back
CTIZAN AD

डान्सबारमा प्रवेश गर्न खोज्ने २० बालबालिकाको उद्धार

वि.सं.२०७६ वैशाख २१ शनिवार

660 

shares

२१ बैशाख, काठमाण्डौं । नेपाल प्रहरीले ठमेल क्षेत्रबाट २० बालबालिकालाई उद्धार गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मादक पदार्थ सेवन गरेर ठमेलभित्र विभिन्न क्लब तथा डान्सबारमा प्रवेश गर्न खोज्ने २० बालबालिकालाई आज बिहान तीन बजे उद्धार गरिएको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले अपराधजन्य घटनामा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई उद्धार गरिएको जानकारी दिए । “ठमेलभित्र हुने अपराधजन्य घटनाको जोखिमबाट जोगाउन ती बालबालिकालाई नियन्त्रणमा लिएका हौँ”, उनले भने ।

उद्धार गरिएका बालबालिकालाई उनीहरुका अभिभावकलाई आवश्यक परामर्श गरेर जिम्मा लगाउने वृत्तले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले भन्नुभयो, “ठमेल, दरबारमार्ग, नयाँ बसपार्कलगायत जहाँ धेरै बालबालिका जान्छन् त्यस्ता क्षेत्रमा उक्त अभियान चलाउँदै आएका छौँ ।”

वृत्तले यसअघि ठमेल क्षेत्रका विभिन्न होटल, रेष्टुराँ तथा क्लबमा काम गर्ने ७८ बालबालिकाको उद्धार गरी सम्बन्धित अभिभावकलाई जिम्मा लगाएको थियो ।

वि.सं.२०७६ वैशाख २१ शनिवार ०९:५४ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...