back
CTIZAN AD

जनवर्गीय सङ्गठनको एकता केही दिनभित्र– अध्यक्ष दाहाल

वि.सं.२०७६ वैशाख २२ आइतवार

726 

shares

२२ बैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको केन्द्रीय सदस्यको कार्य विभाजन र जनवर्गीय सङ्गठन एकताबारे केही दिनभित्र टुङ्गो लाग्ने बताएका छन् । माक्र्सवादी अध्ययन केन्द्र र कालमाक्र्स द्विशतवार्षिकी मूल समारोह समितिले कालमाक्र्स २०१ जन्मस्मृतिका सन्दर्भमा आज आयोजित ‘समृद्धि र समाजवाद : हामी कहाँ छौ ?’ भन्ने कार्यक्रममा पूर्व प्रधानमन्त्री दाहालले सबै जनवर्गीय सङ्गठनको एकता केही महीनाभित्र सम्पन्न गरी महाधिवेशन गरिने बताएका हुन्।

सरकारको नेतृत्वका लागि मात्र दुई कम्युनिष्ट पार्टीको एकता नभएको बताउँदै अध्यक्ष दाहालले भने, “जनतालाई समृद्ध बनाएर कम्युनिष्ट आन्दोलनको नयाँ सन्देश विश्वलाई दिनुपर्छ ।” माक्र्सको राजनीतिक दर्शन, अर्थशास्त्रलगायतका चिन्तन सबै वैज्ञानिक रहेको बताउँदै उनले भने, “तत्कालीन विश्व परिवेशमा स्थापित सामन्तवाद अन्त्य गरी सामाजिक न्याय र समानताका लागि माक्र्सले कम्युनिष्ट सिद्धान्तको विकास गर्नुभएको हो ।” विगतमा कम्युनिष्ट आदर्श अवलम्बन गर्ने क्रममा त्याग र सहयोग भेट्दा हार्दिकता साटासाट भई सुखानुभूति हुने गरेको स्मरण गर्दै उनले पछिल्ला दिनमा कम्युनिष्ट विचार अबलम्बन गर्नेले आचरण सुधार्न जरुरी गर्नुपर्ने समय आएको बताए ।

पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सङ्गठन स्थापना भएको करीब सातदशक भएको भए पनि एकताले गर्दा अहिले बहुमत प्राप्त भएको स्मरण गर्दै राष्ट्रियता कमजोर भएको अहिलेको अवस्थामा यसलाई बलियो बनाउनुपर्नेमा जोड दिए । कम्युनिष्ट आन्दोलनको कार्यभार लोकतन्त्र, सुशासन, आर्थिक समृद्धि भएको विचार व्यक्त गर्दै उनले भने, “महाकाली नदीदेखि लिम्पियाधुरासम्मको भाग नेपालको सिमाना हो, सरकारले त्यसलाई कायम गर्न अतिक्रमित जमिनबाट विदेशी सेनालाई हटाउनुपर्छ ।”

नेकपा नेता घनश्याम भुसालले विभिन्न समयमा विश्व परिवेशमा भएका ठूला क्रान्तिले स्थापित गरेको नेतृत्वले सहि दृष्टिकोण दिन नसकेर राष्ट्र र सङ्गठन सत्यानाश भएका अनुभवलाई लिएर अगाडि बढनुपर्नेमा जोड दिए । उनले पार्टीका नेताको जीवनशैली, आम्दानी, कार्य क्षमतालाई लिएर सत्यनिरुपण गर्नुपर्ने विचार व्यक्त गरे । नेकपाका नेताहरु राम कार्की र जयन्ती राईले जनताले आशा गरेअनुसार सामाजिक रुपान्तरण हुन नसकेको विचार व्यक्त गरे।

वि.सं.२०७६ वैशाख २२ आइतवार २०:३२ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...