back
CTIZAN AD

दोहोरो अङ्कले घट्यो शेयर बजार

वि.सं.२०७६ वैशाख २२ आइतवार

714 

shares

२२ बैशाख, काठमाण्डौं । पछिल्ला दिनमा शेयर बजार लगातार ओरालो लागेको छ । साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १६।७१ बिन्दुले घटेर एक हजार २७७.६८ बिन्दुमा झरेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६८ बिन्दुले घटेर २७३.९६ बिन्दुमा ओर्लिएको छ ।

नेप्से परिसूचक मात्रै होइन, कारोवार रकम समेत घटेको छ । कूल १७५ कम्पनीको २३ लाख १२ हजार ५३० कित्ता शेयर रु ६५ करोड तीन लाख ७८ हजार ४५४ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल १० उपसमूहमध्ये आज दुई उपसमूहको मात्रै शेयर बढेको छ भने आठ उपसमूहको शेयर घटेको छ । उत्पादन २०.८० र अन्य उपसमूह १.१२ बिन्दुले घटेको छ ।

स्टकका अनुसार बैंकिङ १६.०२, होटल १९.६१, विकास बैंक १७.४४, जलविद्युत् ५३.८८, वित्त २.४०, निर्जीवन बीमा २४.७३ , लघुवित्त २५.८७ र जीवन बीमा १२७.०२ बिन्दुले घटेको छ ।

कारोवारका आधारमा आज पनि नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । प्रतिकित्ता रु ३१० मा रु छ करोड २८ लाख ८४ हजार ५७६ बराबरको कारोवार भयो । यस्तै प्रतिकित्ता रु २८२ मूल्यमा प्रभु बैंकको रु चार करोड ६४ लाख ३० हजार आठ, प्रतिकित्ता रु ३५८ मा शिवम् सिमेन्टको रु चार करोड ६३ लाख ४९ हजार ७२३ बराबरको कारोवार भयो ।

यस्तै चिलिमे जलविद्युत् कम्पनीको प्रतिकित्ता रु ५३३ मा रु दुई करोड २८ लाख ७८ हजार ७१३, एनएमबी बैंकको प्रतिकित्ता रु ३७६ मा रु दुई करोड १२ लाख १७ हजार ४१८, कृषि विकास बैंकको प्रतिकित्ता रु ३७९ मा रु दुई करोड ११ लाख दुई हजार ४३३ मा कारोवार भयो ।

स्टकका अनुसार मल्टीपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले दश प्रतिशतका दरले कमाए । यस्तै युनाइटेड फाइनान्स ४.७१, शिवम् सिमेन्ट ४.०७, नेरुडे लघुवित्त विकास बैंक ३.७८, एनएलजी इन्स्योरेन्स कम्पनी ३.५२, सिटिजन म्यूुचल फण्डका लगानीकर्ताले ३.४२ प्रतिशतले कमाए ।

यस्तै चिलिमे जलविद्युत् कम्पनीका लगानीकर्ताले ७.६२, एनआइबिएल समृद्धि फण्ड ७.२६, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ७.०१, एभरेष्ट इन्स्योरेन्स कम्पनी ६.१७, यूनिभर्सल पावर कम्पनी ५.८८ र ङादी समूहका शेयरधनीले पाँच प्रतिशतले गुमाए ।

वि.सं.२०७६ वैशाख २२ आइतवार १७:११ मा प्रकाशित

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट...

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई...

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली...

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

‘नाडा अटो शो: पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन

काठमाडौं । १८औँ संस्करणको नाडा अटो शोको पहिलो दिन मंगलबार...

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको छोटो समयमै उच्च माग...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...