back
CTIZAN AD

समयको खेल

वि.सं.२०७६ वैशाख २१ शनिवार

2.4K 

shares

मानौं कसैले उसको घाँटी थिची रहेको छ, त्यसैले ऊ निस्सासिंदै र धरमराउदै उठ्छे र झ्यालनिर उभिएर लामो लामो सास फेर्छे । बाहिर चिसो हावा सहितको सिमसिम पानी परिरहेको थियो, बत्ती बालेर पानी पिउँछे र घडी हेर्छे रातको तीन बज्दै थियो । ऊ फोन गर्न मोबाइल उठाउँछे तर पल्लो कोठामा सुतिरहेकी बिरामी बुढी आमाको निद्रा खुल्ला भनेर मोबाइललाई सोही ठाँउमा राखी दिन्छे र बेडमा पल्टिएर त्यो डर लाग्दो सपना बारे सोच्न थाल्छे ।

केही दिन यता हरेक रात लगातार शीतल यसरी नै सपनामा झस्किन थालेकी छे । उसका दिनहरु सोचाइ, डर र शंकामा बित्दै थिए । ऊ बिहानसम्म पर्खने अवस्थामा थिइन, त्यसैले फेरि मोबाइल उठाउछे र म्यासेज गर्छे, उता सीन भएको देखाउछ र तुरुन्तै रिप्लाई पनि आउँछ र पनि ऊ शान्त भने हुन सक्दिन । चिसो मौसममा पनि ऊ पसिनै पसिना भएकी थिई । बिहान भएपछि बुढी आमालाई बिहानको नास्ता कफी दिएर काम्दै गरेका औंलाले नम्बर थिच्छे र कान चनाखो पारेर उताको आवाजको भाव बुझ्ने कोसिस गर्छे । केहीबेरको कुराकानीपछि थोरै भएपनि मन बुझाएर आफू पनि नास्ता गर्न बस्छे । ती लगातार आउने सपना कस्ता थिए ? जसले शीतललाई यति धेरै त्रसित र बिचलित बनाएको छ । सपनाको के कस्तो खालको, परिणामको सोचमा ऊ शान्त हुन सकेकी छैन ।

आफ्नो सुन्दर जीवन र दुई नानीहरुको उज्ज्वल भविष्य सोचेर नै पाँच वर्ष अघि मात्र नवीनसित प्रेमविवाहमा बाँधिएकी शीतल नवीनकै सल्लाहमा सुन्दर सपनाहरु बोकेर इजरायल आउँछे । जहाँ ऊ एकजना बुढीआमाको स्याहार गर्ने सुसारेको रुपमा खटिन्छे । सुरुका दिनहरु उसको लागि निकै पिडादायी हुन्छन् । नयाँ ठाउँ, नयाँ भाषा, नयाँ परिवेश सबै नौलो साथै आफ्ना साना नानीहरू र प्यारो जीवनसाथीसितको बिछोड ! ऊ पानी बिनाको माछा जस्तै छट्पटिन्छे तर बिस्तारै समयले घाउहरु भरे झैं ऊ पनि समय संगसंगै सामान्य हुन थाल्छे र दुई वर्षमा नेपाल छुट्टी जाने योजना गर्छे ।

भनिन्छ समयको एकएक पलले जीवनको आरोह अवरोहमा अलगअलग आख्यान कोरेको हुन्छ र थाहा हुँदैन समयले कतिबेला कोल्टे फेर्छ । सायद यही कारण थियो ऊ पनि ती सपनाहरुको परिणाममा कुनै अनिष्ट हुनसक्ने आभासलाई महसुस गरिरहेकी थिई ।

दही मथेर नौनी निकाले जस्तै अनेकौं तानाबाना, सोचविचारलाई मन्थन गर्दागर्दै अन्ततः शीतलले डेढ वर्ष मै नेपाल छुट्टी जाने निर्णय लिन्छे र एजेन्सी लगायत उसले देखरेख गर्ने बुढीआमाकी छोरीसित जरुरी काम आइपरेको बहाना गर्दै छुट्टी माग्छे । उसले काम गर्ने घरको परिवार राम्रो भएकोले उसको भावनालाई बुझेर एक महिनाको छुट्टी दिन मन्जुर हुन्छन् । शीतलले टिकट सहितको सबै व्यवस्था समय मै मिलाएर फ्लाइटभन्दा एकदिन अगाडि मात्र नवीनलाई नेपाल आउँदै छु भनेर अवगत गराउछे । आश्चर्य मान्दै नवीनले पनि खुसी जाहिर गर्छ, अन्ततः शीतल नेपाल आईपुग्छे ।

समय बितिरहेको थियो, दुःख–सुखका मोडहरुमा लुकामारी खेल्दै । यही समयकै सेरोफेरोमा ऊ फेरि दुईपटक नेपाल गएर आउँछे । एकदिन अचानक उसले आफ्नी बहिनीबाट थाहा पाउँछे कि नवीन कसैको प्रेमजालमा परेको छ भनेर । यो कुराले कसैले उसको गालामा जोडले थप्पड हानेको महसुस गर्छे । आफ्नो आँखा अगाडी अन्धकार देख्छे र थचक्क भुइँमा बस्छे । अहिलेलाई योभन्दा बढी जानकारी लिने हिम्मत ऊ भित्र थिएन किनभने यो बज्रपातले ऊ नराम्रोसंग रन्थनिएकी थिई ।

निस्सासिएका रातहरु र डर लाग्दा सपनाहरुदेखि पर आफ्नो चारजनाको सुन्दर परिवारमा ऊ अहिले ढुक्क छे । बढ्दै गरेका छोरीहरुप्रति छताछुल्ल भएर उर्लेको उसको ममता र नवीनको प्रेमिल र कसिलो अँगालोमा उसले आफ्नो सुन्दर संसारलाई सुरक्षित महशुस गर्छे । घरदेश र परदेशको भिन्नता राम्ररी बुझेकी शीतलले एकएक अमूल्य पलहरुलाई मिठो स्मरणः बनाउन फोटो र भिडियोमा कैद गर्छे । ऊ परिवारसितको खुसीमा यति व्यस्त हुन्छे कि समयले पखेटा लगाएर उडेको पत्तै पाउदिन । छुट्टी अब पाँच दिन मात्र बाँकी थियो, ऊ झस्किन्छे किनभने अब ऊ फेरि आफ्नो परिवार छाडेर परदेश लाग्नु छ । जहाँ उसको परिवारको लागि सुनौला सपनाहरुले पर्खिरहेका थिए । अन्ततः ऊ फर्किने दिन आइपुग्छ । मनभरी बिछोडका पिडा र एक्लोपन बोकेर विमानस्थलबाट ऊ सबैसँग छुट्टिन्छे । आकाशमा भीषण वर्षा हुनुअघि मडारिएको कालो बादल झैं ऊ भित्र मडारिएको बिछोडका पीडा प्लेनमा बसेपछि आँखाको बाटो हुँदै बर्सिन थाल्छ । भोलिपल्ट शीतल आफ्नो गन्तव्यस्थल आईपुग्छे र उसका दैनिकी पुनः उही दिनचर्या पनि सुरु हुन्छन् । केही समय उसलाई फेरि गाह्रो हुन्छ सामान्य हुन तर समयले उसलाई मजबुत बनाउँदै लान्छ । ऊ आफ्नो जिम्मेवारीप्रति बफादार भएर समयसंगै हिंड्छे ।

समय बितिरहेको थियो, दुःख–सुखका मोडहरुमा लुकामारी खेल्दै । यही समयकै सेरोफेरोमा ऊ फेरि दुईपटक नेपाल गएर आउँछे । एकदिन अचानक उसले आफ्नी बहिनीबाट थाहा पाउँछे कि नवीन कसैको प्रेमजालमा परेको छ भनेर । यो कुराले कसैले उसको गालामा जोडले थप्पड हानेको महसुस गर्छे । आफ्नो आँखा अगाडी अन्धकार देख्छे र थचक्क भुइँमा बस्छे । अहिलेलाई योभन्दा बढी जानकारी लिने हिम्मत ऊ भित्र थिएन किनभने यो बज्रपातले ऊ नराम्रोसंग रन्थनिएकी थिई । यस्ता अनेकौं घटनाहरु जो उसले बारम्बार सुन्दै आइरहेकी थिई । आज यस्तो घटना उसै माथि बज्रपात भएको छ । केही समयपछि आफूलाई सम्हालेर फेरि बहिनीलाई फोन लगाउँछे र सबै कुराको पूर्णजानकारी लिन्छे । बाहिरी हल्ला सुने पनि सत्यताको निचोडसम्म नपुगी उसलाई यो जानकारी नगराएको बहिनीले बताउँछे । सबै सुनी सकेपछि शीतल पूर्र्णिवश्वस्त हुन्छे किनभने केही महिना अगाडि मात्र आफूले बच्चाहरुलाई सोचे जस्तो टाइम दिन नसकेको र होस्टेल राख्दा उनीहरुको पढाइमा पनि सुधार आउने भएकोले होस्टेल राख्ने भनी नवीनले जोड दिएको थियो । शीतलले नचाहदा नचाहदै पनि गह्रौं मनले स्वीकृति दिएकी थिई । उसलाई के थाहा थियो कि होस्टेलको पर्दा आज यसरी खुल्छ भनेर । ऊ नवीनसंग कुरा गर्छे उसले यो कुरा स्वीकार गर्छ कि ऊ कसैलाई मन पराउँछ भनेर, छियाछिया भएको मन अनि टुटेको विश्वासले गर्दा शीतल यसबारे अरु बहस गर्न उचित ठान्दिन र नवीनलाई छोडपत्रको व्यवस्था गर्न भन्छे र नेपाल गएर छोडपत्र गरेर छोरीहरुको राम्रो व्यवस्था मिलाएर आउँछे ।

अहिले बल्ल शीतललाई जीवनको महत्वपूर्ण चुनौतीले ललकारेको महसुस हुन्छ र त्यो चुनौतीलाई नै चुनौती दिंदै डटेर अगाडि बढ्छे । कहाँ संगै मर्ने संगै बाँच्ने भनी गरिएको वाचा कसम र कहाँ जिन्दगीको लामो यात्रामा एक्लैले जिन्दगीको तारतम्य मिलाउदै लड्दै उठ्दै यात्रा गर्नुपर्ने बाध्यता । सायद यसैलाई भनिन्छ दुनियाँको रंगमञ्चमा समयको खेल अनि हामी खेलाडी । सहज र सुन्दर जीवनको कल्पना र बच्चाहरुको सुन्दर भविष्य सबै कुराको विकल्प बनेको छ आज परदेश, जहाँ हाम्रा देशका युवायुवतीहरु भविष्य खोज्न जाने गर्छन् । भविष्यको खोजाईको क्रममा समयले पनि कसैकसैको जीवनमा उल्टो खेल खेली दिन्छ, कसैको बिग्रेको घर बन्छ भने कसैको बनी बनाउ घर बिग्रन्छ । जसको ज्वलन्त उदाहरण बनेकी छ शीतल र शीतल जस्ता अरु धेरै शीतलहरु ।

पाँच र छ वर्षको लागि मात्र इजरायल पसेकी शीतल आज चौध वर्ष भइसक्दा पनि अझै भविष्यको टुंगो लगाउन सकेकी छैन र परदेशी बसाईलाई नै निरन्तरता दिइरहेकी छ । आज उसलाई ती अनौठा र डर लाग्दा सपनाहरुको याद आइरहेको छ जस्को कारण ऊ कति रात त्रसित र निस्सासिएकी थिई । सोच्नै नसकिने ती अनौठा सपनाहरु जहाँ ऊ एक्लै भागिरहेकी हुन्थी, अरुले बिछ्याएको जालमा पर्थी । कहिले खाडलमा खस्थी, कहिले चढ्दै गरेको पहाडबाट लड्थी त कहिले गहिरो नदीमा डुब्थी । यस्ता सपनाहरुले झस्किएकी शीतल आज विपनामै भोग्न बाध्य भएकी छ, ती सारा सपनाहरु आज उसको जीवनको एउटा पाटोको यथार्थ भाग भएको छ ।

लामो समयपछि आफ्नो जीवनको हरेक गतिविधिहरु, आरोह अवरोहको आख्यानलाई स्मरणः गर्दै आज ऊ एक्लै समुद्रको छेउनिरको ढुङ्गामा सोचमग्न छे । उसको यो सोचलाई आज यत्तिकैमा भंग गरि दिन्छ आफ्नै उन्मादमा छिल्लीएको र जोडसित हुत्तिएको साँझपखको समुद्री छालले । छालले हुत्याएको पानीको चिसो छिटा आफ्नो शरीरमा महसुस गरेपछि शीतल झस्किन्छे । ऊ अतीतमा यति डुबेकी हुन्छे कि आँसु बगेको पनि थाहा पाउदिन । दिनलाई बिदाई गर्दै सूर्यले पनि पश्चिमतिर विश्राम लिने तरखर गर्दै थियो । ऊ वरिपरि निहाल्छे इजरायलीहरु साँझपखको आफ्नो फुर्सदिलो समयलाई समुद्र छेउमा आएर आनन्दको अनुभूति बटुली रहेका थिए । ऊ लामो सुस्केरा हाल्छे र आफू बसिरहेको ढुङ्गाबाट उठ्छे अनि थकित मनमस्तिष्क, आँखा र थाकेका पाइला लिएर अघि बढ्छे ।

वि.सं.२०७६ वैशाख २१ शनिवार ०९:४० मा प्रकाशित

बलेको मिठाई

बलेको मिठाई

गएको राति पनि म झसङ्ग ब्युँझिएँ । सपनामा बले आएको...

के “गौथली” साँच्चिकै सुपरहिट चलचित्र हो?

के “गौथली” साँच्चिकै सुपरहिट चलचित्र हो?

म चलचित्र समीक्षक होइन। कलाकार, निर्देशक, निर्माता वा चलचित्र उद्योगसँग...