back
CTIZAN AD

आमा

वि.सं.२०७६ वैशाख २१ शनिवार

906 

shares

बिर्सियौ कि भन्छ्यौ आमा
डेस लाग्दा नि सम्झिन्छु म
तिम्रै यादले रातीराती
निद्रामा नि ब्यूँझिन्छु म

घाम लाग्दा– पानी पर्दा
खुसी हुँदा, आँसु झार्दा
सधैँ साथ हुन्छ्यौ तिमी
मलाई सानै आपत् पर्दा
एक झप्को निदाउन
तिम्रै काख कल्पिन्छु म
हुने भए फेरि तिम्रै
कोखबाट जन्मिन्थेँ म

अरूहरूको आमा देख्दा
तिम्रै प्रतिविम्ब देख्छु
भित्र कताकता दुख्छ
आँखा छली आँसु पुस्छु
एक निमेष तिमीलाई भेट्न
महिनौँसम्म तड्पिन्छु म
तिम्रै चिन्ताले त सधैँ
डढेलोझैँ सल्किन्छु म

माया दिन्छ्यौ, आशिष दिन्छ्यौ
नरित्तिने छ त्यो मन
क्यै नमागी भरिन्छ त्याँ
कसरी हँ यत्रो धन ?
तिम्रै हात बड्छन् अघि
सन्तापले आत्तिन्छु म
तिमी बाटो देखाइरहन्छ्यौ
जहाँजहाँ अल्मलिन्छु म

मलाई लाग्छ पूर्व जन्म
मेरै आमा थियौ तिमी
त्यो जन्मको बाँकी माया
दिन फेरि आयौ तिमी
त्यसैले त दिइरहन्छ्यौ
मागि मात्र रहन्छु म
आफ्नै लागि कत्ति स्वार्थी,
कति लोभी भइदिन्छु म ?

वि.सं.२०७६ वैशाख २१ शनिवार ०९:४४ मा प्रकाशित

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...

कविता : ज्ञानले दीप्त पारून्

कविता : ज्ञानले दीप्त पारून्

कल्पना अधिकारी भट्टराई, टोखा, काठमाडौँ हाम्रा राम्रा पुराना चलन कति...

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

बरु, नालायक ‘बीउ’ मासिदेउ आमा

चन्द्रिका राना, थापा ढुंगा र माटोको नै किन नहोस् एउटा...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

कविता : सत्तानायक नामका!!

कविता : सत्तानायक नामका!!

कलानिधि दाहाल, रातोपुल , काठमाडौँ भारेभुरे सबै भेडा सत्ताका हार...