back

जनवर्गीय सङ्गठनको एकता केही दिनभित्र– अध्यक्ष दाहाल

वि.सं.२०७६ वैशाख २२ आइतवार

36 

shares

२२ बैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय सदस्यको कार्य विभाजन र जनवर्गीय सङ्गठन एकताबारे केही दिनभित्र टुङ्गो लाग्ने बताएका छन् । माक्र्सवादी अध्ययन केन्द्र र कालमाक्र्स द्विशतवार्षिकी मूल समारोह समितिले कालमाक्र्स २०१ जन्मस्मृतिका सन्दर्भमा आज आयोजित ‘समृद्धि र समाजवाद : हामी कहाँ छौ ?’ भन्ने कार्यक्रममा पूर्व प्रधानमन्त्री दाहालले सबै जनवर्गीय सङ्गठनको एकता केही महीनाभित्र सम्पन्न गरी महाधिवेशन गरिने बताएका हुन्।

सरकारको नेतृत्वका लागि मात्र दुई कम्युनिष्ट पार्टीको एकता नभएको बताउँदै अध्यक्ष दाहालले भने, “जनतालाई समृद्ध बनाएर कम्युनिष्ट आन्दोलनको नयाँ सन्देश विश्वलाई दिनुपर्छ ।” माक्र्सको राजनीतिक दर्शन, अर्थशास्त्रलगायतका चिन्तन सबै वैज्ञानिक रहेको बताउँदै उनले भने, “तत्कालीन विश्व परिवेशमा स्थापित सामन्तवाद अन्त्य गरी सामाजिक न्याय र समानताका लागि माक्र्सले कम्युनिष्ट सिद्धान्तको विकास गर्नुभएको हो ।” विगतमा कम्युनिष्ट आदर्श अवलम्बन गर्ने क्रममा त्याग र सहयोग भेट्दा हार्दिकता साटासाट भई सुखानुभूति हुने गरेको स्मरण गर्दै उनले पछिल्ला दिनमा कम्युनिष्ट विचार अबलम्बन गर्नेले आचरण सुधार्न जरुरी गर्नुपर्ने समय आएको बताए ।

पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सङ्गठन स्थापना भएको करीब सातदशक भएको भए पनि एकताले गर्दा अहिले बहुमत प्राप्त भएको स्मरण गर्दै राष्ट्रियता कमजोर भएको अहिलेको अवस्थामा यसलाई बलियो बनाउनुपर्नेमा जोड दिए । कम्युनिष्ट आन्दोलनको कार्यभार लोकतन्त्र, सुशासन, आर्थिक समृद्धि भएको विचार व्यक्त गर्दै उनले भने, “महाकाली नदीदेखि लिम्पियाधुरासम्मको भाग नेपालको सिमाना हो, सरकारले त्यसलाई कायम गर्न अतिक्रमित जमिनबाट विदेशी सेनालाई हटाउनुपर्छ ।”

नेकपा नेता घनश्याम भुसालले विभिन्न समयमा विश्व परिवेशमा भएका ठूला क्रान्तिले स्थापित गरेको नेतृत्वले सहि दृष्टिकोण दिन नसकेर राष्ट्र र सङ्गठन सत्यानाश भएका अनुभवलाई लिएर अगाडि बढनुपर्नेमा जोड दिए । उनले पार्टीका नेताको जीवनशैली, आम्दानी, कार्य क्षमतालाई लिएर सत्यनिरुपण गर्नुपर्ने विचार व्यक्त गरे । नेकपाका नेताहरु राम कार्की र जयन्ती राईले जनताले आशा गरेअनुसार सामाजिक रुपान्तरण हुन नसकेको विचार व्यक्त गरे।

वि.सं.२०७६ वैशाख २२ आइतवार २०:३२ मा प्रकाशित

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

लगानी सम्मेलन तयारी सम्बन्धमा विकास साझेदारसँग छलफल

काठमाडौँ । आगामी वैशाख ९ र १० गते काठमाडौँमा आयोजना...

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

सेयर कारोबार बढेपनि नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल...

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख राना

कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख राना

पाटन । उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन...

विचौलिया विना देवघाटका सुन्तला  काठमाडौं  ल्याउने महानगरको भनाई

विचौलिया विना देवघाटका सुन्तला काठमाडौं ल्याउने महानगरको भनाई

मिला दरै, डुम्रे (तनहुँ) । तनहुँको देवघाट गाउँपालिका–१, २, ३...

कतार र बहराइनबाट फर्किएर दुई युवा सामूहिक माछापालनमा

कतार र बहराइनबाट फर्किएर दुई युवा सामूहिक माछापालनमा

गलेश्वर (म्याग्दी) । वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि स्वदेश फर्केर...