back

विष र करेन्टका कारण चेपाङ समुदायको रोजीरोटी खोसियो

वि.सं.२०७६ वैशाख २१ शनिवार

27 

shares

हीरालाल गुरुङ, २१ बैशाख, मुग्लिन । कुनै बेला आफ्नै घर अगाडि रहेको रिग्दीखोलामा माछा मारेरै जीविका चलाउँदै आएका चितवनको इच्छाकामना गाउँपालिका–२ का मनबहादुर चेपाङको आज भोलि घरमा बास छैन ।

घरपरिवार पाल्नकै लागि मजदूरी गर्न देशका विभिन्न जिल्लामा जानुपर्ने बाध्यता छ । कारण हो आज भोलि खोलामा माछानै पाइन छाड्यो । दिनभर दुवाली र जालले मारेको माछाले उनको परिवारको खर्च टर्ने गथ्र्यो उनले हप्ताभरि माछा मारेर सुकुटी बनाएर बजारमा बेच्न लैजाने र त्यसैबाट आवश्यक खाद्यान्नलगायत अन्य सामग्री किनेर ल्याउने गर्थे । तर, केही वर्षयता विष र करेन्ट प्रयोग गर्न थालेपछि मन बहादुरको रोजीरोटी खोसियो ।

उनले भने“पछिल्लो केही वर्षयता यो खोलामा माछा पाइन छाड्यो, करेन्ट र विषले माछा मासियो, खेतीपाती गर्न प्रशस्त जमीन छैन, अहिले विभिन्न जिल्लामा मजदूरी गर्न जान बाध्य छु ।”यस्तै नरबहादुर चेपाङले पनि खोलामा विष र करेन्टले माछा मासिँदा आफूहरु मर्कामा परेको बताए । जाल, दुवाँली र ढडीयाबाट मारेको माछा स्वादिष्ट हुनुका साथै खोलामा माछा नमासिने उनको भनाइ छ ।

खोलामा विष हाल्न र करेन्ट लगाउन रोक लगाउनु पर्ने उहाँको माग छ । खोलामा विष हाल्ने र करेन्ट लगाउनेजस्ता कार्य गर्दा पनि स्थानीय जनप्रतिनिधिले बेवास्ता गरेको गुनासो उनीहरुको छ ।

स्वादिष्ट रिग्दीको असला माछा, पाहुनालाई सत्कार

मुग्लिनका रोहिणी त्रिपाठीका अनुसार रिग्दीखोलाको असला माछा राजदबारसमेत पुग्ने गथ्र्यो । यहाँको माछा स्वादिष्ट रहेका कारण अत्याधिक माग हुन्थ्यो । मुग्लिन बजार र नारायणगढ–मुग्लिन सडकखण्डमा रहेका होटलमा रिग्दीखोलाको माछा प्रख्यात थियो । आज भोलि रिग्दीको माछा पाइन छाडेको धेरै भयो ।त्रिपाठीका आनुसार चितवनको इच्छाकामना गाउँपालिकाको पहाडी भेग हुँदै बगेको यस खोलाको माछा पाहुनाको सत्कारका लागि पनि प्रयोग हुने गर्छन् ।

सो गाउँपालिकाअन्तर्गत साविकको गाविस चण्डीभञ्ज्याङ, दाहाखानी र काउलेका समुदायले घरमा पाहुना आउँदा मासुको सट्टा माछाको परिकार खुवाउने गर्छन् । टाढा–टाढा रहेका आफन्तलाई कोसेलीसमेत पठाउने गर्छन् । काउले मुहान रहेको रिग्दीखोला नारायणगढ –मुग्लिन सडकखण्डअन्तर्गत सिमल तालमा पुगेर त्रिशूली नदीमा मिसिएको छ ।

चितवनको उच्च भागबाट बगेको रिग्दीखोलाको चिसो पानीमा पाइने असला माछा स्वादिष्ट हुन्छ । रिग्दी खोलाको माछा विष र करेन्टले मासिँदा खोला आसपास माछा मारेर जीविकोपार्जन गर्ने चेपाङ समुदाय मर्कामा परेको उनले बताए । रिग्दी खोलाको संरक्षण गर्नसके पाखो बारीमा उब्जाएको कोदो मकैले छ महीना पनि खान मुस्किल पर्ने चेपाङ समुदायलाई जीविकोपार्जन गर्ने सहज हुने उनको भनाइ थियो ।

वि.सं.२०७६ वैशाख २१ शनिवार ०९:५९ मा प्रकाशित

केही तत्वहरु राजतन्त्र फर्काउन सक्रिय छन्-अध्यक्ष ओली

केही तत्वहरु राजतन्त्र फर्काउन सक्रिय छन्-अध्यक्ष ओली

डडेल्धुरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले गणतन्त्रमार्फत...

किसानको गुनासो-कफीले प्रतिफल दिएन

किसानको गुनासो-कफीले प्रतिफल दिएन

गुल्मी । चिसो मौसम सुरु भएसँगैै गुल्मीका कफी किसानलाई चिन्ता...

काभ्रेमा एचआइभी एड्सविरुद्ध सचेतना

काभ्रेमा एचआइभी एड्सविरुद्ध सचेतना

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोककमा विश्व एड्स दिवसका अवसरमा आज बनेपाका विद्यार्थीलाई...

हात्तीले कुल्चिदा वनका चौकीदारको मृत्यु

हात्तीले कुल्चिदा वनका चौकीदारको मृत्यु

झापा । झापाको हल्दिबारी गाउँपालिका-३ स्थित रणकाली सामुदायिक वनमा कार्यरत...

एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ : स्वास्थ्यमन्त्री बस्नेत

एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एचआइभी नियन्त्रणमा नेपालले...

पालिकाद्वारा अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दाबी

पालिकाद्वारा अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दाबी

नारच्याङ (म्याग्दी) । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमाल आरोहणको रोयल्टी...