back

सवारी दुर्घटनामा २ को मृत्यु

वि.सं.२०७६ वैशाख २२ आइतवार

39 

shares

२२ बैशाख, काठमाडौं । बाग्लुङ र काभ्रे भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

बाग्लुङ, निसिखोला गाउँपालिका–६ गाउँलेपानीस्थित मध्य पहाडी लोकमार्गमा रोकिएको ना.३ क ४४० नम्बरको ग्रेडर शनिबार दिउँसो एक्कासी गुडेर चालक सर्लाही परवानिपुर–९ का २९ वर्षीय कृष्णहरी थापालाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको छ ।

काभ्रे,महाभारत गाउँपालिका–१ आरुबोटेस्थित सडकमा ना.३ त ९१०३ नम्बरको गुडिरहेको ट्याक्टरबाट शनिबार दिउँसो खसेर गम्भीर घाइते भएका ट्याक्टरमा सवार सोही गाउँपालिका बस्ने ३५ वर्षीय लालमान जिम्बाको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक उद्धार एवं अनुसन्धान गरिरहेको छ ।

वि.सं.२०७६ वैशाख २२ आइतवार १३:५७ मा प्रकाशित

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

अपाङ्गता भएका यात्रुलाई नेपाल एयरलाईन्सले हवाई भाडामा छुट दिने

काठमाडौँ । नेपाल वायुसेवा निगमले आन्तरिक हवाई उडानमा अपाङ्गता भएका...

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

कोशी प्रदेशमा तीन मन्त्रीलाई जिम्मेवारी, कस्ले कुन मन्त्रालय पाए ?

विराटनगर । कोशी प्रदेश सरकारका तीन मन्त्रीलाई जिम्मेवारी बाँडफाँट गरिएको...

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

साताको पहिलो दिन सेयर बजारमा उच्च अंकको गिरावट

काठमाडौँ । यो साताको पहिलो कारोबार दिन आज नेपाल स्टक...

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

योजना आयोगमा जिम्मेवारी बाँडफाँट, कस्ले के जिम्मेवारी पाए ?

काठमाडौं । योजना आयोगका सदस्यहरुको जिम्मेवारी बाँडफाँट गरिएको छ ।...

दूरसंचार प्राधिकरणले दियो ३० कम्पनीलाई सातदिने अल्टिमेटम

दूरसंचार प्राधिकरणले दियो ३० कम्पनीलाई सातदिने अल्टिमेटम

काठमाडौं । दुरसंचार प्राधिकरणले दूरसंचार सेवा प्रदायक ३० कम्पनीलाई सातदिन...

कोप-२८ सकेर आज स्वदेश फर्किदै प्रधानमन्त्री ‘प्रचण्ड’

कोप-२८ सकेर आज स्वदेश फर्किदै प्रधानमन्त्री ‘प्रचण्ड’

  काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको २८औँ...