनियाका उनका नातेदार तथा समाजसेवी सुनिल मणि दाहालले जर्जिया बाट बताए ।

usa1
खनाल परिवारका कान्छा छोरा सुवास खनालको स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको र उनी उपचारका क्रममा अगस्ता अस्पतालमा रहेको पारिवारिक सुत्रले वतायो । अन्त्येष्टि कार्यक्रममा खनाल तथा सुवेदी परिवारका आफन्तहरूले निधन भएकाहरूका वारेमा स्मरणका आफ्ना भनाईहरू प्रस्तुत गरे ।
अन्त्येष्टि कार्यक्रममा सहभागिता जनाई श्रद्धान्जली दिन जर्जिया, भर्जिनिया, सिकागो, क्यालीफोर्नीया ,टेक्सास लगायत अन्य राज्यहरूवाट आफन्तजन र साथीभाईहरूको उल्लेखनीय उपस्थिति थियो ।
यस दुखद घडिमा निधन भएकाहरू प्रति हार्दिक समवेदना दिदै घाईते समिर खनाल र सुवास खनालको शीघ्र लाभको कामना समेत गरिएको थियो । त्यस्तै यस विपत्तीमा भोक प्यास नभनी खटने जर्जिया विश्व बिद्यालय स्थित नेपाली विद्यार्थी समूह तथा सहयोग र सहानुभूति दर्शाउनु हुने सम्पूर्ण नेपाली समुदायहरूलाई धन्यवाद ज्ञापन गरिएको छ ।
तस्बिर : सुनिलमणि दाहाल

वि.सं.२०७३ कात्तिक २७ शनिवार ०३:५० मा प्रकाशित

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

ग्वाङझाउ घोषणापत्र जारी गर्दै सकियो एनआरएनएको ‘आरोहण २०२६’ सम्मेलन

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक...

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

हाइलाइफका नेपाली उत्पादनको टोकियोमा औपचारिक शुभारम्भ

नेपालमा उत्पादित हाइलाइफ फूड्सका विभिन्न खाद्य उत्पादन जापानको बजारमा औपचारिक...