back
CTIZAN AD

विष र करेन्टका कारण चेपाङ समुदायको रोजीरोटी खोसियो

वि.सं.२०७६ वैशाख २१ शनिवार

702 

shares

हीरालाल गुरुङ, २१ बैशाख, मुग्लिन । कुनै बेला आफ्नै घर अगाडि रहेको रिग्दीखोलामा माछा मारेरै जीविका चलाउँदै आएका चितवनको इच्छाकामना गाउँपालिका–२ का मनबहादुर चेपाङको आज भोलि घरमा बास छैन ।

घरपरिवार पाल्नकै लागि मजदूरी गर्न देशका विभिन्न जिल्लामा जानुपर्ने बाध्यता छ । कारण हो आज भोलि खोलामा माछानै पाइन छाड्यो । दिनभर दुवाली र जालले मारेको माछाले उनको परिवारको खर्च टर्ने गथ्र्यो उनले हप्ताभरि माछा मारेर सुकुटी बनाएर बजारमा बेच्न लैजाने र त्यसैबाट आवश्यक खाद्यान्नलगायत अन्य सामग्री किनेर ल्याउने गर्थे । तर, केही वर्षयता विष र करेन्ट प्रयोग गर्न थालेपछि मन बहादुरको रोजीरोटी खोसियो ।

उनले भने“पछिल्लो केही वर्षयता यो खोलामा माछा पाइन छाड्यो, करेन्ट र विषले माछा मासियो, खेतीपाती गर्न प्रशस्त जमीन छैन, अहिले विभिन्न जिल्लामा मजदूरी गर्न जान बाध्य छु ।”यस्तै नरबहादुर चेपाङले पनि खोलामा विष र करेन्टले माछा मासिँदा आफूहरु मर्कामा परेको बताए । जाल, दुवाँली र ढडीयाबाट मारेको माछा स्वादिष्ट हुनुका साथै खोलामा माछा नमासिने उनको भनाइ छ ।

खोलामा विष हाल्न र करेन्ट लगाउन रोक लगाउनु पर्ने उहाँको माग छ । खोलामा विष हाल्ने र करेन्ट लगाउनेजस्ता कार्य गर्दा पनि स्थानीय जनप्रतिनिधिले बेवास्ता गरेको गुनासो उनीहरुको छ ।

स्वादिष्ट रिग्दीको असला माछा, पाहुनालाई सत्कार

मुग्लिनका रोहिणी त्रिपाठीका अनुसार रिग्दीखोलाको असला माछा राजदबारसमेत पुग्ने गथ्र्यो । यहाँको माछा स्वादिष्ट रहेका कारण अत्याधिक माग हुन्थ्यो । मुग्लिन बजार र नारायणगढ–मुग्लिन सडकखण्डमा रहेका होटलमा रिग्दीखोलाको माछा प्रख्यात थियो । आज भोलि रिग्दीको माछा पाइन छाडेको धेरै भयो ।त्रिपाठीका आनुसार चितवनको इच्छाकामना गाउँपालिकाको पहाडी भेग हुँदै बगेको यस खोलाको माछा पाहुनाको सत्कारका लागि पनि प्रयोग हुने गर्छन् ।

सो गाउँपालिकाअन्तर्गत साविकको गाविस चण्डीभञ्ज्याङ, दाहाखानी र काउलेका समुदायले घरमा पाहुना आउँदा मासुको सट्टा माछाको परिकार खुवाउने गर्छन् । टाढा–टाढा रहेका आफन्तलाई कोसेलीसमेत पठाउने गर्छन् । काउले मुहान रहेको रिग्दीखोला नारायणगढ –मुग्लिन सडकखण्डअन्तर्गत सिमल तालमा पुगेर त्रिशूली नदीमा मिसिएको छ ।

चितवनको उच्च भागबाट बगेको रिग्दीखोलाको चिसो पानीमा पाइने असला माछा स्वादिष्ट हुन्छ । रिग्दी खोलाको माछा विष र करेन्टले मासिँदा खोला आसपास माछा मारेर जीविकोपार्जन गर्ने चेपाङ समुदाय मर्कामा परेको उनले बताए । रिग्दी खोलाको संरक्षण गर्नसके पाखो बारीमा उब्जाएको कोदो मकैले छ महीना पनि खान मुस्किल पर्ने चेपाङ समुदायलाई जीविकोपार्जन गर्ने सहज हुने उनको भनाइ थियो ।

वि.सं.२०७६ वैशाख २१ शनिवार ०९:५९ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...